http://www.ekantipur.com/np/20... काठमाडौ, जेष्ठ २८ - विश्वमा धेरै भ्रष्टाचार हुने देशमध्ये नेपाल पनि पर्छ । ट्रान्सप्यारेन्सी इन्टरनेसनलले गरेको भ्रष्टाचारसम्बन्धी सन् २००९ को विश्वव्यापी अध्ययनले नेपाल गतवर्ष १४३ औं स्थानमा परेको देखाएको छ । विश्वमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुगमन गरिरहेको सो संस्थाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल सन् २००८ को तुलनामा सन् २००९ मा झन् बढी भ्रष्टाचार हुने देशमा परेको देखाएको हो । विश्वका १८० देशमा सो संस्थाले गरेको अनुसन्धानमा नेपाल सन् २००८ को तुलनामा थप पाँचस्थान तल झरी सो स्थानमा पुगेको हो । सो संस्थाले विशेषगरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्दा निर्वाचन प्रणालीको स्वस्थता र निष्पक्षतालाई प्रमुख आधार बनाउने गर्दछ । कुनै राजनीतिज्ञ एवम् नेताले निर्वाचन जित्नका लागि ठूलो धनराशि खर्च गर्यो भने निर्वाचनपछि उसले बहन गर्नसक्ने र्सार्वजनिक दायित्वको पदबाट पनि निर्वाचनको खर्च उठाउन खोज्नेगरी भ्रष्टाचार गर्नसक्ने सम्भावना रहने हुँदा निर्वाचन प्रणालीमानै सुधार गर्नुपर्नेमा जोड दिइएको छ । प्रतिवेदनले विश्व सबैभन्दा कम भ्रष्टाचार हुने देश न्युजिल्यान्ड र सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको उल्लेख गरेको छ । प्रतिवेदनमा र्सार्क क्षेत्रमध्ये नेपाल सबैभन्दा बढी भ्रष्टाचार भएको देश हो भने भुटान कम भ्रष्टाचार हुने गरेको देशमा पर्दछ । नेपालमा सबैभन्दा बढी भ्रष्टाचार निजी क्षेत्रमा भन्दा सरकारी निकायमा हुने गरेको पनि उक्त प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तार् इश्वरीप्रसाद पौडेल नेपालमा भ्रष्टाचार हुनेगरेको स्वीकार्दै उहाँ भने, 'सैनिक, सर्वोच्च अंदालत, संसद, मन्त्रिपरिषद् र केही निजी क्षेत्रमा भएका भ्रष्टाचार आयोगले हेर्न नपाउने प्रावधान रहेको छ ।' प्रवक्ता पौडेलले नेपालले सन २००३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाबाट पारित भएको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरिसके पनि नेपालले यो सन्धिको अनुमोदन नगरेकाले आयोगले अनुसन्धानलाई प्रभावकारी बनाउन नसकेको बताए ।
ANS · Jun 11, 2010 10:56 AM · 11,973 views
Is there a clue in this. The least bhrasta desh is actually a morarchy. Nepal has jumped down as one of the most corrupted country after it has denounced moarchy. Everybody has became chada.
no_quiero · Jun 11, 2010 11:16 AM
Who say NZ is monarchy? Just because they have union jack at the top of their flag does not make them monarchy. Even if it does, we cannot paint Paras and Prince Will with the same brush... Nepal is just [Disallowed String for - Bad word 'fuk']ed regardless of the system. It is the people that matters.
newlynew · Jun 11, 2010 11:33 AM
नैतीकता को पाठ कहाँ सिकाउने ? It is not only the politician and the Government employee the public are same too. जनता तेतिकै दुराचारी, अनितिकता आदी इत्यादी बाट मुक्त छैन, कही नभएको नियम नेपालमा हुन्छ, जग्गा मिचेर घर बनाउने कै कुरा अर अधिकार बडी, नत जग्गाको सट्टा भर्ना नै दिन्छ, नाम मिल्नेले बाउको नाउ पनि अड्डामा गएर ठीक्क बनएर अर्को हरिचा को जग्गा नाम्सारी मात्रै हैन बैची सकेको हुम्न्छ, बिचरा हरिचा आफ्नै जाग्गा लिन अर्को तेतिनै मुल्य तिर्छ, पहिलेका मन्डले अब कसैले छुन नसक्ने नयाँ मण्डले "माओबादी" भएका छन।
syanjali · Jun 11, 2010 12:54 PM
Why the hell should any NETA care about this? Who cares ? Do you care? That's what our structure is. That's what Netas were built for. Don't blame them, blame yourself.
meroJageer · Jun 12, 2010 6:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion