फेसबुक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कलेजको प्रोजेक्टको काम सक्नु थियो उस्को ! रिपोर्ट्को लागि केही रेफ्रेन्स पाईन्छ कि भनेर साइबर क्याफेमा छिरेकी थिई उ त्यसदिन । फेसबुक भनेपछी अरु साथीहरु जस्तो तेत्ती सारो अडिक्टेड त थियिन तर पनि बेलामौका मा कहिलेकही चलाउने गर्थी । www.facebook.com मोजिल्लाको अड्रेस बार मा तेत्ती के टाईप गरेकी थिई ,  अर्कै मान्छे को फेसबुक प्रोफाइल उस्का अगाडि खुल्यो ।  मुसुक्क हसेर उभिएको एउटा निकै ह्यान्ड्सम युवकको प्रोफाइल पिक्चर देख्दा एकछिन  त उ अक्कबक्क परी । "अभय" नाम पनि राम्रो लाग्यो । ढाँटेको होइन भने उमेर पनि उस्को भन्दा दुई बर्ष मात्र बढी   ! पहिलो चोटि तस्वीरमा देखेको अपरिचितको सबै कुरा  एकदम मन्पर्‍यो उस्लाई ।  केही कुरा सोचेर मुसुक्क हांसी, अभय कै एकाउन्ट बाट आफ्नु नाम सर्च गरी अनि "add as Friend" म क्लिक गरी । त्यस्पछी उस्को एकाउन्ट बाट साइन आउट गरी, आफ्नु मा लग इन गरी, अनी "अभय" को फ्रेन्ड रिक्वेस्ट लाई "कन्फोर्म" गरी । प्रोजेक्ट, रिपोर्ट, रेफ्रेन्सेस को कुनै ध्याउन्न थिएन उस्लाई शायद बिर्सिसकी थिइ शायद ति कुरा । उस्को दिमागमा अब केबल अभय थियो अनि मनमा अभय लाई अझ जान्ने इक्ष्या !!      बेलुका घर पुग्ने बित्तिकै फेरी कम्प्युटर खोली उस्ले, साधारणतया घरबाट ईन्टरनेट चलाउने गरेकी थियिन उस्ले, त्यस दिन  ईन्टरनेट पनि क्नेक्ट् गरी, अनी हतार हतार फेसबुक खोलेर अन्लाइन भै । किन किन उस्लाई अभय अन्लाइन हुन्छ जस्तो लागेको थियो र उस्को अनुमान सहि निस्कियो अभय साँच्चै अन्लाइन थियो ।    "Hey! Do we know each other ?" कुरा उसैले सुरु गरी । "Well.." उस्ले पनि रिप्लाइ गर्‍यो ।    "I do not think we do, I have no idea how did I add you in my facebook. I was kind of confused, when I got the notification that you accepted my request" अभयले त्यसरी उदेक मानेको देखेर दँग परी उ, कसैलाई यसरी झुक्याउन पाउँदा निकै रमाइलो लाग्दै  थियो उस्लाई ।   "Wow!  त्यस्तो पनि हुदो रैछ है ?   may be its some kind of bug, अहिले फेसबुकमा कत्ती थरिको बग आ'छन रे भन्थ्यो मेरो साथीहरुले ठिकै रैछ"      निर्दोष  झैं बनेर मन्मनै हाँस्दै भनी उस्ले   ! "खोइ त्यस्तो त नहुनु पर्ने हो " बिचरा अभय साँच्चै निर्दोष थियो   !! "जे होस्, अहिले सम्म नचिनेर के भो त .. अब त चिन्न सकिन्छ नि होइन " आदत अनुसार  नै फर्वार्ड हुँदै भनी उस्ले ।   "yea, sure" उस्ले जवाफ दियो शायद अलि अलि लाज मान्दै ।  "You know my name, right ? I am Alisha, Everest College मा BIT second year पढ्दैछु " "कहाँ बानेश्वोर को एभरेष्ट ? " "Yup" "Oh, त्यहाँ त म आज दिउसो गएको थिएँ  ।  Do you know Shruti ? BBA Third year पढ्ने ? उस्लाई भेट्न " अभय ले यति के भनेको थियो उस्को मन त्यसै  त्यसै चिसो भएर आयो अभयसँग कुरा गर्ने जोश - जाँगर सबै तेस्सै सेलाए जस्तो लाग्यो उस्लाई । "I don't know who she is. Okay then, I got to go. It was nice knowing you" कुराको बिट मार्न खोजी उस्ले ।  "Ok, Hope to meet you again :-), nice meeting you" उस्ले भन्यो ।  अलिशाले फेसबुक, ईन्टरनेट, कम्प्युटर सबै बन्द गरी अनी असाइन्मेन्ट गर्न तिर लागी, श्रुती भन्ने अर्कै केटी को नाम सुने पछि बिरक्तिएकी उस्ले अभयको बारे मा बढी केही सोधिन । मन पनि कस्तो हुदो रैछ कहिले कोही अपरिचित को नाम सुन्दा मक्ख पर्ने कहिले फेरी कुनै अपरिचित को नामैले दिक्क हुने । खासै भन्नु पर्दा त उस्कालागि "अभय" र "श्रुती" दुबै नाम उस्तै हुन अपरिचित, तर "अभय" ले ल्याएको खुशीयालीलाइ "श्रुती" ले आफुसङै लिएर गये जस्तो लाग्यो उस्लाई ।To be continued Last edited: 25-May-10 02:04 PM

cheli · May 25, 2010 1:56 PM · 58,299 views

42 Replies · Showing 41 - 42
Page 3 of 3

dhanyabad.. :)

cheli · Oct 1, 2010 10:10 AM

Awesome writing.. keep it up!!

perika · Oct 1, 2010 11:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all