घायल तन, मैला लुगा, छरिएका केश आज मेरो सपनीमा रुँदै थिईन देश । भन्थिन उन्का छोराछोरी उन्का भएनन् रे माया, प्रेम जस्ता कुरा अब रहेनन् रे हावी भए रे जताततै तिरस्कार, क्लेश भन्दै मेरो सपनीमा रुँदै थिइन देश । छोराछोरी उनैलाई कुट्न खोज्छन अरे उन्का झिटिझाम्टापनि लुट्न खोज्छन अरे बुढेस्काल्मा सहारा कोही भएनन् रे बेश भन्दै मेरो सपनीमा रुँदै थिइन देश । घायल तन, मैला लुगा, छरिएका केश आज मेरो सपनीमा रुँदै थिईन देश । (Picture Courtesy: http://beacononline.files.word... Last edited: 18-Jun-10 08:41 AM
cheli · Jun 18, 2010 8:40 AM · 17,052 views
उत्कृष्ट रचना ! समयसापेक्छिक चोटिलो कबिता पढेर देशको सम्झनाले कटक्क मुटु दुख्यो !
ritthe · Jun 18, 2010 8:52 AM
देशको सम्झनाले कटक्क मुटु दुख्यो ! देश गएर फर्के पछी झन बेसमारी दुख्यो ।
rahulvai · Jun 18, 2010 8:58 AM
गज्जव छ । Last edited: 18-Jun-10 12:01 PM
SimpLe_KeTa · Jun 18, 2010 10:22 AM
सहदै छिन् पिडा नेपाली आमा ब्यधाले हान्दा छातीमा आमाको तै पनि हेर्यौ दुखेन हामीलाई नपाउंदा कस्तो, पाएपछि सस्तो आफ्नो सिमित् स्वार्थको खातिर स्वाभिमान र आस्था बेच्नेहामी अझै गर्छौ झगडा खिचातानी आपसमा, सारा संसार चर्चा चलाइ आफ्नो इज्ज्त फालेर भन कहिलेसम्म चल्छ देश पराइले टालेर? पुच्छर के को सोझिन्थ्यो र?! ढुंग्रै बरु बाङ्गीएला मती भ्रस्ट भयो सब्को अब कहिले सप्रीएला
anarchist · Jun 18, 2010 11:32 AM
It's sad but true. Nice expression, Cheli!
crazy_love · Jun 18, 2010 11:41 AM
Ok First of all there is no such thing as Nepal ama or Bharat mata. These are all propaganda initiated by state rulers, kings and the courts to pull the country together. The land you step in Kathmandu could care less whether Maoists rule us, UML lead us or India control us. However, if you want to give her the due respect then call her dharati mata, mother earth. Country’s governance will effect you but your action will effect mother earth. Recycle and be green.
Kiddo · Jun 18, 2010 12:29 PM
सन्कोच छैन, देश आफनो लाग्ने मनहरु देश चिनाउने आफ्नोपनहरु आज आयातित रंगहरुले मेटीदैछन् देशको भार थाम्ने काधहरु देशको माठो जोगाउने बाधहरु आज ग्लोबल भनी भुक्न थालछन् अरे पहिले घर बनाउ अनी संसार हाँक्ने कुरा गर तिम्रो कुनै औकात् छैन जब तिम्रो सिर माथि सितल दिने छानो छैन तलाउ मा लेउ पनि रमनिय लग्नसक्छ गरेर देखाउ, गफै गफ मा गफाडी ले पनि देश हाक्छ
anarchist · Jun 18, 2010 12:57 PM
cheli जि नमस्ते । मैले नबुझेको: यि लाईन हरुको, कृपया, अलि कत्ति ब्याख्या गरिदिनु होस भन्ने बिन्ति गर्दछु । ------------------------------------------------ "बुढेस्काल्मा सहारा कोही भएनन् रे बेश" देशको बुढेसकाल पनि हुन्छ र ? ------------------------------------------------ ------------------------------------------------ "घायल तन, मैला लुगा, छरिएका केश आज मेरो सपनीमा रुँदै थिईन देश । " "घायल तन..." "रुँदै थिईन देश... " वाह ! देशले आईमाईको रुप लिएर रोएको देख्नु भएछ । Psychedelic ------------------------------------------------ ------------------------------------------------ "मेरो सपनीमा... " मेरो सपनी ? स्त्री / पूरुस लिँग ? ------------------------------------------------ ------------------------------------------------ "भन्थिन उन्का छोराछोरी उन्का भएनन् रेमाया, प्रेम जस्ता कुरा अब रहेनन् रे" अरुको छोराछोरी... ? "उन्का छोराछोरी उन्का भएनन्" छोराछोरीले आमा भनेर नमानेको कि ? अरुकै छोराछोरीलाई आफ्नो ठानेर हुर्काएको ? माया, प्रेम... ? नेपालमा प्रेम जोडि नै छैन ? ------------------------------------------------ सिर्फ उत्सुकता: ४ घन्टा देखिन तपाईको अर्थ निकाल्ने कोसिसमा छु । तपाईको लेख पढ्दै आएको छु। राम्रो छ।
SimpLe_KeTa · Jun 18, 2010 1:10 PM
सबैजनालाई धन्यवाद @ रिट्ठे ब्रो : @ ठुल्दाइ : साचै हामीले देशका कुरा गरेर खुशी हुने दिन कैले आउला है, यस्ता कुरा सम्झिदा त मलाई आँफै अपराधी भए जस्तो लाग्छ ... देशका लागि केही गर्न सकिन भनेर त्यसै दिक्क लाग्छ .. @ सिम्पल_केटाज्यु : हन तस्वीरहरु सहितको प्रतिकृया पो थियो त कता गएछ ? जे होस् , मैले पुरुषलाई हेयका दृष्टिले हेरेर देशलाई नारीको उपमा दिएको भने पक्कै होइन । मैले आज सम्म जता जता जे जे पढेकी छु सबैमा देशलाई, धर्तिलाई आमाकै/नारीकै उपमा दिइएको पाएकी छु । त्यही प्रभावले होला "नेपाल-आमा" भन्दा जुन भाव मन भित्र छतछुल्ल हुन्छ, "नेपाल-बाबा" भन्दा त्यो हुन्छ जस्तो मलाई चैं लाग्दैन ।। @ एनार्किस्टज्यु : त्यही भन्या खोइ हामी कहिले सुध्रिन्छौ ? @किरेजी : @ किड्डोज्यु : नेपाल आमा भौतिक रुपमा पक्कै नहोलिन, तर मेरो मनमा त छिन्, "धर्ती माता" भन्नु र नेपाल-आमा भन्नुमा म खासै भिन्नता पाउँदिन.. मैले यहाँ "म" भनेर आफुलाई मात्र भनेको होइन, मजस्ता कैयन साथी-भाइ, दाजु-दिदीहरुलाई मैले चिनेकी छु जो अहिले आफ्नी आमा र मातृभूमी दुबैबाट भौतिक रुपमा टाढा हुनुहुन्छ तर उहांहरु को मन भने त्यतै कतै डुलिरहेको छ, मातृभूमीमा भएको आफ्नु घरको आङनमा आफ्नै आमाको ओरिपरी ... म जसरी संसारका सबै नारीहरुलाई सम्मान गर्छु त्यसरी नै सम्मान गर्छु विश्वलाई तपाईंका भाषामा "Mother Earth" लाई तर खोइ किन होला आफ्नी आमा को स्थान जसरी अरु नारीहरुलाई दिन सक्दिन, नेपाल-आमाको स्थान पनि सारा विश्वलाई दिनसक्दिन ...
cheli · Jun 18, 2010 1:22 PM
सिम्पल_केटा: मैले त्यो तस्वीरमा भएकी बुढी-आमालाई आफ्नु देशसँग रिलेट गर्न खोजेको हो ... चार घण्टा देखी मेरो सिर्जनामा घोत्लिनु भएकोमा धन्यवाद
cheli · Jun 18, 2010 1:27 PM
Cheli जि धन्यबाद । -------------------------------------------------- धत्त ! म चैँ केलकुलेट गर्दै बसेको - के छ अर्थ भन्दै । त्यो फोटोको बारेमा लेखेको भन्ने था पाको भए... -------------------------------------------------- सुकेनासे थोते बुढि ति दीन संझिन्छे टाउकोमा हात हालि ति दिन संझिन्छे । -------------------------------------------------- २-४ हजार डलर दिने हो कि त्यो बुढि मान्छेलाई । PS: म नि गारिब नै छु है । बरु मेरो नि त्यो पोजमा भाको फोटो देखाम कि ?
SimpLe_KeTa · Jun 18, 2010 3:17 PM
kabita raamro chha Last edited: 28-Jun-10 10:09 PM
prabhat41 · Jun 24, 2010 5:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion