जोहानसबर्ग, – घानाका राष्ट्रिय फुटबल टोलीका सदस्यलाई विश्वकप सम्पन्न नहुँदासम्म यौन सम्पर्क राख्नबाट मनाही गरिएको छ। 'घाना फुटबल संघ (जिएफए) ले सबै खेलाडीमाथि विश्वकप अवधिभर यौनसम्पर्क राख्नबाट कडाइका साथ प्रतिबन्ध लगाएको छ,' जिएफए प्रवक्ता रेन्डी अब्बेले लन्डनबाट रेडियो अन्तर्वार्तामा भने। खेलाडीलाई आफ्ना कोठामा महिला आगन्तुकलाई बोलाउने स्वीकृति नदिइएको जिएफएले बतायो। 'उनीहरूले महिला आगन्तुकलाई निम्त्याउन पाउने छैनन्। यसको प्रश्नै उठ्दैन,' अब्बेले भने। उनका अनुसार खेलका दिनमा भने खुला र सार्वजनिकस्थलमा उनीहरूले आ–आफ्ना श्रीमती र प्रेमिका वा नातेदारसँग भेट्न पाउने पनि उनले बताए। म्याचको राती भने साथीभाई र नातेदारहरू भेट्न पाउने छन्। 'त्यो पनि सार्वजनिक स्थलमा मात्र। खेलाडीहरू सुत्ने बेला नहुँदासम्म,' उनले भने। उनले त्यही कुरा भनेका छन्, जुन २००६ मा जर्मनीको टोलीमाथि लागू गरिएको थियो।
kukur · Jun 14, 2010 9:04 AM · 14,056 views
I think after sex they will rejuvenated, fresh and relaxed? Is it not true? How much energy they are loosing having sex and how much impact it has on the immediate game ? So, from now have sex frequently to loose weight . Now doctor will prescribe to have frequent sex to substitute or lower the dose of ProZac.
syanjali · Jun 14, 2010 9:24 AM
काठमाडौँ, जेठ ३१- राजविराज कारागारमा ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक दम्पतीले आफूहरुबीच प्रजनन व्यवस्था मिलाइपाउन सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरुले कारागार मुक्त हुने बेलासम्म प्रजनन शक्ति स्वत: बन्द हुने भन्दै पति-पत्नी सँगै बसी प्रजनन् अधिकार उपयोगको व्यवस्था मिलाउन माग गरेका हुन्। करिव पाँच वर्षअघिदेखि सर्वस्वसहित जन्मकैदको सजायका लागि पुरुष बन्दी गृहमा रहेका ३७ वर्षका सुरजामरिक डोम र महिला बन्दी गृहमा रहेकी ३० वर्षकी निजकी श्रीमती छेटनीदेवीले उक्त रिट दायर गरेका हुन्। पैतालीस वर्ष नाघेपछि महिलाको प्रजनन् शक्ति स्वतः बन्द हुने विशेषज्ञको रायबमोजिम छेटनीदेवीले जन्मकैदबाट मुक्त हुँदासम्म प्रजनन् शक्ति स्वतः बन्द भइसक्ने र यसबाट निःसन्तान दम्पतीका रूपमा रहनुपर्ने भएकाले त्यो अवस्था आउन नदिन कारागारमा पति–पत्नी सँगै बसी प्रजनन् अधिकार उपभोग गर्न पाउने व्यवस्था मिलाउन मानवअधिकारवादी संस्थाको सहयोगमा सो रिट दायर गरिएको बताइएको छ। - रासस Source: nagarik
tapariwan · Jun 14, 2010 10:59 AM
कत्रो ठुलो समाचार भएछ यो फिरी एस्को लागि ए रात्तै। अनी ए छोल्न चै पाउने कि नपाउने रे ह? केही पत्तो लगाइस त गुले?
Rodiohead · Jun 14, 2010 2:31 PM
अब, "GF लिएर जान पाउने, गर्न नपाउने" rule भएपछी "छोल्न पाउने, झार्न नपाउने" पनि अर्को rule होला नि हौ।
tapariwan · Jun 14, 2010 9:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion