[Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ] src="http://googleads.g.doubleclick...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);These guys are in a mission to create a shelter for older people being cared by 'DILSOVA SHRESTHA'. Can we help them guys? 'बुढेसकाल घर' बनाउँदै भिक्षु [Disallowed String for - ] src="http://nagariknews.com/compone..." type="text/javascript"> [Disallowed String for - ] src="http://nagariknews.com/index2...." type="text/javascript"> शुक्रवार, 04 जून 2010 07:53 नागरिक 14182 गिरिश गिरी, काठमाडौं, जेठ २१- भक्तपुरको दुवाकोटमा बन्न लागेको 'आमा घर' को सबै जिम्मा भिक्षु र आनीहरुले लिएका छन्। त्यसका निम्ति बिहीबार ब्लक तयारी सुरु भएको छ। बर्खाभरि आवश्यक इँटा तयार पारिसक्ने लक्ष्य छ,' भिक्षु विद्यालय थाक्पो सेड्रुप लिंकका प्रिन्सिपल फुञ्चोक गुरुङले भने, 'लगत्तै भिक्षु र भिक्षुणीको श्रमदानमा भवन बन्नेछ।' [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); स्वयम्भूस्थित यो विद्यालय मनाङ गुम्बाको मातहतमा सञ्चालन हुँदै आएको छ। त्यसैगरी फर्पिङस्थित आर्यतारा विद्यालयका आनी पनि यसमा संलग्न छन्। समाजसेवी दिलशोभा श्रेष्ठले सञ्चालन गर्दै आएको 'आमाघर' मा यतिबेला ३२ वृद्धा र ३७ अनाथ केटाकेटी छन्। उनीहरुका लागि बन्न लागेको आवास क्षेत्रमा ६४ आमा र दुई सय अनाथलाई बसोबास गराउन सकिनेछ। 'सन्तानको माया पाउन नसकेका वृद्धा र अभिभावकविहीन बालबालिकालाई एकैठाउँ बसोबास गराउने योजना हो,' दिलशोभाले भनिन्, 'यसबाट एकले अर्काको अभाव पूरा गर्नेछन्।' परोपकारका नाममा रहेको दुवाकोटस्थित ३ सय २५ रोपनी क्षेत्रफलमा आवास क्षेत्र ठडिनेछ। यसको डिजाइन भुवनेश्वरलाल श्रेष्ठले गरेका हुन्। भवन विभागका पूर्व महानिर्देशक प्रधान यससम्बन्धी अनुसन्धानमा संलग्न छन्। 'माटो, सिमेन्ट र बाँस मात्रको प्रयोगले बन्ने घर अन्य प्रविधिबाट तयार बन्नेजत्तिकै टिकाउ हुन्छ,' उनले भने, 'यस्तो प्रविधि व्यावसायिक प्रयोजनमा ल्याइएको छैन।' रविभवनस्थित 'आमाघर' र यी भिक्षु भिक्षुणीबीचको सम्बन्ध नयाँ भने होइन। 'सात महिनादेखि हामी पालैपालो समूहमा आमाघर पुगेर लुगा धुने, बढार्ने र कोठा मिलाइदिनेलगायत काम गर्दै आएका थियौं,' भिक्षु विद्यालयका कर्मा सोयपा थार्चिनले भने, 'तिनै आमाका निम्ति राम्रो घर पनि बनाउने कुरा आएपछि हामी सबै साथीभाइ यता लागेका छौं।' चार कक्षा उत्तीर्ण गरिसकेका भिक्षुलाई पढाइ सँगसँगै समाजका निम्ति उपयोगी बनाउने नीति विद्यालयले लिएको प्रिन्सिपल फुञ्चोकले बताए। 'अहिले इँटा तयार पार्न भीड जरुरी छैन,' उनले भने, 'भवन बनाउने बेला जरुरी परे अरु गुम्बाबाट पनि भिक्षु ल्याउँछौं।' विद्यालयमा चार कक्षाभन्दा माथि ६० भिक्षु पढ्छन्। माटो, पानी र त्यसको ५ प्रतिशत सिमेन्ट मिसाएर तयार पारिने भुवनेश्वर प्रविधिको ब्लकमा सबैभन्दा माथिल्लो भाग एक लेन सिमेन्ट र बालुवाको मिश्रण हाल्ने गरिन्छ। यसरी तयार भएको आकृतिलाई उनैले तयार पारेको 'कम्प्रेसर' मा राखेर बेस्सरी थिच्नुपर्छ। त्यसपछि तयार भएको आकृतिलाई सुकाएपछि त्यो झण्डै घर बनाउनका निम्ति पोलेर तयार पारेको इँटाजत्तिकै बलियो हुने गर्छ। 'पोलेको इँटाको शक्ति प्रति स्क्वायर सेन्टिमिटरमा ६० देखि ७० केजी हुन्छ,' प्रधानले भने, 'मेरो प्रविधिबाट बन्ने ब्लक चाहिँ उत्तिकै भागमा ४० देखि ५० केजीसम्म क्षमताको हुन्छ।' काठमाडौंमा उपलब्ध पोलिएका इँटाभन्दा तीन गुणा ठूलो आकार भएकै कारण यो तीनगुणा सस्तो पर्नेछ। यस्ता ब्लकबाट बन्ने चार तल्लासम्मका घर पोलेको इँटाले बनेका घरजत्तिकै बलियो हुने उनको दाबी छ। 'परिवारकै सदस्य मिलेर आफ्ना निम्ति घर बनाउन मिल्ने प्रविधि हो यो,' उनले भने,'यसरी तयार पार्ने हो भने यस्ता ब्लक इँटाभन्दा निकै सस्ता हुनेछन्।' यसरी सामान्य जानकारीका भरमा पारिवारिक रुपले नै तयार पार्न सकिने यो प्रविधिबाट ब्लक बनाउने काम भिक्षु भिक्षुणीहरुले गर्न थालेका हुन्। 'एकै दिनमा बनाउन सिकेर धमाधम तयार पार्न थालिसकेका छौं,' आर्यतारा स्कुलमा १० कक्षाकी छात्रा आनी कुञ्छोक पाल्देन गुरुङले भनिन्, 'यति सजिलै इँटा बन्न सक्छ भनेर कहिल्यै सोचेका पनि थिएनौं।' भिक्षुणीहरु गुम्बामा बसेर मन्त्र जप्ने मात्र नभई समाजका निम्ति पनि उत्तिकै उपयोगी हुन्छन् भनेर देखाउन चाहेको कुञ्छोकले बताइन्। 'यस्तो सस्तो र सजिलोमा बन्ने बलियो घर हाम्रा थुप्रै गाउँघरलाई चाहिएको छ,' मुस्ताङबाट नौ वर्षअघि काठमाडौं आएकी उनले थपिन्। यो प्रविधिबाट गारो लगाइसकेपछि छानोका निम्ति सबैभन्दा पहिले पूर्णतया 'टि्रटमेन्ट' गरिएको बाँस ओछ्याउने काम गरिन्छ। त्यसपछि प्लास्टिक र त्योभन्दा माथि सिमेन्ट र माटोको मिश्रणलाइ राम्रोसँग मिच्नुपर्ने हुन्छ। यसरी बनेको एकतले घर कम्तीमा ३० वर्षसम्म टिकाउ हुने प्रधानको दाबी छ। यस्तो प्रविधि उनले ६ वर्षअघि तयार पारेका हुन्। 'मेरो काम अनुसन्धान गर्ने मात्र हो,' उनी भन्छन्,'व्यावसाय गर्नेलाई खोज्न जाने जाँगर पनि मसँग छैन।' सामाजिक प्रयोजनका निम्ति बन्ने भवनका निम्ति आफ्नो संस्था 'एसएलटीडी सेन्टर' ले अग्रसरता लिने गरेको उनले बताए। आमाघरका निम्ति अहिलेसम्म कतैबाट सहयोग रकम नपाए पनि काम सुरु गरेको प्रधानको भनाइ छ। उनका अनुसार गैरआवासीय नेपाली संगठन (एनआरएन)सँग भने यसका निम्ति कुरा चलिरहेको छ। 'बुढेसकालमा दुःख पाएका आमाहरुलाई व्यक्तिगत प्रयासमा समेटेर उनीहरुको जीवन केही सहज बनाउन थालेकी थिएँ,' रविभवनमा जम्मा भएका भिक्षुका बीचमा घेरिएकी दिलशोभाले नागरिकसँग भनिन्, 'सबैको सहयोग पाएपछि तिनै आमा र केटाकेटी अब व्यवस्थित किसिमले बाँच्न पाउने भएका छन्।'
ANS · Jun 4, 2010 3:08 PM · 1,869 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion