Interview with paras.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

crazy_boi · May 24, 2010 2:02 AM · 19,968 views

4 Replies

यो गेडे nepalhorizons, weeklynepal whoever.com पारसेको दलाल हो, ठोकेर भन्दिन्छु। दस कक्षा पास(सबलाई तर्साएर) पारसेको बोली हुँदै होइन। मा :चि**हरु पैसो खाएर पारसेको गुलामी गर्छन्। Totally planned, composed and edited several times by some pimp-writer. I am sure, they don't even have the original record of the interview. __________________________follows the text from above link__________ यतिखेर तपाईं मिडियाहरूमा निकै खुल्न थाल्नुभयो नि, यसको विशेष कारण छ कि? – त्यस्तो विशेष कारण केही पनि छैन र निकै खुलेको या खुल्दैनखुलेको भन्ने पनि होइन। वर्तमान परिस्थितिमा देशको राष्ट्रियता, स्वाधीनता सङ्कटमा पर्न लागेको देखिएकोले देशको एक नागरिकको हैसियतले चुपलागी बस्न मन मानेन। त्यसैले म राजनीतिक व्यक्ति नभए पनि एउटा सचेत नेपाली नागरिकको हैसियतले आफ्नो देशप्रतिको दायित्वबोध गरेर जिज्ञासुहरू माझ आफ्नो विवेकअनुरूप केही कुरा राखेको हुँ। मेरो विचारमा राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, शान्ति र विकासका निम्ति प्रत्येक जिम्मेवार व्यक्तिले आफ्नो विचार खुलासा गर्नु जरुरी ठान्दछु। ० सामाजिक सेवा र धार्मिक कार्यक्रमहरूमा तपाइको संलग्नता यतिबेलै किन होला? – तुलनात्मक रूपमा मुलुकमा यतिबेला शान्ति अलिक ज्यादा नै खल्बलिएजस्तो लाग्छ। शान्ति स्थापनाका लागि अन्य प्रयासहरूका अलावा धार्मिक या आध्यात्मिक भावनाले पनि ठूलो भूमिका निर्वाह गर्छ जस्तो मलाई लाग्छ। यही मान्यताबाट प्रेरित भएर धार्मिक कार्यमा सरिक भएको हुँ। हाम्रोजस्तो देशमा त धर्मले विशेष स्थान पाएको छ। कुनै पनि व्यक्ति धर्मबाट अछुत र उपेक्षित छैन। तसर्थ मलाई पनि धर्मप्रति बढी आस्था छ। यसैगरी विकास पनि हाम्रो देशका लागि अपरिहार्य विषय भएकोले सामाजिक सेवाको माध्यमबाट विकास–निर्माणका काममा आफूसक्दो सहभागिता जनाउने अठोट मैले गरेको छु। धार्मिक कार्य भन्नाले यसलाई अलिक व्यापक अर्थमा बुझ्नु आवश्यक छ। जन्मले म हिन्दू हुँ तर मेरो विचारमा सबै धर्मको आ–आफ्नै मर्म र महत्त्व छ। कसैले पनि अर्को धर्म वा धर्मावलम्बीप्रति चोट पुर्या उने काम गर्नुहुँदैन। 'कुण्ड–कुण्ड पानी मुण्ड–मुण्ड बुद्धि' भनेझैँ आ–आफ्नो विवेकअनुसार व्यवहार गर्न दिनुपर्छ। छुत–अछुत गरेर समाजमा वैमनश्य र वितृष्णा फैलाउन हुँदैन। ० समाजसेवा आत्मसन्तुष्टिका लागि कि यसमा कुनै राजनीतिक उद्देश्य पनि लुकेको छ? – राजनीतिबाट म पूरै अलग छु। मेरो उद्देश्य राजनीति नभएर देशमा शान्ति र विकास कायम गर्नु हो। यस्तो कार्यले स्वाभाविक रूपमा आत्मसन्तुष्टि पनि प्रदान गर्छ नै। ० तपाईंले हाल दर्शाउनुभएको सक्रियता राजसंस्था फर्काउने कसरतको प्रारम्भिक रूप हो भन्ने आक्षेप पनि लागेको छ नि? – राजसंस्था फर्काउने–नफर्काउने भन्ने कुरा मेरो व्यक्तिगत या मेरो परिवारको प्रयासबाट मात्र हुने कुरा होइन। मैले अहिले सामाजिक कार्यमा हात हालेँ भन्दैमा अनर्थ नलागोस्। जनस्तरबाट राजसंस्था आवश्यक ठानिए त्यो सम्भव हुन सक्छ। जनता जनार्दन हुन्, रैती होइनन्। हालका राजनीतिक पार्टी र नेताहरूले जनतालाई रैती बनाउन थालेको भान हुन्छ। यस्तो प्रवृत्तिले बढावा पाउनुहुँदैन भन्ने मेरो मान्यता छ। ० विश्वका कतिपय मुलुकमा राजसंस्था पुनर्स्थापन भएका उदाहरण पनि छन्, नेपालमा त्यो सम्भावना छ जस्तो लाग्छ? – मैले भनिहालेँ– यो मैले भन्ने कुरो होइन। तर, जनताले चाहे जे पनि हुन सक्छ। यसको ज्वलन्त उदाहरणका रूपमा कम्बोडियालाई हेर्न सकिन्छ। जनस्तरबाटै आएको लहरले त्यहाँ राजसंस्था पुनर्स्थापन गरेको हो। ० राजसंस्था पुनर्स्थापन हुनुपर्छ कि पर्दैन, व्यक्तिगत रूपमा के लाग्छ तपाईंलाई? – यो शब्दसँग सम्बन्धित व्यक्ति हुनाले यस विषयमा मैले कमेन्ट गर्नु उपयुक्त नठहरिएला। यो सवाल जनस्तरमा लैजाँदा उपयुक्त होला। ० राजसंस्था पुनर्स्थापन हुनुपर्छ भन्ने आवाज जनस्तरबाट पनि उठ्न थालेको छ, कस्तो लाग्छ? – जनस्तरबाट यो आवाज आउनुको तात्पर्य के होला भने, २ सय ४० वर्ष शासन गरेको संस्थाले अन्तिम अवस्थामा देश र जनताको मर्म बुझी राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामा कसैले आँच नपुर्या४ओस्, शान्ति र विकास नगुमोस्/नखल्बलियोस्, कसैको हस्तक्षेप नहोस् भन्ने सदिच्छाले मेरा बुबाले सहज र सरल ढङ्गबाट गद्दी त्याग गरिबक्सेको दुनियाँ जान्दछ। यो विश्वकै अनुपम उदाहरण पनि हो। राजसंस्थाले यस्तो त्याग पहिले पनि दर्शाएकै हो। ००७ सालको घटनालाई त्यस रूपमा लिन सकिन्छ। त्यसबेला देश र जनताकै निम्ति राजगद्दी त्याग्ने जोखिम मोलेको थियो नेपालको राजसंस्थाले। पछि जनताले नै पुनः स्थापित गराएका हुन्। हाल आएर राजनीतिक दलहरूमा खिचातानी, द्वन्द्व र पदलोलुपता, जनताप्रति गैरजिम्मेवारीपन, शुभलाभबाट प्रेरित हुने प्रवृत्ति बढेको र राजनीतिक नेताहरू रातारात नवधनाड्य बनेको जनताले देखे। राजसंस्था यस्ता कुरामा सचेत थियो, यस्ता विकृतिबाट अछुत थियो। हाल जनताले यो मूल्याङ्कन गरे र राजसंस्था पुनर्स्थापित होस् भनेर यस्तो आवाज उठाउन थालेका पो हुन् कि? ० हिन्दू धार्मिक समुदाय र राजसंस्थालाई जोडेर कतिपयले दुष्प्रचार गर्नुको तात्पर्यचाहिँ के होला? – यहाँ यस्ता तत्त्व पनि छन् जो अर्काको नाम गलत नियतले भजाएर स्वार्थसिद्ध गर्छन्। उनीहरूले एउटा 'स्पेस' राखेर खेलेका हुन्छन्, जसले सम्बन्धित व्यक्तिहरूबीच प्रत्यक्ष अन्तरक्रिया हुनबाट वञ्चित पारेर आफ्ना क्रियाकलापहरू सञ्चालन गरिराखेका छन्। धर्मको नाममा पनि हामीलाई मुछेर ती तत्त्वहरूले नाजायज फाइदा उठाइरहेको छ। त्यसमा आमजनता आफैं पनि सजग हुनुपर्छ। ० कट्टर हिन्दुवादीहरूलाई उचालेर राजसंस्थाको पक्षमा प्रयोग गर्न खोजिएको भन्ने कुरा मिथ्या आरोप मात्र हो त? – वास्तविकता यही नै हो। यसको ज्वलन्त उदाहरण हालै वीरगञ्जमा घटेको घटनालाई पनि लिन सकिन्छ भन्ने मलाई लाग्छ। ० जनताले राजा बनाउन चाहे पनि आफू नबन्ने भनी तपाईंले भन्नुभएको प्रचारमा आयो नि, यो के हो? – म व्यक्तिगत रूपमा राजा बन्न चाहन्न। जनताले राजसंस्था पुनर्स्थापन गरे पनि बीसौँ होइन अब बाइसौँ शताब्दीअनुकूल हुनेगरी हुनुपर्छ। मेरो इच्छा त यस्तो छ कि साइकल चढेर असन–इन्द्रचोकतिर किनमेल गर्न जाऊँ, न्युरोडतिर टहलिँदै गएर चिया पिउन पाऊँ। अगाडि–पछाडि साइरन बजाएर जनतालाई असुविधा पुर्याकउँदै तामझाम देखाउने कुनै सोख छैन मलाई। ० युवराज भएर रहँदा र सामान्य नागरिक हुँदा कुनमा सजिलो अनुभूति गर्नुभएको छ? – मलाई यतिखेर धेरै आनन्द अनुभूति भइरहेको छ। धेरै कुरा प्रत्यक्ष रूपमा जान्ने–बुझ्ने अवसर पनि पाइरहेको छु, जो अत्यन्त महत्त्वपूर्ण छ। हिजो हामीलाई गुमराहमा राखिएको रहेछ। जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन नसक्दा जनताको वास्तविक अवस्था वा मर्म बुझ्न नसकिँदो रहेछ, वरपरकाहरूले गुमराहमा राखी व्यक्तिगत स्वार्थ सिद्ध गर्दा रहेछन्। त्यस्ताहरूले आफैं सर्वज्ञाता भएर काम गर्दा राजसंस्थालाई हानि हुने काम गरे। तसर्थ म आजका नेताजनलाई सुझाव दिन चाहन्छु, सीमित घेराभित्र बसेर कुनै निर्णय नलिनुहोस्। तलका जनताको अवस्था र मर्म बुझेर मात्र महत्त्वपूर्ण निर्णयहरू लिँदा देश र जनताका साथै दल र नेताहरूलाई पनि राम्रो हुन्छ। ० राजसंस्थाले बिदा पाउनुमा तपाईंको व्यक्तिगत कमी–कमजोरीले पनि भूमिका निर्वाह गरेको कुरा गर्नेहरूलाई के भन्नुहुन्छ? – मैले के त्यस्तो गम्भीर भूल गरेँ जसका कारण राजसंस्था नै विस्थापित हुनुपर्यो ? मैलेभन्दा पनि ठूला–ठूला गल्ती गर्नेहरू आज सडकमा खुलेआम छाती फुकाएर हिँडेका छन्। काठमाडौंका डनहरूले के–के गरे र तिनलाई कसले संरक्षण गरे? यो कुरा मैले पनि पत्रपत्रिकामा पढेको छु, तपाईंहरूले पनि बुझ्नुभएकै होला। त्यस अर्थमा मैले गरेका गल्तीलाई मात्र मध्यनजर गर्नुमा दुराशय लुकेको छ। तिललाई पहाड बनाएर मिडियामा प्रचारप्रसार गर्ने काम मेरो हकमा भयो। कहाँबाट किन, कसरी र कसले यस्तो गर्योप, यो खोजीनिती गर्ने दायित्व तपाईंहरूको पनि हो। कागले कान लग्यो भनेर कसैले भन्दैमा हामीहरू आफ्नो कान नै नछामी कागतर्फ दौडियौँ कि। ० आफ्नै कमी–कमजोरी औंल्याउनुपर्यो भने मुख्यगरी कुन कुरा औंल्याउनुहुन्छ तपाईं? – म कुनै भगवान् होइन, मानिस नै हुँ। मानिस भएपछि केही गल्ती–कमजोरी पनि हुन सक्छन्, मबाट पनि भए होलान्। तर, मेरा गल्ती वा सानातिना मानवीय कमजोरीलाई नियोजित रूपमा ठूल्ठूलो अपराध बनाएर प्रचार गर्ने काम गरियो। एउटा मानिसलाई दानवका रूपमा प्रस्तुत गर्ने दुष्कर्म गरियो जस्तो लाग्छ मलाई। मेरा कमी–कमजोरी देश र जनताका लागि हानि पुर्यानउने कोटिका थिए जस्तो लाग्दैन। अर्को महत्त्वपूर्ण तथ्य के पनि हो भने, मलाई भविष्यमा युवराजधिराज या राजा बनाइने गरी त्यसअनुरूपको माहोलमा हुर्काइएको थिएन, राजकाज गर्नका लागि आवश्यक तालिम दिइएको थिएन, किनकि म युवराजधिराज या राजा बन्ने रोलमै थिइनँ। मेरो कुनै चाहना र सोच हुने कुरा पनि भएन। यसर्थ म दरबारको सदस्य भए पनि आमजनताजस्तै भएर हिँडेँ। त्यसक्रममा मेरा केही साथीहरूले व्यक्तिगत स्वार्थ सिद्धिका निम्ति मेरो नाम भजाएर विभिन्न निकायबाट फाइदा उठाए होलान्। त्यसै क्रममा मलाई ड्रिङ्स गराउने, डिस्को जान अफर गर्ने काम गरियो होला। मेरो इच्छाभन्दा पनि लहैलहैमा लागेर यी उमेरजन्य कमी–कमजोरी भए, जोप्रति म प्रायश्चित गर्न हिच्किचाउँदिनँ। ० राजसंस्था नरहेको अवस्थामा देश अशान्त देखियो भनिन्छ नि, के भन्नुहुन्छ? – यसको जवाफ दिइसकेकै छु। वास्तविक रूपमा जिम्मेवार नेताहरू पद र पैसाकै मात्र प्यासी भएकाले यस्तो अवस्था आएको हुन सक्छ। जनता र मुलुकका निम्ति केही नगर्ने तर जनताकै नाममा लुटी खाने, जनभावनाको कदर गरी त्यसलाई व्यवहारमा उतार्नुको साटो उनीहरूको शोषण गर्ने गरेकोले यस्तो भएको हुनुपर्छ। ० तपाईं गत १५ गते वीरगञ्ज जानुभयो, भव्य स्वागत पनि भएको देखियो। तर, 145सुरक्षाका दृष्टिले वीरगञ्ज आउनु ठीक छैन146 भनेर अघिल्लो दिन त्यहाँ आफूलाई राजावादी भन्नेहरूले नै माइकिङ गरेका थिए। यसरी भ्रमण रोक्ने कोसिस कसबाट किन भयो होला? – यस्तो भएको मैले पनि थाहा पाएँ। अघि मैले व्यक्त गरेका तत्त्वहरूले नै यसो गरे होलान्। किन गरे भन्ने सवालमा पनि मैले अघि नै भनिसकेको छु। वास्तवमा मैले त त्यहाँ सर्वसाधारण जनताले मलाई निकै माया र स्नेह प्रदान गरेको अनुभूति गरेँ। मलाई तकलिफ पर्दा उहाँहरूले नै बोझ उठाउनुभयो। हृदयदेखिको प्रेममा मात्र त्यस्तो गरिन्छ। यथार्थ त्यस्तो हुँदाहुँदै सुरक्षालगायतका सवाल उठाएर किन मेरो वीरगञ्ज–यात्रा रोक्न खोजिएको हो? के–कस्तो स्वार्थले त्यसो गरेका हुन्– अझै बुझ्न सकिन्छ। ० अन्तमा, भावी जीवन कसरी बिताउने योजना छ तपाईंको?  म समाजसेवा र धर्मकर्ममै सीमित रहन चाहन्छु। यसबाहेक त भविष्य या परिस्थितिले नै निर्धारण गर्ला, म के भन्न सक्छु र?

tapariwan · May 24, 2010 1:09 PM

Impressive article.  I could choose him for any politician we ever had. I totally buy into what he said about....  * Cycling to Asan, Indrachowk as a normal citizen to buy vegetables. * Yes, indeed. King Gyanendra's peaceful departure from the Royal palace hoping to bring peace and prosperity for UNITED Nepal, was unheard of. Yes I hated him for lot of things he did while in power. But now he totally sound matured, thoughtful, and could unite Nepal.  He is way better than murderer Communist (Maoist) [give me a break! Communism in this age?], and other gutless politician. Bring back King!  I miss saying, "Himalayan Kingdom," and only Hindu Kingdom in the entire universe.

arryan · Jun 6, 2010 1:05 PM

नेपाललाई कुरा भन्दा काम गर्नेको खाचो छ

pc30 · Jun 6, 2010 2:08 PM

नियम मिचे पारसले कास्की, जेष्ठ १९ - विदेशी साथीसँग पोखरा आएका पूर्वयुवराज पारस शाहले विमानस्थलमा ट्राफिक नियम उल्लंघन गर्दै जथाभावी सवारी चलाएका छन् । यसअघि विशिष्ट व्यक्तिको सवारी विमानस्थलको भित्री गेटमै रोकेर भीआईपी कक्ष हुँदै पैदल जाने नियम तोड्दै उनले विमान पार्किङ गरिने 'एप्रोन' क्षेत्रसम्म गाडी लिएर गए । काठमाडौं र्फकने क्रममा सोमबार अपराह्न उनी जथाभावी सवारी हाँकेर पोखरा विमानस्थल पुगेका हुन् । पारसले विमानस्थलमा रहेको एकतर्फी प्रवेशद्वारको नियम मिचेर विपरीत दिशाबाट आफैंले चलाएको वा५च ८९७९ नम्बरको गाडी छिराएका थिए । विमानस्थलमा एकातिरबाट पस्ने मात्रै र अर्कोतिरबाट निस्कनका लागि मात्रै भित्रबाहिर लेखेर ट्राफिक व्यवस्थापन गरिएको छ । बाहिर निस्कने ढोकाबाट भित्र मात्र उनी पसेनन् विमानस्थलको संवेदनशील 'एप्रोन' कक्षमा कसैको पनि प्रवेश नगराउन सधैं बन्द रहने फलामे ढोकाबाट पनि उनी गाडी नै चलाएर भित्र छिरेका थिए । हेलिकोप्टरबाट केवल दुई मिटरको दूरीमा पुर्‍याएर उनले गाडी रोकेका थिए । उनको पछिपछि स्कर्टिङ शैलीमा गएको ना१झ ७८५ सम्मको गाडी पनि सँगै 'एप्रोन' कक्षमै पुगेको थियो । सवारी साधन त्यसरी भित्रसम्म पुगेकोबारे विमानस्थल प्रमुख नरेन्द्र थापाले अनविज्ञता प्रकट गरे । 'यसअघि भित्रैसम्म सवारी पुगेको थिएन, संवेदनशील क्षेत्रमा मोटर लैजाँदा यात्रु तथा जहाजलाई बाधा त निश्चितै पुग्छ ।' 'प्राधिकरणको यसअघिको परम्परा र नियम भ्वाइलेन्ट भएको देखिन्छ,' थापाले कान्तिपुरसँग भने, 'यसबारेमा धेरै टिप्पणी नगरौं, सुरक्षा निकायले समन्वय गरी काम गरेको होला ।' उक्त ढोकाबाट कहिलेकाहीं बिरामी पठाउन एम्बुलेन्स भित्र छिराउन पनि निकै प्रक्रिया पुर्‍याउनुपर्ने र समय लाग्ने गरेको थियो । सुरक्षा, प्राधिकरणका कर्मचारी सबैको निर्णय भएपछि मात्र उक्त फलामे ढोका खुल्ने गरेकोमा पारसका लागि निर्वाध खुला गरिएको थियो । सुरक्षाका लागि भित्र छिर्ने प्रवेशद्वारमा बसेका प्रहरी पारसको मोटर विपरीत दिशाबाट पसेपछि अल्मलिँदै दौडिएका थिए । पोखरा विमानस्थलमा जुनसुकै विशिष्ट व्यक्ति आउँदासमेत सडकबाट विमानस्थल क्षेत्रमा प्रवेश गरेपछि भित्री गेटतर्फ नगई विशिष्ट कक्षबाट पैदलै हवाई यात्रा गर्ने प्रावधान छ । विशिष्ट व्यक्तित्वभन्दा पनि भित्र गएर सामान्य नागरिक भइसकेका पूर्वयुवराज शाहले राजतन्त्रको झझल्को दिएको उनको सवारी देखेका प्रत्यक्षदर्शीले टिप्पणी गरे । आइतबार आएका उनी यहाँको फिस्टेल लजमा बसेर फर्किएका थिए । छोराछोरीसहित सिंगापुर बस्दै आएका उनी चिनियाँ साथीसँग आएका थिए । उनीसँगै आएका केही साथीहरू हवाईजहाजबाट फर्के पनि उनी भने हेलिकोप्टरमै आउने जाने गरेका थिए । सराङकोट घुमेका उनले अधिकांश समय होटलकै कोठाभित्र बिताएका थिए । source: http://www.ekantipur.com/np/20...

atomic · Jun 6, 2010 2:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all