माओबादी जन्मने कारण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कहिँ हामी आफै त जिमेबार छैनौ माओबादी जन्मौना को लागि ? ल पढ्नुस तलको लेख दलितको पसल हटाउन टहरा भत्काईयो' प्रेम नेपाली पोखरा, अषाढ ७ - दलितको पसल हटाउने केही गाउँलेको उद्देयलाई साथ दिदै प्रहरीले लेखनाथ नगरपालिकाको मालेपाटनस्थित बुडुवामा बाटो छेउको टहरा भत्काएको अधिकारकर्मीले  बताएका छन । गाउँका केही ब्यक्तिहरुको दवावमा लेखनाथ नगरपालिकाको राजनीतिक संयन्त्रले गरेको टहरा भत्काउने निर्णयलाई जिल्ला प्रशासन र प्रहरीले कार्यान्वयन गरेको थियो । गुजाराका लागि राखिएको पसल प्रहरी र गाउँलेले भत्काएपछि गर्भवती, अपाङ्ग, बालिकासहितको १४ जनाको दलित परिवार तीन दिनदेखि बिचल्लीमा परेको छ । आगामी १० गते सुत्केरीका लागि मिति दिईएको गर्भवतीसहितका परिवार ईन्सेक पोखराको सहयोगमा बस्दै आएका छन । पीडितहरुले असुरक्षाका कारण गाउँ र्फकन नसकेको बताएका छन । उनीहरुले ऋणधन गरेर चलाएको पसलका सामाग्री गाउँको झुपडिमा लथालिङ्ग परेका छन । गाउँमा जातिय भेदभावका बिरुद्व आवाज उठाएको र मेलापर्व नगई पसल चलाएर बसेका कारण आफु बिस्थापित हुनु परेको पीडित कमला गहतराजले बताईन । 'दलित भएर अधिकारका कुरा गर्दै हिडेर ठुलाबडा मान्छेलाई नटेर्ने भन्दै पहिलादेखि नै आँखी बनाउँदै आएका थिए' उनले भनिन 'तर अहिले बाटोको मापदण्ड मिचेर बसेको र बाटो खोल्नु पर्‍यो भन्दै प्रहरी लगाएर उठिवास गराए ।'  उनले अन्त मापदण्ड लागू नगर्नु र बाटो खोल्न अन्य बिकल्प भएपनि आफ्नो टहरालाई मात्र बाधक देख्नु गाउँबाट बिस्थापित गराउने षड्यन्त्र भएको बताउँदै भनिन 'बस चड्दा र ओर्लदा बाटोमा कामी र कमिनि देखा परे साईत बिग्रन्छ, हटाउनुपर्छ पनि भन्दै आएका थिए ।'   कास्कीका प्रमुख जिल्ला अधिकारी शंभु कोईरालाले बाटोको मापदण्ड बिपरित बनाएकोले भत्काईएको बताउँदै यस बिषयमा बडि बोल्न नचाहेको बताए । 'कानुन जातजाति, ठुलासाना, लिङ्ग, वर्ग सबैलाई समान हुन्छ' टहरा भत्काईएको सम्बन्धमा प्रशासनको धारण बुझ्न पुगेका अधिकारकर्मीको टोलीलाई उनले भने 'सार्वजनिक मिचेर बस्नेलाई हटाउँदा के भयो कस्तो अबस्थामा छन भन्ने बारे  प्रशासनले चासो राख्दैन ।'  प्रशासन र नगरपालिकाले मापदण्ड मिचेर बनाएकोले टहरा भत्काएको जनाएपनि करिव शिशुवादेखि शिशाघाटसम्मका शयौं पक्की घर र संरचनालाई केही गरेको छैन । घटनाको अनुगमनमा खटिएकाहरुले केही टाठाबाठा ब्यक्तिहरुले दलित परिवारलाई उठिवास गराउने उदेश्यले टहरा भत्काएको बताएका छन । 'बाटोभित्र मापदण्ड बिपरित शयौं पक्की संरचना पर्दछन तर शुरुवात र अन्त्यतिर केही नगरी बिचको एउटा कच्चि टहरालाई सुनियोजित र षड्यन्त्रपूर्वक भत्काईएको छ' मुक्ति समाज कास्कीका अध्यक्ष लालबहादुर परियारले भने 'सार्वजनिक जग्गामा टहरा बनाउनु गलत हो, तर एउटा दलित परिवारलाई मात्र अन्यायपूर्वक हटाईन्छ भने त्यसको हामी बिरोध गछौं ।' उनले लेखनाथको बेगनासतालको बँाध नै ब्यक्तिको नाममा दर्ता गरी मापदण्ड र नियम बिपरित दर्जनौं पक्की घर बनाउँदा नगरपालिका र स्थानीय प्रशासनले केही गर्न नसकेको बताउँदै भने 'एउटा मात्र टहरा भत्काएर ठुलालाई चैन र सानालाई एैन भन्ने उक्तिलाई राज्य र समाजले चरिथार्त गरेको छ ।' टहरा भत्काउने काममा अगुवा भूमिका देखाएका केही गाउँलेले सार्वजनिक बाटो खोल्न वडाको सर्वदलिय भेलाले टहरा भत्काउने निर्णय गरेको बताएका छन । 'गाउँको सर्बदलिय भेलाले सबैको हितका लागि मापदण्ड विपरित बनेको टहरा बाटो खोल्न भत्काउने निर्णय गरेका हौं' स्थानीय साधुराम सिग्देलले भने । भेलालाई सर्वदलिय भने पनि उपस्थितिमा कुनै पार्टी र संघसंस्थाको प्रतिनिधित्व देखिदैन । नजिकैको जग्गा प्लटिङ्ग गरेर बिक्री गर्न बाटो मुल बाटोसँग जोड्दा फाईदा हुने देखेर पनि टहरा भत्काउनुको अर्को कारण भएको गाउँलेले बताए ।  टहरा भत्काएपछि अनुगमन गर्न पुगेका टोलीसँग गाउँलेहरुले समाजको कुरा नमानेर अधिकारका कुरा गर्दै हिडेर मान्छे नगनेकोले गाउँमा राख्न नहुने बताएका थिए । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद किरण ओझाले गाउँबाट टहरा भत्काउन पटक पटक दवाव आएकोले प्रसासनको सहयोग मागेर भत्काईएको बताए । source: http://www.ekantipur.com/np/20... Last edited: 21-Jun-10 08:37 PM

timi_mero_sathi · Jun 21, 2010 8:30 PM · 12,945 views

7 Replies

Yo saab Prachande ko MAO jasto paribartan lyaera kehi banchi bhanne ghamanda le garda janmiyeko ho..teska pachi lagne haru chai sabai lai government kam milcha kurshi milcha bhanera daudeka hun....mao ko case ra prachanda ko case derai farak cha jhun prachanda le ahile balla bujdai cha...Even history ma girija le raja nikaleko bhanera lekhisake eithihaskar haru le....Bhutro khayis Prachande 

8848m · Jun 21, 2010 8:38 PM

हो बिस्थपीत जनताको लागि कुनै योजना र कार्यक्रम छन त ? छैन ? शहरीकरण को क्रममा हरेक नगरपालिका र गाउ को आफ्नो आफ्नो नियम बनाएको हुन्छ र तेही अनुरुप कार्यन्वयन गर्दा यो रुप पनि देखिएको होला। आज बिस्थापित परिवारले पसल थाप्दछ र भोली अरु थपिदै जादा अनियन्त्रित हुन्छ र त्यो झनै चर्को सम्स्याको रुपमा आउने कुरामा दुई मत नहोला ? तर एही कुरालाई सुनियोजित समाधान को खोजी गर्दा अबस्यनै पाउदथे होला ? कही यि तिनै माओवादी हरुको जमात त हैन यिनी हरुको झुपडी भात्काउने ? किन्की यिनी हरु (maoist) आफ्नो पक्ष मा पार्न जे पनि गर्छन् , आँफै बोक्सी आँफै धामी हुने यिनी हरुको निती छ  तर एही कारननै माओवादी श्रीजना हुने निर्क्योउल गरी हाल्नु समय भन्दा चाडै Reaction गरिएको होकी जस्तो लाग्यो।  देख्नु भएको छ काठमान्दु शहरको जात्रा? फुट पाथमा हिंड्ने थाउनै छैन ?  Last edited: 22-Jun-10 09:24 AM

syanjali · Jun 22, 2010 9:18 AM

Only one question for a thread generator " are all the maoists dalits? and aren't there any dalits in parties other than maoists?" Please use your kidney. Thank you!

Poudel Anil · Jun 22, 2010 10:38 AM

स्याङ्जाली ji त्यो आर्टिकल मा मलाई चित्त नबुझेको कुर के भने अब त्या अरुले  पनि मिचेर बनएको बुझिन्छ तर गहत्राज  परिवार गरीब, बाबु  चाँही अपाङ्ग र आमा चाँही गर्बबती त्यस्तो अवस्थामा मानबिये धर्म ले पनि टहरा भात्कौन दिदैन। अब सछै भात्कौनै जरुरी भये कि सबै को भात्कौन पर्‍यो र जस्लाई सबै भन्दा बढी मर्क पर्य छ तेस्को लस्त मा भात्कये पनि हुन्थ्यो नि होइन, तेसू गर्द उनिहरु लाई पनि आलिकती भये पनि चित्त बुझौने बाटो हुन्थ्यो। अब त्यो सम्भु कोइराला भन्ने सि.डिओ सम्मा भको मान्छे बम गरेकै होल, राष्ट्रिय अन्तरराष्ट्रिय समाचार  सुन्ने गरेकै होला, मानब अधिकार भनेको बुझेकै हुन पर्नीए हो। अब पक्की घर चाँही नभत्कौने ( त्यो पक्की घर पक्कै पनिनगरपालिकाको मान्छे ले आर्थिक  लेन्देन गरेर बनाउन दिएको हुन पर्छ तेसो नभएको भये  छाप्रो चै  देख्ने, ठुलो घर चै  नदेख्ने रोगको बारेमा त मलाई अझ सम्म ज्ञान छैन। अब त्यसरी भत्कौदा  ठुला लाई चैन् साना लाई ऐन भयो नि। देश भरीमा भये को तेस्ता समस्या हरुको सुनियोजित समाधान गरेपो, गहत्राज हरुको छाप्रो भात्कौदैमा समस्या समाधान हुने होइन। यो त कस्तो भयो भने सप्पै गरीब लाई मारिद्यो भने गरीबि नै हत्छ भने जस्तो भाई हाल्यो नि। हाम्रो देश को सम्स्या एही निर पो छ कि? सरकारी कर्मचारी, राजनीतिग्य सबै लाई के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुरा भाषाणगर्ने बेला मा मात्र याद आउने आरुबेला चाँही थ्य्क्कै उल्टो. अब माओवादी ले पनि भात्काको हून चाँही सक्छ, reverse psychological effect को लागि, तर सि.डिओ पनि इन्वोल्वे भाको र हाम्रो देश को सम्स्या एही निर पो छ कि? सरकारी कर्मचारी, राजनीतिग्य सबै लाई के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुरा भाषाणगर्ने बेला मा मात्र याद आउने आरुबेला चाँही थ्य्क्कै उल्टो. अब माओवादी ले पनि भात्काको हून चाँही सक्छ, reverse psychological effect को लागि, तर सि.डिओ पनि involve भाको आनी त्यो धेरै सन्का मात्रै गर्न पनि अनुपाएुक्त ठानेर मैले तेसो नगरया काठमाडौं को भिड को त के कुरा गार्नू म २००६ मा गको  थिए, रत्नपर्क बाट छेत्रपाटि जानु थ्यो, माघे संग्रन्तिको दिन रेछ, अब आफु तेती चाड ब्याड नमाने   हुनाले याद गरिएन। असन हुँदै क्षेत्रपाटी जान खोज्या, आफ्नै सुर मा हिडियो, असनको बिचमा पुग्दा त मान्छे जाम, पाँच मिनट त move नै गर्न सकिन ( जोक गर्या होइन) फेरी फर्केर newroad हुँदै गये. के गर्ने तेसो भयो भन्दैमा काठमाडौंमा मान्छे आउन बन्द गर्न मिल्दैन , देस्भार्मा   service sector  र small business को demand तेही छ, दिनमा ४ जोर  मोजा बेचेर पनि जिबन धन्न साकिने ठाउँ हो काठमाडौं। सक्ने लाई बाबुआमा  ले us/Uk/AUSS, etc पठाउछ। त्यहा नसक्ने साउथ कोरिया जापान मलेसिया जान्छ, त्यहापनी नसक्ने अरब जान्छन, अरब  पनी नसक्ने ईन्डिया जान्छ, कही पनि जान नसाक्ने अथाबा  आ बिदेश किन जाने जबो 5/6 हजार् त काठमाडौं मै बसेर कमौन सकिन्छ भंन्ने हरु काठमाडौं आउचन फेरी त्यह आएपची आरु कुरा पनि जनिन्न्ह भन्ने हरु काती छन, योजना आयोग छ कुन जिल्ला मा population कती  छ तेस्मध्हीए कती लाई तेही जिल्लामा राख्न सकिन्छ तेसनुसार बिकास को योजना कहिले बनाउने होइन, आहिले सुरु गरे 10/20 बर्षमा काठमाडौं को भिड घत्ला तर कहिले सुरु नगरे काठमाडौं मेक्सिको सिटी जस्तो हुनजान्छ अब मुख्य कुरो तिर, संसार गरीब देश हरुको अवस्था हेर्दा त्यो पाहुच नहुने हरुले ३ तरिका आपनएको देखिन्छ १। प्रचन्ड जस्तो गफ दिन सक्ने मान्छे निक्लेमा क्रान्ति, क्रान्ति सफल भये kranti  कारीहरुबाट दमनचक्र,( भिय्त्नाम, कम्बोदिया, लाओस, कुबा) असफल भये जित्ने हरुबाट दमन चक्र ( चिले, अर्जेन्टिना, एल्सल्वदोर, इन्डोनेशिया) 2.गफाडी  नेता नजन्मिये को ठाउमा ड्रग माफिया ले उसे गरेको छ गरीब हरुलाई ( मेक्सिको, जमैका), अब नेपाल का पहुच नहुने हरुले माओवादी क्रान्ति देखी सके उनिहरु अब दोस्रो क्रान्तिमा प्रचन्ड त के प्रचन्ड को दोब्बर गफ दिने नेता आएपनी जादैनन. 3। बहिर गएर काम गर्ने। त्यो गरिरहेकछ, आन्य देश मा पनि जान नसल्ने आथाबा जान नचाहने हरुले त देश भर्मा त केही गर्नै पर्‍यो तिनीहरु देश भित्र जहाँ मौका छ त्यह जाने नै भए। काठमाडौंमा त्यो अबसर छ तेस्करण त्यह आउछन काठमाडौं बहिरका ठुला शहर मा पनि छन तेस्ता मान्छे हरु अब मुख्य कुरो तिर, संसार गरीब देश हरुको अवस्था हेर्दा त्यो पाहुच नहुने हरुले ३ तरिका आपनएको देखिन्छ १। प्रचन्ड जस्तो गफ दिन सक्ने मान्छे निक्लेमा क्रान्ति, क्रान्ति सफल भये kranti  कारीहरुबाट दमनचक्र,( भिय्त्नाम, कम्बोदिया, लाओस, कुबा) असफल भये जित्ने हरुबाट दमन चक्र ( चिले, अर्जेन्टिना, एल्सल्वदोर, इन्डोनेशिया).  अब नेपाल का पहुच नहुने हरुले माओवादी क्रान्ति देखी सके उनिहरु अब दोस्रो क्रान्तिमा प्रचन्ड त के प्रचन्ड को दोब्बर गफ दिने नेता आएपनी जादैनन 2.गफाडी  नेता नजन्मिये को ठाउमा ड्रग माफिया ले use  गरेको छ गरीब हरुलाई ( मेक्सिको, जमैका),. 3। बहिर गएर काम गर्ने। त्यो गरिरहेकछ, आन्य देश मा पनि जान नसल्ने आथाबा जान नचाहने हरुले त देश भर्मा त केही गर्नै पर्‍यो तिनीहरु देश भित्र जहाँ मौका छ त्यह जाने नै भए। काठमाडौंमा त्यो अबसर छ तेस्करण त्यहाँ  आउछन काठमाडौं बाहिरका ठुला शहर मा पनि छन तेस्ता मान्छे हरु अब एस्ता बेक्ती हरुले कही पनि मौका नपाए बाँच्न  को लागि तिनी हरुले के गर्लान त? काम न काज को क्रान्ति, आतंककारी गतिबिधी र ड्रग माफिया को चङुल मा पर्नु भन्दा त बस स्टोपमा पसल थापेर गुजार चलाएको राम्रो नि होइन र कि त हाम्रो योजनकार हरु राम्रो हुनु पर्‍यो, कि त नेता राम्रो हुनु पर्‍यो नत्र भने नेपाल को भबिस्य तेस्ताइ हो, अब हामी बहिर भाग्या  हरुले चै  सकेसम्मा राम्रो analysis गरेर निछोड निकलेको राम्रो। जे होस् तपाईंले राम्रो कमेन्त गर्नु भएको छ धन्यवाद. अब पौडेल ji लाई पनि केहि  भनुम कि? मैले यहाँ सबै दलित माओवादी हुन्चन भन्न खोजेको होइन। त्यो तपाईंको अनुमान मात्र हो। बाहुन छेत्री नेवार, जो भये पनि बाँच्न को लागि केही न केही त गर्नै पर्छ। जात ले खान दिने होइन आजको जमानामा। धेरै जसो मान्छे किन क्रान्तिकारी बन्चन भने, आफु माथि को अन्याएको कनुनी उपक्षर खोज्न नसकेर/ छ्यमता नभएर अथवा त्यस्तो बेबस्था नभएर दोस्रो आरुमाथिको गैर्कनुनी  व्यबहार सहन नसकेर अनि क्रान्ति अलि बलियो बन्दै गएपची ओहो क्रान्ति मा लगेपची पैसा पनि पावर पनि भनेर पैसा र पावरको भोका ब्यक्ती हरु यो घटना ले तेस्ता धेरै द्रिश्य हरु माध्हेय् एउटा द्र्य्स्य प्रधान गरेको छ तेस्करन एस्तो घटना हरु पनि जिम्म्बार हून सक्छ भनेर भनेको तपाईं लाई सन्का लगे ल पढ्नुस् मेरो बिसये " कहिँ हामी आफै त जिमेबार छैनौ माओबादी जन्मौना को लागि ? ल पढ्नुस तलको लेख" तेस्मा मैलीए प्रश्नबाचाक चिन्ह र अनुमान गरेको छु त्यो त गर्न पाईन्छ होला नि कि त्यो पनि पौदिन मैले ? अब क्रान्ति भनेको अनाबस्एक थीचोमिचोमा परेको ले गर्ने हो, प्रचन्ड, बादल बाबुराम जस्ता ताठा बाठा ले नेत्रुत्त गर्ने र अन्त्य मा मोज पनि तिनिहरु ले नै गर्ने हो, क्रान्ति सफल भएमा। अब यो घटनामा थिचो मिचोमा पर्ने हरु दलित परे म त अझ दलित भन्दिन तिनिहरुलाई मेरो बिचारमा उत्तम शब्द पहुच नभएका हरु भन्नु उपौक्त छ जस्तो लाग्छ। तेस्करन हरेक  कुरामा जतिये  दृस्टीकोण  ले नहेरुम न पौडेल जि। अब अरु पार्टीमा दलित छैन भनेर मैले कहाँ भनेको छु, मलाई तेती लाटो त न्ठन्दिनुस् न, तपाईं कुनै आधार बिना धेरै अनुमान गर्नु हुन्छ क्या (too  assumptive) तेसो गर्दा सहि assumption गर्न सक्यो भने त ठिकै हो तर सही assumption गर्न धेरै गाह्रो हुन्छ  क्या।  Last edited: 22-Jun-10 07:35 PM Last edited: 22-Jun-10 09:13 PM

timi_mero_sathi · Jun 22, 2010 7:30 PM

दलित युवतीलाई यौन दुराचार गर्ने माओवादी नेता जनताको फन्दामा ८ असार, वीरगंज । दलित युवतीलाई यौन दुराचार गर्ने एकीकृत नेकपा माओवादी भोजपुरा राज्य समितिका सदस्य नारायण श्रेष्ठलाई स्थानिय बासिन्दाले रंगेहात नियन्त्रणमा लिएका छन् । घरमा आफ्नो श्रीमति हुँदा हुँदै घर नजिकै रहेको छिमेकी दलित युवतीलाई विगत एक वर्षदेखि यौन दुराचार गर्ने श्रेष्ठलाई रंगेहात नियन्त्रणमा लिएका हुन् । पर्सा जिल्ला निर्मलबस्ती गाबिस निवासी श्रेष्ठलाई दलित युवतीमाथि यौनदुराचार गरेको अभियोगमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर गाउँमा भेला गरेका थिए । गाउँ भेलाले पिडित युवतीलाई श्रेष्ठको दोस्रो श्रीमतिको रुपमा घरमा भित्र्याई दिएका छन् । भेलामा श्रेष्ठले आफूले गरेको गल्ती स्विकार गर्दै दलित युवतीलाई दोस्रो श्रीमतिका रुपमा राख्ने बताएपछि गाउँलेले उनको घरमा भित्र्याई दिएका थिए  http://www.onlinekhabar.com/wp...

no_quiero · Jun 23, 2010 6:28 AM

कुन बर्ग र् को को शोषित हुन्छन सर्ब प्रथम तेस्को निर्क्योउल निकाल्यौ भने हामीलाई छर्लङ हुन्छ ऐना हेरे झै. बलबान ले - निर्धा माथि  सिक्षीत बर्गले - असिक्षित माथि  धनी बर्गले - गरीब माथि  कोइली झै बाठाले - असिक्षित र सोझा साझा माथि  चाडक्य फलाक्न जान्नेले - धर्मभिरु माथि  हाकिमले - कर्मचारी माथि  कर्मचारीले - पिउन माथि  पिउनले - घर परिवार माथि  यो स्रिन्खला अपर्म्पार छ, माथिको एक घटना समुन्द्र बिचको एक घडा मात्रै हो । हाम्रा आँखा र मस्तिस्क मा धेरै कुरा हरु यन्त्रबाट भरिएका छन अनी तेही अनुरुप प्रतिकृया ब्यक्त गर्दछ। यदी तेसो गर्दैन भने तपाईं हामी धार बिरुद्ध हुनेछौ, CNN मा एस्तै कुरा देखाएको थियो। प्रासङिक होला भन्ठानी उल्लेख गर्ने ध्रिस्टता गर्द्छु । एक जमात ब्यक्तिहरुले स्यानो स्यन्ख्यालाई उनिहरुले influence केही हद सम्म गर्न सक्छ भन्ने कुरा को एक उदाहण मा " एक जमात ब्यक्ती हरु ३-४ ब्यक्ती सँग लिफ्ट मा चडछन, साधनातया सबै जना जता ढोका खोलिने हो तेतै तिर मुख फर्किएर बसिन्छ र सबै तेसै गरी बसे, एका एक त्यो जमात ठीक बिपरित दिशामा फर्किएर बस्यो अनी त्यो भिड सङै अरु पनि फर्किए" कतिपय कुरा हरु स्वचालित यन्त्रवत चल्दछन। That is what maoist doing placing layer of governing institute like YCL .   शायद यो लेखमा हाम्रा टिका टिप्पणी पनि यो यन्त्रवत चालन बाट बिमुक्त हुन सकेको छैन कि भन्ने मेरो सोधाई छ । बिशेषत राजनीतिको कुरामा सत्ता पक्षको बिरुद्धमा र सरकार बिरुद्धको कुरामा हामी एक मुख हुन्छौ।  हो  सरकारी पक्ष बाट पीडित भएका छन , घुस खोरी मा उनी हरु बदमाशकै साथ दिएर जनतालाई दु:ख दिएका छन।  मेरो भनाइ के छ भने अहिले माओवादी बिभिन्न कार्य क्रममा छ , जनतालाई भड्काएर सुकुम्बासी बनाइ बन नाश गर्न लगाउने, आँफै बोक्सी आँफै झाक्री बन्ने अत्याचार दुराचारको हरेक हतकन्डा लिएर अगाडि बडेको छ . जती जनता शोषित भए तेतिनै उनिहरुलाई फाईदा हुने हुँदा कही त्यो सरकारमा बसेको कर्मचारी सरकारी सेवा भन्दा तिनै माओवादीको विश्वाश प्रप्ती सदस्य त होइन ? डोटीको आर्मी ब्यारेक कसरी उडाउन सफल भए त ? मैले गलत भएन भन्न खोजेको हैन तर त्यो माओ बादिकै सुनियोजित कान्डहरु मद्धेको एक हिस्सा हैन बनेर तपाईं ठोकुवा दिन सक्नु हुन्छ ? बिरोधको आवाज घन्काउन सजिलो हुन्छ तेही गर्दै छु म पनि। 

syanjali · Jun 23, 2010 12:50 PM

Syanjali  जी अब मैले माथि नै भनि सके नि, reverse  psychology  को लागि माओबादी ले गरेको पनि हुन सक्छ भनेर प्रमाण नापैकाना अन्दाज को भर  मा यसै हो भनेर भन्न चाही गार्हो हुन्छ . नत्र माओबादी र हामी मा  के फरक भयो  र/ तेसै कारण मैले मेरो पहिलो पोस्टिंग मा पनि माओबादी  जन्मने कारण यो पनि होकी भनेर अन्दाज गरेको छु,अब ठोकेरै  भन्न लाइ त्  प्रमाण चाहिन्छ. संका ले लंका जलौछा भंचन तेसकारण माओबादी ले सबै पार्टी ले उनीहरुलाई एक्लो पर्न खिजेको ठान्ने अनि  हामीले हरेक संकास्पद क्रियाकलापमा माओबादी को सड्यन्त्र  देख्न थालेउ भने विश्वास को गहिरो  खाडल सिर्जना हुन्छ जुन समस्या समाधान को लागि उपुक्त हुदैन. सधारण शोसन त जहाँ पनि हुन्छ मानब जतिको स्वोब्हब नै हो जस्तो , तर कसै लै  बाच्नै नसक्ने गरेर सोषण गर्दा उसको उपाए के  त? उसले त बादल लिन खोजि हालचा होइन र? भंचन नि बिरालो लै पनि कुनामा पार्यो भने  आक्रमण गर्छ . आती नै सोसन मा परेको मान्छेले बादल लिन खोजि रहेको हुन्छ तेस्तो अबस्था मा उसलाई  कानुनी सहयोग प्राप्त भएन भए उसले गैरकानुनी उपाय खोज्छ , माओबादी, अन्य आतंककारी , लागु औसधि ब्यापारी ले एस्तो मौका खोजि रहेको हुन्छ. तेस्त निमुखा व्यक्ति हरु गलत हातमा नपरुन भन्ने मात्र आसय हो मेरो. माओबादी हरुले तिनीहरुलाई उचाल्नु सट्टा हामि आफै ले तेस्ता घटना हरुको बिरोध  गरे र अरु  घटना हुन नदिए  हामीलाई नै फाइदा हुन्थ्यो. गणतन्त्र, प्रजातन्त्र आउने  बित्तिकै सोषण हट्ने  होइन, नत्र भने त भारत मा गणतन्त्र र प्रजातन्त्र आएको ६० वर्ष भन्दा बढी भैसक्दा पनि  पहुच  नपुग्ने हरु तथाकथित क्रान्ति को जालो मा फसेकै छन्.हामी आफैले पनि कतिपय बानि व्यहोरा सुधार्न जरुरि छ. नेपाल को जनान्दोलनमा माओबादी ले जितेको होइन राजा ले हरेको हो  अनाबस्येक गल्ति गर्दा खेरि,  तेसैले मेरो भनाइ के हो भने हाम्रो गल्तीले गर्दा फेरी माओबादी ले आफुले जितेको भन्ने घमण्ड गर्न नपावोस  भन्ने हो . अब एकछिन सोच्नुस गहतराज परिवार मोबदिहोइना रहेछा भने उनीहरुले के सोच्लान ? माओबादीमा   नलागिकन  एउटा सानो पसल खोलेर जिबन धान्न खोज्दा त गरिखान दिदैनान, अब इनिहरु लै ठिक नपारी हुदैन, आनी ति व्यक्ति हरु माओबादीको सुराकी बन्न पुग्छन पहिला तेस्पछी  full  timer,  नेपाल सोषण  नभएको देश त होइन नि, पाढेलेखेका बदमास पनि थुप्रै छन् यहाँ, अब USA  आएर जात्पाती को कुरा निकालेर आमाचकारी गाली गर्ने हरु त साझा मै आउछन तेसकारण त्यो घटना माओबादी बाहेक अरुले घटाएको होइन होला भनेर भन्न सक्ने स्थिति पनि छैन.  मानब अधिकारवाला हरुको छानबिनले पनि माओबादी लै दोष देखाएको छैन. 

timi_mero_sathi · Jun 24, 2010 9:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all