कविता-मेरो यू के, मेरो व्यथा धन कमाउने सपना बोकेर पढ्ने बहानाले लन्डन आएँ, खै, कसरी भनौं हजुर ! दुनियाँका छोराले नपाएको दुःख पाएँ । राम्रो कामको त कुरै छाडौं, भाँडा माँझ्ने र सरसफाई गर्ने काम पनि पा छैन, भनौं भने शरम लाग्छ हजुर, कत्ति दिनदेखि त भरपेट पनि खाना खा छैन । ट्राभेल चेक पनि सकियो अब त घरभाडा पनि नेपालबाट नै मगाउँदै छु, मनको व्यथा कसलाई पोखौं हजुर, रातदिन आँखाबाट आँशु बगाउँदै छु । अब त बसौं भने पनि कुनै उपाए छैन, वाध्य भएर फर्किनै पर्ने भएको छ, नत विद्या, नत धन नै आर्जन गरियो, अब त जिन्दगी नै भीरको चिन्डो भएको छ । खै, के गरायो यो लण्डनले पनि ! न त मर्नु, न त बाँच्नु, दोधारमै पारिदियो, बल्ल तल्ल बसेको मायाको डोरो पनि, अब त आकाश र पातालझैँ पारिदियो । बल्ल तल्ल बसेको मायाको डोरो पनि, अब त आकाश र पातालझैँ पारिदियो।। -नरेन्द्र बस्नेत,
bbipinn · May 26, 2010 3:43 PM · 19,028 views
लण्डन मा दु:ख पाये ,अमेरिका आउनु | येतै बस्नु , यतै पढ्नु येतै रमाउनु | सानो तिनो काम पाईन्छ ,धेरै न् आत्तिनु | सेटल भैसके पछी बरु ,ज्यादा न् मात्तिनु | भिसा लाग्न गाह्रो छैन , सोध पुछ गर्नु | अन्लाइन मा बिस्श्वास गर्नु ,भर(अरुको ) न् पर्नु |
prabhat41 · May 27, 2010 10:03 AM
नरेन्द्र बस्नेत जि राख्नुश साश हुन्जेल आश जिँदगी बाँचे मात्र देखिन्छ नभुल्नुश सपनाको बास । -------------------------------------------------------------------------------- odour n odour [ˈəudə] a smell (usually particularly good or bad) the sweet odour of roses. गन्ध, बास ----------------------------------------------------------
SimpLe_KeTa · May 27, 2010 12:28 PM
malai ta bro ko kabita sarai chitta bujhyo..ek deu ota poem le ta ma uk chadera us tirai auchu hola..
peacecountry · May 28, 2010 10:24 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion