छाती चिरी ढेखाइ देउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बित्स्रिन्खलता अती बढ्यो ,आफै आफुलाई थाम्न सकिएन | फुल काढा भो ,पानी आगो भो ,दिन हो कि रात चिन्न सकिएन | कौवा को पछी दौढदा  दौडदै  ,धेरै पर पुगिएछ , अन्जान यात्रा,अपरिचित आफन्तहरु ,गन्त्यब के हो बुझ्नै सकिएन | सुका मा सत्य् बिक्छ ,झुट  को कुनै मुल्य् छैन , असारे झरी झै माया बर्षन्छ ,गला सुक्दा पानी छैन | खोटो सिक्का को चल्ती छ् ,जबाहरात बन्द कैदी | गोही को आसु को चर्चा छ् ,बलिदान को मुल्य् छैन | अन्धेरो को यात्रा अती भो ,एसलाई  लाई पूर्ण बिराम देउ | माया गर्छु भन्ने हरु ,छाती  चिरी ढेखाइ  देउ |  

prabhat41 · May 31, 2010 10:53 PM · 17,121 views

4 Replies

गरीब र् निमुखाको को उत्थान को लागि लडौ भनियो , मैले हतियार समये , उनिहरु बिजयी भये ,बाजा बजाउदै शहर तिर लागे , घर किने ,गाडी चढे ,जग्गा जमिन जोडे , उनिहरु लाई पद चाहियो !! फेरी हामीलाई गुहार्न आए ,तपाइहरुको मुक्ती को लागि मै पि यम हुनुपर्छ भन्ने कुरा आयो , मैले लट्ठी समाये , साँढेको अन्ड्कोश चाहिएको थियो उनिहरुलाई ,बोकाको मै चित्त बुझाएछन , आधिबेरी र् सुनामी को कुरागर्थ्यो चितौने कान्छो ,वोलिको लोली सुनेर ,बिद्या को काख मा भुसुक्क निदाएछन |

Lahari · Jun 1, 2010 10:36 PM

साथि... गोलिले एक मर्छन, बोलिले हजार मर्छन उँपिया बाठो उफ्रि हाल्छ लाटो भेँडा मात्रै मर्छन । दुखी  आमालाई राँडी  बनायो बन्दुकको बोलि बोल्ने हरूले जवान युवतिलाई रन्डी बनायो मति भ्रष्ट जँगलि नेताहरुले । साथि... भावनासँग खेल्नेहरु "गिदि धुलाई"मा माहिर छन् ईतिहास साक्षी छ, साथि, पिलो अफ्ठेरोमैँ पलाउँछन् । यदि चिन्ता देशको सत्य कामना हो तिनको तब बन्दुक बोकि चौकिदारी गरोस हाम्रो । तर, एउटा कुरा, साथि, जँगलको नरभक्षी बाघ ... के हो त सिर्फ मनको बाघ ? के गर्छ त सत्य सुरक्षा हाम्रो ? साथि... बिस्वास दिलाओस तिन्ले मान्छेनै हौ भन्ने बिस्वास दिलाओस तिन्ले घाउ भर्छ  नै भन्ने । (फेरि पछि...) सुभ समय... बाई

SimpLe_KeTa · Jun 2, 2010 3:34 AM

The message of poem is very profound.

Lahari · Jun 2, 2010 4:25 AM

dhere dhere ramro ko karamkaryo ho.

synonet · Jun 13, 2010 9:08 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all