We all know a lot of Nepali People Living Abroad far from our Home. Entertainment Nepal is bringing you Nepali Jokes, Nepali Stories, Nepali News views, Models and more just for your Entertainment. Nepali Comedy Story - होर्न बजाउदै छ एक्चोटी एउटा फर्म मालिक्लाई आफ्नो गाई भर्ना गराउनु थियो | नजिकैको गाउँमा उस्को साथीको साँढे भएको कुरा सम्झना भयो अनी उसले साथीलाई फोन गर्यो |"आइज, आइज, तेरो काम पनि हुन्छ , दुबैजना लन्च सँगै गरौला |" असले गाइलाई ट्रकमा राख्यो अनी लिएर साथीको फर्म गयो | गाइलाई साँढे लगाएर उनिहरु सँगै लन्च गर्न गए | "लौ त अब बिदा दे यार, अनी एउटा कुरा गाई भर्ना भयो भन्ने कुरा मैले कसरी थाहा पाउने ?" गाइवालाले भन्यो | "सजिलै छ नि, बिहान गोठमा गाई यदी लम्पसार परेर सुतिरहेको पैसा भने गाई भर्ना भयो भन्ने बुझ्नु ", साथीले भन्यो | भोलिपल्ट बिहान उ गोठमा जाँदा गाई उभिराखेको पायो, भर्ना नभएकाले उसले फेरी गाइलाई ट्रकमा लोड गर्यो र पल्लो गाउँ साथीकोमा लग्यो | उसले साथी सँग ब्रेकफास्ट गर्यो , गाइलाई साँढे लगायो, लगातार ५ दिन सम्मा यस्तै गर्यो | ६टौ दिन बिहान उसकी श्रीमतीले ओछ्यानमा आएर उठाइ र करौदै भनी, " छिटो उठ्नुस्न हजुर|" " के भयो ? उसले निन्द्राको सुरमा भन्यो | " हाम्रो गाई ......" श्रीमतीले भनी | " गाइको नाम सुन्नेबितिकै उ जुरुक्क उठ्यो अनी आशापूर्ण स्वरमा भन्यो " के भयो गाइलाई ? भर्ना भएछ ? गोठमा लम्पसार परेर सुतिरहेको छ कि कसो ? " "होइन, गाई आँफै ट्रकमा चढेर होर्न बजाउन्दैछ | " For more Entertainment visit : CLICK HERE
winkantipur · Jun 25, 2010 6:37 AM · 5,752 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion