चौतारी १९३

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

*  चौतारी १९३   *   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 192 editions.

ramronepal · Jun 23, 2010 2:20 PM · 172,978 views

196 Replies · Showing 181 - 196
Page 10 of 10

तारेमाम चिप्ले मार्ट्साब अनी जिते लौ जा चिया खान त म लाइन बसे है

serial · Jun 30, 2010 10:25 AM

तेही भन्या बिहान आँखा मिच्दै फुटबल् हेर्ने बानी परेको आज के नभा नभा भर । सप्पैलाई धेरै दिन पछीको नमस्ते । लु जर्मनी अर्जेन्टिनाको गेम हेर्न कसरी अब, मन्ले अर्जेन्टिनाले जितोश भन्छ दिमागले जर्मनीले जित्छ कि क्या हो जस्तो लाग्छ , दिमाग भन्दा मन्नै ठुलो भनेर एउटा बज्जे सँग अर्जेन्टिनाले जित्छ भनेर बाजी ठोकियो जे पर्ला पर्ला । एस्पाली लियो ले गोल गर्छ भन्ने आस छ हेरौ के हुन्छ । गो लियो गो भन्दै बश्नु पर्ने छ ।

Harka_Bahadur · Jun 30, 2010 10:31 AM

प्रणाम है सब्बैलाई .... २-३ ANA मा कसैले भेट्ने हो भने appointment लियिरहनु है म सँग .... नत्र पछी भेटेन भनेर भन्ने होइन ......... ४-५ DC मा जिम्माल र मलाई भेट्ने भएनी appointment चाहिन्छ है ..... अहिले भन्दिरहेको छु ..... ल फेरी आउने छु ...

ramronepal · Jun 30, 2010 10:34 AM

तारेमाम जिते, चिप्ले माट्साब । टेस्ट कल लाई कल तक भन्दै रेस्ट दिएको चिप्ले सर। सम्झेको हुँ, फोन गर्नै लाग्द एक जना बेबकुफ ले फोन गर्‍यो। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज को चुनावको भोटिङ सुरु भयो। भोट् माग्दै कच कच गर्न थालए १ घण्टा । अनी त चिप्ले सर लाई फोन गर्न पाएन । मुला साहित्यकार ले गर्दा टेस्ट कल गर्नै पाएन । रिट्ठ्या कम्पुटर बिग्रेको पक्का भो। ग्याम नभाको उपलक्षमा जितेले भने जस्ताइ गर्ने हो कि ? जिते, भोट् हाल्न जाने होइन त लाइन लाएर ??

rahulvai · Jun 30, 2010 10:35 AM

unicode ajhai chaldaina

ritthe · Jun 30, 2010 10:51 AM

तारेमाम ठुल्दाइ हर्के धेरै पछी आएुउ नि के छ् खबर चिप्ले सरको नि स्वर त सुन्या जस्तो लाया थ्यो कता गएछन। तेइ भन्या काम मा नि मज्जा ले ट्याम बित्या थ्यो आज त बिताउनै गाह्रो भो। लौ सप्पै ले भेट्घाट गर्ने भए,आफु मात्रा एता तिर पारीयो। नमरी बाँचे कालले साचे भेटिएला नि कुनै दिन मखुला ठुल्दाइ। ए रिट्ठे कम्प्युटर नफुटाल तेस्तारी यार,फेरी कसरी आउनु चौतारी। हाउरो त चली रा छ ई।

बिस्टे · Jun 30, 2010 10:52 AM

चिप्ले गुरु ...... हिजोको फोन मा कुराकानी साह्रै रमाइलो लाग्यो ........ चौतारीका औतारी हरु देखी सबैको कुरा गरियो तर आफु पढेको स्कुलको चाँही गर्नै बिर्सेंछ नि ....... अर्को चोटि चाँही मज्जाले पलेटी मारेर गफ गर्न पर्छ है ..... चिप्ले गुरुलाई फुन गरेर अब रिठ्ठे लाई गर्छु भनेर टाइम हेरेको त ११ बजिसकेको रहेछ ..... मोरो घुरी घुरी सुतेको होला भनेर गरिन अनी .... फोन उठेन भने कु टाइम ठान्नु भनेर लेखेको थियो ..... कु टाइम मा चाँही फोन न उठ्ने हैन, फोन नउठे चाँही कु टाइम रे ......... खोइ के हो के हो ..... ल जिते नि मरुभुमी बाट फर्किसकेछ त ..... त्यो बाटो मा पानी ले चुट्दा यता उता तरुनी देखिएन जिते ? पानी मा निथ्रुक्क भिजेकी ......... दुबै हाथ लाई छातीमा लगेर कुक्रुक्क परेर बसेकी ..... अगाडि पट्टिको कपाल बाट तप तप पानी चुहिएको ..... अनी ब्याकग्राउन्डमा गीत बजेको ....... टिप टिप बर्षा पानी पानी ने आग लगाइ आग लगि दिलमे तो दिल को तेरी याद आइ  एस्तो त भएन जिते ?  हिन्दी मुभी मा त्यस्तै हुन्थ्यो ....... हर्के के छ त बाओ हालखबर .... धेरै पछी देखा परेउ त ...... जिते ANA मा जुलाई २ मा भेट्ने कार्यक्रम त रद्द भएको छैन नि हैन ..... रिठ्ठे कम्प्युटर त जिते ले भनेको जस्तै गर्न पर्‍यो ....... खोइ हाम्रा त खुलेको छ क्यारे ..... ठुल्दाइ, त्येस्तो फुन मलाई नि आएको थियो ..... मैले चाँही चिप्ले गुरु को फोन उठाये ...... जे भएनी हस्तिनापुरको फोन हो नि .... हिजो चाँही अचम्म नै भयो .... हस्तिनापुर बासी दुबै जना सँग बात मारियो ......

ramronepal · Jun 30, 2010 10:54 AM

namaste sabailai!!! Rame le ChipleBro kai school ma padheko ho ? maile ni tyahi padheko bachha ma!! :)

cheli · Jun 30, 2010 10:59 AM

नमस्ते चेली ........ हो र ..... मैले नि बच्चामा नै पढेको हो ........ ठुलो भये पछी त कलेजमा पढेको ........

ramronepal · Jun 30, 2010 11:14 AM

ओहो हर्के र बिष्टे पनि देखिए धेरै पछी। हर्के, दही बेच्न थालेपछि त निकै ब्यस्त भयौ जस्तो छ। रामे, रमाइलो भो हिंजोको गफगाफ। चेली, रामे तिमी बच्चा हुँदा पढेको इस्कूल गएको होइन। मैले ९ र १० किलास पढेको इस्कूल गएको हो रामे। ठुल्दाइ, भोट् पायो त फोन गर्नेले? रामे, बिर्खेसँग पनि भेट हुने भो त? बाँसटारीतिर चाँही को को औतारीसँ भेट होला जस्तो छ त?        

chipledhunga · Jun 30, 2010 11:14 AM

बिर्खे सँग भेट हुने भयो चिप्ले सर ... ANA मा शनिबार दिउसो सम्म बस्छु अनी राजधानी तिर लाग्छु ..........

ramronepal · Jun 30, 2010 11:19 AM

ye.. hoina raichha teso bhaye!! :)

cheli · Jun 30, 2010 11:20 AM

  ल बिस्टे काजी र चिप्ले गुरुलाई पनि नमस्कार टक्राए, अनी चेलीलाई पनि! ठुल्दाइले भोट हाल्ने कुरा सम्झाइदिनु भएकोमा धन्यवाद, अब हाल्नु पर्ला, बिचरा मेरो ईमेल बाकस भोट माग्नेहरुको ईमेलले भरिपूर्ण छन्, धन्न ठुल्दाइलाई जस्तो फोन गरेर अत्याउन चाँही भ्याएका छैनन् मलाई! राम सरकार! २ मा चाँही भेट हुन पनि सक्छ नहुन पनि सक्छ, तर ३ मा चाँही यहाँसँग मैले यही साझा चौतारीमा बसेर चौतारीका सम्पूर्ण औतारिहरुलाई साक्षी राखेर appointment भन्ने चिज मागे। यो appointment भन्ने चिज दिन आनाकानी गरेमा अथवा अहिले दिन्छु भनेर पछी अन्त कतै टाप दिएमा, दोषी पक्षलाई कुरीकुरी माकुरी हुने र साझा चौतारीका औतारीहरुले तोके बमोजिम हदै सम्मको सजाँय हुने कुरा पनि सहर्ष जानकारी गराउन चाहन्छु, सरकारको जो निगाह! नोट:  तरुनी र थरुनीको प्रसँग पनि त्यसै भेट्मा धित मरुन्जेल गर्नपाइने (याद रहोस् गफ मात्र गर्न पाइने, दाँया बाँया केही गर्न नपाईने)पनि जानकारी गराउन चाहन्छु। यदी गीत गाउँने रहर भए अहिले देखि नै राती खाने झोल बन्द गरेर बिहान बिहान नुन पानीको झोलले गला तिखार्न हुन पनि विनम्र अनुरोध गर्दछु। मरुभूमीतिर पनि टिप्प टाप्प केही थिएन, बरु यतै आएपछी दर्केर पर्‍यो। झम झम पानी पर्‍यो अषाढको रात!             

Geology Tiger · Jun 30, 2010 11:20 AM

अर्को चौतारी खानौ है .. एस्को म्याद सकिन लाग्यो ....... लास्ट टाइम मैले खनेको बिग्रियो ...... ल कस्ले खन्ने हो एस्पाली ........

ramronepal · Jun 30, 2010 11:21 AM

yo INLS ma vote khasalne tarika k ho ? Online dina mildaina ra ? Last edited: 30-Jun-10 11:22 AM

cheli · Jun 30, 2010 11:22 AM

oyeeeeeeeeeeeeeeeeeeeeeee Utha alchhi kaa poko haru ... lu ma ni board fuss bhaye aaja.. pure daku ko exam kasto bhayo kunni ?? fuss hunu dakaa nabhaye paak dhung dhung paak dhung dhung garera tabalaa bajaulaa ni lu kaam dherai chha pachhi chihaaudai garulaa.. aachyaa k bhanyaa hola pachi ta ANA tira laginchha .. sab autaari haru lai tyahi bhetulaa... jadhau

बैरे · Jul 1, 2010 7:42 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion