किस खाने थुनामा बुधवार, 26 में 2010 19:48 नागरिक अजित तिवारी, विराटनगर, जेठ १२- उपचार गराउन आएकी एक किशोरीलाई अस्पतालमै किस खाने विराटनगरस्थित कोशी नर्सिङहोमका एक स्वास्थ्यकर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। घाँटीको उपचार गराउन आएकी १७ वर्षिया युवतीलाई एक्सरे कोठामा स्वास्थ्यकर्मी विष्णुप्रसाद शर्माले किस (चुम्बन) गरेपछि प्रहरीले पक्राउ गरेको हो। [ झापा झिलझिलेकी ती युवतीलाई एक्सरे कोठामा स्वास्थ्यकर्मी शर्माले जबर्जस्ती किस गरेपछि विवाद बढेको थियो। मोरङ प्रहरीका अनुसार किस गरेपछि युवतीले हो-हल्ला गरेको र केहीबेर नर्सिङ होमको स्थिति अप्रियसमेत बनेको थियो। नर्सिङ होममै स्वास्थ्यकर्मीबाट दुर्व्यवहार पाएकी ती युवती बुधबारै घर फर्केकी प्रहरीले जनाएको छ। विवादपश्चात शर्मालाई मोरङ प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि म्याद थपेको जनाएको छ। घटना सम्बन्धमा कोशी नर्सिङ होमको प्रतिक्रिया आउन बाँकी छ। नर्सिङ होमका सञ्चालक डा.मदन कोइरालालाई मोवाइलमा सम्पर्क गर्दा फोन उठेन। Last edited: 26-May-10 01:56 PM
kukur · May 26, 2010 1:55 PM · 4,917 views
It is sexual assault.
syanjali · May 26, 2010 10:58 PM
yes sir.
kukur · May 27, 2010 12:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion