दन्त्यकथा: रसायन शास्त्रका गुरु सच्चिनै गुरुघरानका गठिलो अनी मध्य कद , युबा साहित्यकारमा गनिन योग्य अनी बाद् बिबादमा निपूर्ण र बङ्य बाण ( सर्कस्म ) मा उतिनै दखल। आफ्नो बिषय बस्तुमा तेतिनै निपूर्ण। कालेज भनेको कसैलाई बिद्या आर्जन गर्ने थलो, कसैलाइ माया गास्ने थलो, कसैलाइ बाउ आमालाई छल्ने मेलो त आधा जसोलाई सस्तो शुल्क तिरेर राष्ट्र हाक्ने नेता बनाउने थलो. जो जे सोउद्देस्यले भर्ना भएका थिए तेही रफ्तारमा गती लीइ रहेका थिए । मानौ कोही Extreme Left लने मा सुइकिन चाहने हरु सबै भन्दा अगाडि बेन्चमा हुन्थे भने समय काट्ने, बाउमामाको लागि पढिदिने र विवाह गर्दा छाती फुलाएर स्नातकोतर को बिल्ला झुन्ड्याउन आउने पछील्ले बेन्चमा बिरजमान् हुन्थे । गुरु आफ्नै गतिमा अगाडि बस्ने विद्यार्थी को डौडाइमा एक पछी अर्को साता chapter बादलइदै थियो। जाडो याम किर्तिपुर को ठाम अनुमान गर्नुहोस , गुरु पनि सुस्त गतिमा देखिनु हुन्थ्यो सदा भन्दा अनी हाजिरी म रोलनम्बर उच्चारण गर्दै जानु भयो, नेपथ्यमा (पछ्लो बेन्च )कहिले नै शान्त थियो र ? तर यो दिन अनौठो कुरा भयो, तेही नेपथ्य बाट रोलक्रममा एस सर को सट्टा " YES फादर" को मधुरो संगितामय ध्वनी गुन्जियो । गुरुले आफ्ना दृष्टि ध्वनी आए तिर फ्याक्नु भयो अनी सधा झै आफ्नो पाठ्यक्रमलाई हुइक्याउनु भयो। स्कुल को दिनचर्या सधा झै आफ्नै अफ्तारमा दौडी रहेको थियो, जो जो जुन जुन उद्देस्य हाँक्न आएकाथिए उनिहरु तेसैमा लगनशिल थिए, गुरुले पनि आफ्नो धर्म निभाउनु भएकै थियो । मासिक आएकै थियो भने माधौरुले बुझ्नु पर्छ किन चिकित्सक कहाँ गएको अनी मढौरुले पनि माड पिउने प्रयास गर्नु पर्यो, एकोहोरो ताली नब्जने कुरामा पूर्ण विश्वास मात्रै हैन सतप्रतिशत पालना पनि गर्नु हुन्थ्यो किन्की गुरुको आफ्नै कथा थियो। वहाँले पनि तेही भोगाइ भोगेर त्यो स्थान प्राप्त गर्नु भएको हो। वहाँलाई थाहा छैन ति नेपथ्यमा गानगुन गर्ने हरु के के गर्दै छन तर २-४ जना भने नजानु भन्दा भन्दै पनि जान्नु परेछ किनकी एकजना मन्त्रिमा मनोनित हुनु भएछ अनी दैनिक जसो चरित्रका र देश बनाउने अनी अर्थको असमानुतिक बिभाजनको कट्टर बिरोधी भाषाण ओकल्याइ सुन्नु पर्थ्यो, पछी त तिन्को नाम आउन साथ दुरदर्सन्को च्यानल नै बन्द गर्नु हुन्थो रे, सबै भन्दा वहाँ लाई आस्चर्य लाग्ने कुरा चाँही त्यो नेपथ्यमा हल्ला गर्ने " RONAST " मा बिज्ञान बिग्य पदासिन भएको देखेर वहाँ पनि यो पढाउने काम लाई भविस्यको लागि एउटा खुड्किलो मात्रै बनाउनु भएको "उद्देस्य लिनु के उडी छुनु चन्द्र एक " मा द्रिदसन्कल्पित हुनुहुन्थो बन्ने कुरा वहाँको आजलाई हेरेर बन्दै छु। कुरा बाटरिएछ र बाटो बिराउन लागेछ. तिते झरी भन्छ्न जुम्रा उमार्ने मौसम हो रे , गुरु सधा भन्दा फरक हुनु हुन्थ्यो, शरीर सिथिल थियो, अध्यापन मा मूड थिएन जो लगभग पढाई को अन्त्य सम्मा नदेखिएका लक्षण देखे पछी ति अगाडि बेन्चमा बस्ने विद्यार्थी ले सोधन पुगे, सरलाई सन्चो छैनकी क्याहो ? हामीले झन्डै झन्डै सिध्याइ सख्यौ, बिदा लिएर बस्नु भएको भए पनि हुन्त्यो नि एक मुख गरे. गुरुले भन्नु भयो तेस्तो आराम गरेर बस्नु पर्ने बिरामी भएको हैन खाली मन खिन्न भएको छ बिगतको सम्झनाले. आज हाजिरी पनि लिन्न अनी सरासरती कक्षा मा आँखा दौदाउनु भयो। पढाउने काम पनि नगरौ आज मैले तयारी पनि गरेको छैन , समय त बितौनुनै पर्यो ? सोध्ने र प्रश्न गर्ने तिनै अगाडि बेन्चका हुन्छन्ले भने तेसो भए सरकै बिगतको कुरा सुनौ न त ? एसो आनाकानी गर्दै भनी हाल्नु भयो समय त काट्नु नै पर्यो । म स्याङ्जाको कागेनीमा जन्मे हुर्केको हुँ र् त्यहा आठौ कक्षा भन्दा माथि शिक्षा लिन आर्को जिल्ला जानु पर्थ्यो अनी घरमा घर सल्लाह मा एसै आर्को जिल्ला पठाउनु पर्ने बरु बनारसनै पठाउदा बेस हुने घर देखी मावली अनी काका बडाउको पनि एकतर्फी निर्णय सुनुवाई भयो । आफु भने छिमेकी जिल्ला जान पाए बिदा पर्व गर आउन पाउने आशा बिलिन भयो। आज भन्दा २० बर्ष अगाडिको अनी एक बिकराल गाउको कुरा जहाँ बाल विवाह त्यो पनि ब्रम्हण समुदायमा म अलग्गिन सकेको थीईन, खेल खेलेको जस्तो लाग्छ विवाह भनेको र खासै हेक्का छैन कती उमेरको थिए भनेर. आठौ कक्षा पुगिसक्दा म पनि केही बुझ्ने भाई सकेको थिए विवाह भनेको केहो भनेर तर गाउ घरमा भने एउटा दाइत्य पुरा गर्ने र घरमा काम गर्ने दुई हात को जोड पनि हो। दिन बित्दै गए अनी अनिक्षामा श्रीमती छोडि हिंड्नु परेको त्यो दु:ख , पिडा त छदै थियो। बर्षमा एक्पल्त जसो कोही आएको बेला समाचार सुन्थे र त्यो समाचारमा बिदामा आफु पिता भएको कुराले गर्व र दु:ख मिस्रण थियो। काखमा खेलाउन न पाउनु । खर्चको अभाब भनौ वा छोरो आए पछी घारजाममा फसेर फर्किन नमान्ला भन्ने दरले हो २ बर्ष पछी S.L .C सिध्याएर मात्रै फर्किन पाए. घर जान पाउने कुरा ले मन सागरको लहर झै उर्लिएको थियो, दुलहिलाई एउटा बोटिस र छोरो खेलौना किनेको थिए। गाउ टेके तर घर पुग्न अझै एक प्रहरनै बाँकी थियो तर गाउलेको अनुहारमा प्रश्न चिन्ह झै लाग्थ्यो भने म आफ्नै मनको लड्डु फोर्दै लामो बिछोड को अन्त्य र नयाँ किरण को तरङमा खुट्टा स्वफुर्त आफ्नो बाटो पहिल्याउदै थियो. टाडै बाट देखे घरमा टिमटिम बत्ती बलेको थियो, यि कर्ण संगितमय बालस्वर को लिप्सा बोकेको थियो अनी भित्र बाट आमाको स्वर सुने बाबु आ ई पुगौ ! आमाका मामता पूर्ण स्वरले आधा थकान मेटिदियो बाँकी थकान छोरो र श्रीमती लाई देखेर मेतिने कुरामा विश्वस्त थिए । मेरा कौतुल अनुहार देखेर आमाले बाबु थकेका होउला ल हातखुट्टा धोएर अगेनाको छेउमा बस तिमी तिम्रा कुरा सुनाउ, म तिम्रा कुरा सुन्दै भात पकाउछु। मेरा मनमा धेरै कुरा उठे , शायद माइत पठाईएको हो कि ? सन्निपातले फलानी फल्लनो लाई लाग्यो रे भन्ने सुन्थे शायद तेसैको बचावटको लागी पथाई एको पो होकी, छोरो पनि लगिछकी ? मैले पनि सन्कुचित भएर आमा सँग सोधी हाल्न सकिन ? मेरा आँखाले खोजी रहेको थियो अनी आमा को चेहरामा छोरो आएको खुशी को कुनै रेखा देखिन । बाउ बेसी बाट आउनु भयो र दुधको बाल्ती आमालाई दिदै भन्न् भयो त आ ई पुगेको कुरा बेसिमा माझघरे साइलो ले सुनायो तेती भन्दै बाउ हात खुट्टा धुन जानु भयो। भाई बेसिमै बसेछ बैनी टुलु टुलु मरो अनुहार हेरेर बसी रही। सोचे लामो समय पछी आफ्नै घर पनि पहिलो क्षण नौलो लाग्छ रे , शायद तेही भ्रान्ती भएको होला। भात सात खाएर अगेनोको छेउमा बसेर बाउले सालको पातमा सुर्ती भर्दै कुरा सुरु गर्नु भयो। यो गाउमा त नै पहिलो भाईस एस.एल.सी गर्ने, वहाँको मुहारमा चमक र सन्तुस्तिको राप पोतिएको थियो । क्रमस :
syanjali · Jun 14, 2010 12:07 PM · 1,402 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion