माधवजी लाई नमस्कार छ जनता ले नचाहे नि, मन नपराए नि, जनताको भाग्य संग खेल्ने अधिकार छ | न बुझ्ने जनता थिएनन्, तिरस्कार नगरेका पनि होइनन दुध मा डुबेको को झीगा झैं फडफढाइ रहेका थिए बिडम्बना, जनता बाट नभई नेता बाटै छानिएर झन् ठुला नेता भए त्येसैले माधवजी लाई नमस्कार छ | चुनाब को कुनै औचित्य छैन प्रजातन्त्र को कुनै ब्याख्या छैन गणन्त्र को कुनै मान्यता नै छैन देश र जनताको कुनै आस्तित्व नै रहेन त्येसैले त माधवजी लाई नमस्कार छ | नेताको लंगौटी धोयो र चम्चा भयो भने, प्रधानमन्त्री सजिलै भईन्छ त्येसैले माधवजी लाई नमस्कार छ | अब म पनि भोलि देखी पार्टीको बेन्च तताउछु ढोके पाले बस्छु, नेता सबै को चाकरी गर्छु चिया र ठर्रा को भरम़ा भइभर को सब्दकोश प्रयोग गर्छु म मा कसै को आँखा परि हाल्छ कि म पनि माधबजी जस्तै प्रधानमन्त्री भै हाल्छुकी म मा कसै को आँखा पर्यो भने म पनि नेपाल लाई अमेरिका बनाई हाल्छु कि केही गर्न सकिन भने नेपालको नाम काटेर इंडिया लेखी दिन्छु उनीहरुको इतिहासम़ा म दाबी गर्छु तब सम्म नेपाल इंडिया भै सकेको हुनेछ अनि मेरो बिरोध कसले गर्न सक्छ मेरो कसैले बिरोध गरेछन भने आर्मी लगाई दिन्छु|
SHIV · May 25, 2010 10:06 AM · 15,029 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion