दुई जना दाई हरु नेपाल बाट तालिम को लागि भनेर अमेरिका आएको दुई हप्ता भयो। बुढा हरु एतै लुक्ने कि नेपाल फर्किने भनेर दोधार मा छन। नेपाल मा पनि ठिकै को जागिर छ भन्छन के गर्दा ठीक होला लौ न एसो राय सल्लाह दिनु पर्यो।
michigander · Jun 18, 2010 12:50 AM · 10,978 views
नमरी स्वर्ग देखिदैन भन्छन, अमेरिका बाट स्वदेश फर्किनेले टाटा टिपेर गए झै गरिदिन्छन अनी घर जाने तयारी गर्ने पनि २-४ जनालाई ५ तारे होतलमा खाना ख्वाउने पैसा नबनाइ कसरी घर जानु भनेर खोकी हाल्छन ,एस्तै छ हामी नेपालीको मती। हिजो त्यसरीनै आउने हरुले हरियो पत्ता बनाएर लाउरे घर आए झै गरी गुन्टा कसेर आएको मात्रै देखेका छन भने २० सौ बर्ष घर परिवार छोडेर आएको अनी छोरा छोरी पनि ठुला भाई विवाह बारी हुँदा जान न सक्नु जस्ता कथा कमैले सुनेका होलान र सुने पनि एक कानले सुनेर अर्को कानले उडाइ दिन्छन किन्की त्यो महत्वपूर्ण कुरा मा परेन। मेरा कोठे मित्रले उस्को काकाको छोरालाई कुनै सेमिनारमा आएको बेला बस्ने सल्लहा दिएन अनी उकहा बोलाँउदा पनि बोलाएन , एक महिनाको विसा मा कही बस्ने ब्यबस्ता मिलाई दिए, जागिर राम्रो थियो अनी उज्ज्वल भबिस्य लाई तगारो लगाइ दिनु हुन्न भन्ने सुभेक्षाले तेसो गरे तर काका काकिले यो कुरो बुझ्न अझै पनि सक्नु भएको छ जस्तो लाग्दैन किन्की छोरोले को भनाइ एस्तो थियो " दाई ले बोलाँउदा पनि बोलाएनन बरु फलानोले एक महिना पाल्यो, उन्ले चाहेको भए म पढेर उतै बस्थे फर्कनु पर्ने थिएन , फेरी पढन जानु पर्यो भने दोहोरो हावाई जहाज खर्च लग्ने भयो' अनपढ मुर्ख भन्दा पढेलेखेको मुर्ख महामुर्ख भनेको के रहेछ बन्ने कुरा कोठे मित्रको कथा ले छर्लङ बनायो । उनी घर नफर्केको भए के हुन्थ्यो ? बसाइ अबैधानिक हुन्थ्यो, कुबेलामा आएर कालेज भर्ना पनि हुँदैन अनी आँफै त महादेब उत्तानो टाङ भएको बेला उनलाई कालेज भर्ना गर्न कहाँ बाट फन्ड देखाउने, नेपालमा हुँदा आफुलाई प्रोफेसर भै खाएका बिना S S कार्ड कहाँ काम खोजिदिनु , यि याबात स्मस्या नेपालमा थाहा हुँदैन खाली टाटा टिप्न पाईने मात्रै थाहा छ । फलानो बिदेश गएर ठुलो भएछ मेरो छोरा लाई केही गरेन, गाउले ले पनि गुह्य्य कुरा नबुझी हा मा हा मिलाई दिए.वहाँ नेपाल फर्किए पछी घरअजाम गर्नु भयोरे अनी क्यानाडा आएर डा को पद्बी झुण्ड्याउनु भयोरे ? तर डा साब्ले अझै दिमागबाट दाइले नेपाल फर्काएर प्लेन भाडा खेर गएको र शाहयोग नगरेको कुरा लाई बिर्सन सक्नु बहेको छैन किन्की मेरा कोठे मित्रको संपर्क टुटेको जोडीन सकेको छैन अनी काका काकिले पनि कती ठुलो निर्णय गरिदियो भन्ने कुरा मनको एक कुनामा पल्हाउन पनि सकेको छैन, नत्र भने कोठे मित्र नेपाल पुगेर आउँदा पनि बाबु तिमीले तेसो नगरेको भए मेरो छोरा भाडा माझेर बस्थ्यो कि ग्यास पम्प गरेर बस्थ्यो, हुन त अमेरिकामा को कसरी बसेका छन थाहा न हुँदा त्यो कुरा कहाँ बाट उठ्नु हैन र ? तर तिनै काकाले भने अरु भतिजालाई राम्रो सल्लहा नदिएको गुनासो गर्दैथिए, भन्छन नि खुकुरिको चोट अचानो लाई मात्रै थाहा हुन्छ , तर वहाँले बिर्शिनु भयो ?तेसैले कुनै कुनै कुरामा एही ठीक हुन्छ भन्न गार्हो छ, अनी यो डा साब को कथा सम्झे ? Thank you for Reading and what do you say cry baby ? Last edited: 18-Jun-10 09:28 AM
Syanjali · Jun 18, 2010 9:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion