भाग-१ घामको किरणहरु मधुरो हुँदै गैरहेको थियो, तर त्यो सानो काठको झ्याल अझै अध्याँरो कोठामा केहि प्रकाश छर्ने कोशिशमा थियो। कोठामा केहि सामान थिएन, केहि थोत्रो गुन्द्रिहरुमा लगभग ५-६ छायाँहरु खुसुरफुसुर कुरा गर्थे। उनिहरु बेला बेलामा उहि सानो काठको झ्यालतिर नजर पुर्याउथेँ। साना नानीहरु बयस्कहरुको कुरा ध्यान दिएर सुन्दै थिए, तर उनिहरुलाइ बोल्ने अनुमति दिइएको थिएन। इस्माइल आफ्नो लामो दारीलाइ सहलाउदैँ बेला बेलामा खुइय सुस्केरा हाल्थे। अलिक पर बसेकि उसकी जहान जारा लोग्नेको सुस्केरा सङै आफ्नो आँखाको आँसु पुच्छ्दै बस्थिन्। शमा सबै भन्दा ठुली छोरी थी, उ भाइ बहिनीहरुलाइ भुलाउने कोशिश गर्दै थी। शमा ११, शायरा ९, शमिना ७ र सबै भन्दा कान्छो भाइ इकबाल भर्खर ५ बर्षको थियो। शमा केहि बुझिरहेकी थिइन तर कुनै ठुलो समस्या आइपुगेको कुरा आमा र बुबाको अनुहारमा देखिएको भावहरु बाट प्रस्टै देख्थी। भाइ बहिनीहरु उसलाइ सोधिरहन्थे, तर उ केहि अड्कल काट्न सकिरहेकी थिइन। अस्तिको हप्ता मात्र उनिहरु पुरानो गाँउबाट नयाँ बस्तीमा आएका थिए। एक हप्तामा उनिहरुको पकाउने भाँडाकुडा पनि जोर्न सकिएको थिएन, फेरि अरु कुनै टाढा बस्तीमा सर्नु पर्ने बाध्यता आइ परेको थियो। बिहान बजारबाट इस्माइलले किनेर ल्याएको केहि सुख्खा रोटीहरु पानिसङै निल्दै शायरा, शमिना र इकबाल उँघ्न थाले, शमा सोच्न थाली। आमा र बुबाले उसलाइ केहि नभने पनि उसले आउने दिनहरु जटिल छन् भन्ने कुरा अनुमान गरी। यसपालीको अफिम खेती पुलिसहरुले नाश नगरेको भए, उनिहरु पुरानै गाँउमा आफ्ना साथीहरुसङ खेलिरहेका हुन्थे। अफिमको फूल फुलेर पनि चोप निक्लने बेला भैसकेको थियो। त्यो चोप सबै जम्मा गरेर बेचेपछि इसमाइलले केहि पैसा जोर्ने योजना थियो। तर लगभग अफिममा सारा पसिना र मेहनत लगाएपछि कुनचाहि दुश्मनले सरकारलाइ उजुरी दिएको थियो। त्यसको लगत्तै आधारातमा दुइ जीप सिपाहीहरु आएर सारा अफिम नष्ट गरिदियो। इसमाइललाइ तिन रात थुन्यो तर उ बाट एक पैसा नि नझर्ने देखेपछि बेसरी पिटेर अर्ध बेहोश भएपछि मर्ला भन्ने डरले कतै अनकन्टार ठाँउमा फालेका थिए। इस्माइल होश खुलेपछि आफै घिस्रिदै लत्रिदै आफ्नो घर फर्क्यो र भोलिपल्टै बिहानै हुनु अगाबै सबै परिवारलाइ लिएर अर्को कुनै अन्जान बस्तीतिर हिँड्यो। "अब त भाग्न सकिएला जस्तो छैन!" इसमाइलको कुरा सुनेर शमाको मनको शंका साँचो हुन लाग्यो। उसले कान थापेर सुनी, उसकी आमा जारा बिस्तारै सुँक्क सुँक्क गरीरहेकी थी। "नसीम र जाबेद यही बस्तीमा आइपुगेका छन्। उनिहरुले हामीलाइ नैँ खोज्दैछन्। बिहानै मैले तिनीहरुलाइ चिया दोकानमा देखेँ। उनिहरुले मलाइ देखे कि देखेनन् थाहा भएन। तर तिनीहरु कुनै पनि बेला यहा आउन सक्छन्। उनिहरु कुकुर भन्दा नि तेज छन्, सुँघ्दै सुँघ्दै भोली बिहानै यही आइपुग्न बेर छैन। के गर्ने होला??" इसमाइल चिन्तित थियो। "तिनीहरुले त्यसै छोड्दैनन्! हजारौँ रुपैयाको मामला छ। अरु जे जस्तो दुख भोग्नु परेनि यी बच्चाहरु निर्दोष छन्, यिनिहरुको गल्ती भनेको गरीब परिवारमा जन्मनु हो। यीनीहरुलाइ लिएर तिमी यहाँबाट भाग। म उनिहरुसङ कुरा गरेर आँउछु, बाँचिएछ भने तिमीहरुलाइ जरुर भेट्छु, मरे भने अल्लाहको नाममा मेरो आत्माको शान्तिको कामना गर्नु।" बुबाको त्यस्तो निराश कुरा सुनेर शमा डराइ। "त्यसरी हिम्मत हार्नु हुदैन, मरे नि बाँचे नि हामी तपाइसङै हुन्छौ!। म तपाइलाइ एक्लै यहाँ छोड्न सक्दिन। म एक्ली आइमाइ यीनिहरुलाइ लिएर कता जाँउ, के गरौँ?"" शमाले आमाको स्वर सुनी। आमाको कुरा सही लाग्यो उसलाइ। बाबालाइ एक्लै छोडेर कहिँ जान सकिन्न। बाबा उनिहरुको आकाश, जता गए पनि उनिहरुलाइ आकाशको ओत चाहिन्छ। "त्यत्रो पैसाको रिण लिएका छौँ, अफिम खेतिको लागि। अब त मरे पनि छोड्दैनन् तिनिहरुले, नर्क मै पनि पछ्याउन सक्छन्। तिर्नु त पर्ने हो, तर एक पैसा कमाउने बाटो छैन। उनिहरु आफ्नो पैसा उसुल नगरी छोड्दैनन्। मलाइ कमारो बनाए पनि केहि छैन, तर यी बच्चाहरुले अरु दुख पाउनु हुदैन। जारा, तिमी मैले भनेको मान। शमा बुझ्ने भैसकी, तिमीलाइ काममा मद्दत गर्छे, र भाइ बहिनी पनि राम्ररी हेरचाह गर्छे। तिमीहरु जाउ कतै टाढा। जहाँ यी कुकुरहरु पिछा गर्न नसकुन।" इस्माइल जारालाइ बराबर उही कुरा सुनाइरहेको थियो। शमालाइ बुबा आमाको कुरामा केहि भन्न मन लागेको थियो। तर सानो मान्छेले ठुलो मान्छेको कुरामा केहि बोल्नु हुँदैन जस्तो लाग्यो उसलाइ। तर पनि बाबालाइ छोडेर आमासङ जाने कुरा उसलाइ पनि चित्त बुझेन। धेरै बेर सोचेपछि उसले आफ्नो बाबासङ सोधी। "बाबा, हामी सबै यहाँ भन्दा टाढा कुनै गाँउमा जान सक्दैनौ? जहाँ नसीम र जाबेदले हामीलाइ खोज्न सक्दैन। आज एक रात त बितोस्, भोलि झिसमिसेमा हामी यो ठाँउ छोडौला नि। हुन्न र बाबा?" शमाले डराउदै आफ्नो मनको कुरा भनी इसमाइललाइ। "हामी कहिँ लुक्न सक्दैनौ शमा! उनिहरुले हामीलाइ जमिनमुनि पनि भेट्टाउछन्। गरीबहरुको रगत पिएर बाँच्छन र हामीजस्तो गरीबहरुलाइ सकेसम्म निचोर्छन् उनिहरु। छोरी, तिमी आमा र भाइ बहिनीहरुलाइ लिएर जाउ।" इसमाइल शमालाइ पनि त्यही कुरा बुझाउन चाहन्थ्यो। बाबाको कुरा सुनेर शमा एकछिन स्तब्ध भइ। गरीबी उनिहरुको लाचारी हो, तर बाबाबिनाको जीवन झन ठुलो अभाव हो सहाराको। बाबा उनिहरुको जिबनको हिम्मत, आशा, छाहारी, उर्जा हो। बाबा बिना उनिहरुको जिवन अधुरो छ, अपुरो हुन्छ। ढोकाबाहिर केहि पदचापहरुको आवाज आयो, बाबा, आमा र छोरी तिनै जनाको स्वास फुल्न थाल्यो, मुटु धड्किन थाल्यो। उनिहरुको मुखबाट केहि शब्द निस्किएन। तिन जना साना नानीहरु निद्रामा मस्त सपना देखिएरहेका थिए। नभन्दै कसैले बाहिरबाट ढोकामा "ढक, ढक" गर्न थाल्यो। इसमाइल, जारा र शमा चुपचाप केहि नसुने झैं गरी बसे। "इसमाइल! ढोका खोल।" बाहिर बाट एउटा रुखो धोद्रो आवाज आयो। जारा डरले थरथर काम्न थाली, शमाले जाराको हात दरो गरेर समाइ, र कानैमा " आमा नरुनु है!" भनेर सम्झाइ रही। "इसमाइल! हामीलाइ थाहा छ तिमी यही लुकेको छौ, ढोका खोल।" बाहिरबाट फेरि उही आवाज आयो। जाराको हिक्काहरु छुट्न थाले, शमा आमालाइ अङालेर आफ्नो आँशु पुछ्न थाली। इसमाइल ढोकातिर एक्नासले हेरिरह्यो। क्रमश:
crazy_love · May 21, 2010 2:34 PM · 46,535 views
लहरे, यो कथा अफगानी गरीब परिवारहरुको बास्तबिक जिबनमा आधारित छ, जो अफिम खेति गर्छन्। बिस्टे, धन्यबाद! यो म कसौडीमा पकाउनु अघि के के गर्नु पर्छ भनेर रेकिपी खोज्दैछु। पुरे चा, कहिले देखि तोते बोली शुरु भाको हो? राहुल्दाइले जे भने पनि म त दङै पर्छु। urs_kali, कसको कलि पर्नु भयो, मैले नमसकार गरे है। नक्कलि केटि, रोमान्टिक कथा पछि लेख्छु नि हुन्छ, यो अलि भिन्दै जस्तो छ। त्यो बेहुली भन्ने गित त राम्रो छ है, म अहिले त्यही गाउदैछु। सोमे, तिमी हरायौ भनेर चिन्ता लागेको थियो, आएछु खुशी लाग्यो। अबदेखि धेरै लाहुर नजाउ है। फुच्चे, तिमीले त क्या खतरा कुरा गर्यौ बा। हैन केटिहरुलाइ किन त्यस्तो जटिल बनाको भन्या। मलाइ त उनिहरु जस्तो सरल र संबेदनशील कोहि हुन्नन जस्तो लाग्छ। सुफल, अनि हालखबर के छ त? रामे, ल, यो आँगनमा स्वागत गरेँ। रिट्ठेको टाइम त आर्मीको भन्दा नि कडा जस्तो छ। ओइ, रिट्ठे तिमीले नेपालीमा कि उर्दुमा "मास्साला" भन्या। उर्दुमा भए ठिकै छ नेपालीमा त नराम्रो पो भन्या जस्तो हुन्छ बुझ्यौ? ओहो, हाकु मै कति राम्री देख्या कालो पोटासीमा। मुस्काँउदा त झन राम्री देख्दी रैछौ। ल है, राम्री भएर नहिँड्नु आँखा लाग्ला अरुको। चेली, बिशिस्ट कमेन्टको लागि बिशिस्ट धन्यबाद! कथालाइ अघि बढाउने क्रममा छु। लेख्न सके भने आउदैछ अर्को भाग।
crazy_love · May 27, 2010 9:14 AM
क्रजी_लभ, मेरो हालखबर त राम्रो छ! मलाई तिम्रा कथाहरुका बिषय बस्तुहरु एकदम नै मन पर्छन । तिम्रो शुभचिन्तकको हिसाबले अझ बडी रोचक कृतिहरु हामीहरुको माझ पस्किदै जाउ यही नै मेरो शुभकामना।
Sufal · May 27, 2010 9:22 AM
पग्ली: दोस्रो भाग नि उत्तिकै रोचक छ्, काँ लगेर रोक्या होला टक्क..लेखीसकेर नि के शुक्रबार कुर्या होला रिलिज गर्न, आजै राख्दे के जान्छ तिम्रो?
बिस्टे · May 27, 2010 12:16 PM
Its a nice read!! Liked the story and waiting for the next part.
sahitya · May 27, 2010 6:45 PM
साहिँली यो त घोर अन्याय भयो !!!!हुन त यो मैले तिमीलाई पर्सनल म्यासेजको रुपमा पठाउनु पर्ने हो तर पनि मैले यसैमा लेख्दैछु !!! कथाको धर्म हो पाठकहरुलाई वाँधेर राख्नुपर्ने यसले कसेको छ पढेर हैन क्रमश: किन यति चाँडो भन्ने तर पनि जहाँ सम्म मलाई लाग्छ तिमीले यति मात्र लेखेर भोली लेख्छु भनेर यो कथा छोड्न सकेनौँ कम्तिमा शमा लाई सम्झेरै भए पनि !! उसको भविष्य अलिकति कोरौँ जस्तो लाग्यो नै होला !!! किनकी कथा लेख्ने मान्छे म यहाँ पुर्याउँछू पात्रलाई भनेर बसेको हुन्छ ! Therefore I m more than sure that U have more length in your LAPTOP...........as far as वेहुली is concerned........भए जति त हालेको नै भए पनि के नै जान्थ्यो र !!! चसक्क बिझ्दा बिझ्दै क्रमश: लेख्न मिल्दैन ! यसको विरुद्दमा म आन्दोलन गर्छु ! Waiting for the next part........
fucheketo · May 28, 2010 5:50 AM
साथीहरु! समय ब्यस्तताले भाग-३ ढिलो भएकोमा क्षमा चाहन्छु। सकेसम्म यो हप्ताभरीमा यो भाग ल्याउने प्रयासमा छु। धैर्यताको लागि धन्यबाद। Sorry!
crazy_love · Jun 2, 2010 3:04 PM
दिनदिनै साझा हेर्छु कसरी म यति ढिला भए क्रेजी को कथा पढ्न ..... क्रेजी कथाको बिषयबस्तु फरक छ, राम्ररी अगाडी बढेको छ... अर्को भाग छिटै पढ्न पाउ है ... फुच्चेकेटो, आन्दोलनमा म पनि छु है गुच्चा चोर
guchcha chor · Jun 2, 2010 4:18 PM
भाग-३ "हे अल्लाह! मलाइ माफ गर्नुहोस्।" इसमाइलले दुबै हात आकाशतिर फैलाउदै भन्यो। नसीम र जाबेदले एकचोटि इसमाइललाइ हेरे र मुखामुख गरे। शमाको आँखाबाट केहि थोपा आँशु बरर झरे, कसैले देखेनन्। "यदि यो भन्दा ठुलो बाध्यता अरु के हुन सक्ला त हँ?" इसमाइलले आफैसङ सोध्यो। एकछिन चुप लाग्यो र बोल्यो। "मेरो लागि अरु केहि उपाय रहेन। म शमालाइ तपाइको हातमा सुम्पिनु बाहेक अरु केहि गर्न सक्दिन।" टिलपिलाएका आँखाले उसले शमालाइ हेर्यो, शमा अहिले भकानिदै रुँदैथी। जारा शमाको कोमल गालामा बगिरहेको उर्लिदोँ आशुको भेल आफ्नै हातले पुछिदिदैथी। "शमा, गरीबहरुको जीबनमा आफ्नै अधिकार हुँदैन, अर्को जन्ममा गरीबको कोखमा नजन्मिनु।" त्यतिखेर इसमाइल आफ्नै आँखा पुच्छ्दैथ्यो। "मालिक! मैले हारे, शमा तपाइकी भइ।" "इसमाइल ! तिमीले त्यही गर्यौ, जुन शमाको भाग्यमा थ्यो। अब कुरा गरिसकेपछि तिमी शमालाइ राम्ररी बिदा गर्नु। पैसाको चिन्ता नगर।" जाबेदले नसीमको अनुहार हेर्दै भन्यो। नसीम चुप लागेर टाउको हलाउदै बसेको थियो। "मालिक ! मैले कत्रो बाध्यतामा छोरी दिन लागे भन्ने कुरा कसैले बुझ्न सक्दैनन्। म शमालाइ केहि दिन राखेर तपाइसङै पठाइदिन्छु।" इसमाइलको मुटु चिराचिरा परिसकेको थियो। लोग्नेमान्छे थियो, हिक्का छुटाएर रुन सक्दैनथ्यो। भित्रको औडाहा त उसैलाइ मात्र थाहा थियो। "मेरो तुरुन्तै शहर फर्किने काम छ म भोलि नै फर्किनु पर्छ। तिमीलाइ खोज्दा खोज्दै मेरो धेरै दिन बित्यो। त्यस्तै हो भने आज एक्दिन शमा यहि बस्छे, भोलिबिहानै हामी लिन आँउछौ र लान्छौ।" नसीमले बोली नरम पार्दै भन्यो। अघिको स्वर र अहिलेकोमा आकाश जमिनको फरक थियो। "ठिकै छ इसमाइल ! आफ्नो छोरीको त तिमीलाइ नि माया लागिहाल्छ। अब आज एक्दिनलाइ शमालाइ उसले भनेको सबै पुर्याइदिनु। उसलाइ के मन पर्छ त्यही खुवाउनु, एक जोर नयाँ सलवार कमिज किन्नु। तिमीसङ पैसा छैन होला। ल, यो केहि सय राख।" जाबेदले सय सयको तिनवटा नोट इसमाइलको हातमा राखिदियो। "त्यतिले अलि पुग्दैन होला" भन्दै नसीमले अर्को दुइ सय थपिदियो। केहि बेर अरु कुरा गरेर नसीम र जाबेद गए। त्यो अध्याँरो कोठामा रुवाइ सिबाय केहि सुनिएन। "हे अल्लाह! म अहिले नैं मर्न सकुँ।" इसमाइललाइ बच्चाहरुको मायाले पनि बाँधिरहेको थियो। तर मनमनै उ शमालाइ बिदा गर्नु भन्दा अघि आफै मरेको भए हुन्थ्यो भन्ने सोच्दैथ्यो। शमा रुँदा रुदैँ थाकी, उ जाराको काखमा पल्टी र एकैछिनमा गहिरो निद्रा निदाइ। "हाम्रो हातमा त केहि छैन, सबै उही मालिकको मर्जीले भएको छ। तपाइ आफुलाइ पापी नसम्झिनुस्।" जाराले लोग्नेको दुखलाइ अलिकति कम पार्ने बोली खोजी। "शमाले कहिल्यै हामीलाइ दोष दिन्न। उसलाइ थाहा छ, गरीबीको पराकास्ठाले हामी सबैलाइ कस्तो धर्मसंकटमा धकेलेको छ। उसमा धेरै कुरा बुझ्ने क्षमता छ। जस्तो कठिन समयमा पनि उ धैर्य हुन्छे। अल्लाहसङ हामी प्राथना गरौ। हाम्रो शमालाइ यो भन्दा बढी सहनशीलता प्रदान गरुन्। उ जरुर माफ गर्छे आफ्नो बिबश आमाबाबुलाइ।" जारा शमाको टाउकोमा बिस्तारै बिस्तारै हलुका थपथपाइरहेकी थिइ। बाहिर उज्यालो हुँदैथ्यो, इसमाइल एकचोटि ढोका खोलेर बाहिर गयो र फेरि भित्र आयो। शमा र अरु बच्चाहरु अझै उठेका थिएनन्। नसीम र जाबेदले दिएको पाँचवटा सय हेर्यो, त्यसपछि जारालाइ सोध्यो। "शमालाइ एकजोर नयाँ सलवारकमिज किन्नु पर्यो। कस्तो रङको किनु?" "कहिल्यै नयाँ लगाउन लाउन पाएकी भए पो। उसको लागि रङको के कुरा। गुलाबी किनिदिनु, हुन त उसलाइ जुन रङ पनि सुहाँउछ।" जाराले इसमाइललाइ सजिलो बनाइदी। "बजारबाट मासु पनि किनेर ल्याउनु पर्यो। तेल मसला नि चाहिएला हैन?" इसमाइल बजार जाने तयारी गर्न थाल्यो। "मासु पकाउने भाँडा, डाडु, पन्यु सबै चाहिन्छ। मिलाएर सस्तो किनेर ल्याउनु होला। अनि सुन्नु त! अलिकति मिठाइ पनि ल्याउनु होला। भोलि शमालाइ बिदा गर्दा मुख मिठो गर्नु पर्यो नि।" इसमाइल पाँच सयमा के के गर्न सकिन्छ भनेरै मनमनै हिसाब गर्दै बजार गयो। दिउँसो टन्टलापुर घाममा बल्ल इसमाइल सामानहरु लिएर आइपुग्यो। जारा र सबै बच्चाहरु उसैको बाटो हेरिरहेका थिए। शमा चाहि आजको दिन बिते पनि रात नआओस् भन्ने कामना गर्दैथी। उसको मनमा धेरै प्रश्नहरु थिए। तर उसलाइ थाहा थियो ती प्रश्नहरुको उत्तर कसैसङ छैन। उ यसरी नैं धेरै कुराहरु चुपचाप सहि दिन्थी। इसमाइलले सबैभन्दा पहिले शमाको नयाँ लुगा सबैलाइ देखायो। अलि अलि फुल बुट्टा र जरी भएको त्यो गुलाबी सलवार कुर्ता देखेर सबैभन्दा कान्छो भाइ इकबाल खुशीले करायो। "शमा ! भोलि बेहुली हुन्छे नि।" "आहा ! कस्तो राम्रो लुगा!" शमाका दुबै बहिनीहरु शायरा र शमिनाले एकैचोटि भने। "बेहुलीले राम्रो लगाउन पाँउछे है?" सानो इकबाल रमायो। "कति रमाइलो !" शमालाइ न लुगा मन पर्यो न त भाइबहिनीहरुको कुरा। उसको मनमा त अघिदेखि नैं अनेक कुराहरु खेल्दै थिए। अफसोच ! उ आफ्नो आमाबुबालाइ त्यो सबै बताउन सक्दिनथी। उ उनिहरुलाइ दुखी बनाउन सक्दिनथी। "बेहुली!" शायराले आफ्नी दिदीलाइ जिस्काइ। "ए, बेहुली! नयाँ लुगा लगाएर देखाउ न।" शमिनाले पनि शमालाइ त्यसैगरी जिस्काइ। "शमालाइ धेरै दुख नदेउ। उ भोलिदेखि अर्कै घर जान्छे।" जाराले खानेकुरा पकाउने चाँजो मिलाउन थाली। इसमाइल एउटा कुनामा बसेर सबै चुपचाप हेरिरहेको थियो। शमा बाहेक अरु तिनै बच्चाहरु खानेकुरा देखेर खुशी भैरहेका थिए। शमाले नयाँ लुगा लाउन मानिन। त्यसपछि कसैले उसलाइ कर गरेनन्। "बाबा" शमा इसमाइलको नजिकै आइ। "के छोरी?" इसमाइललाइ शमाको अनुहार देखेर एकचोटि रुन मन लाग्यो। "एउटा कुरा सोधुँ?" शमाको आँखामा आशाका किरणहरु थिए। "सोध!" इसमाइललाइ अलि अलि डर पनि लाग्यो। "के अल्लाह साँच्चै छन्?" शमा एकनासले इसमाइललाइ हेरिरहेकी थी। इसमाइललाइ शमाको प्रश्नको जवाफ दिन गार्हो परिरहेको थियो। इसमाइल नसुने जस्तो गरी उठ्यो र बाहिर गयो। शमा त्यही कुनामा बसीरही। समाप्त। (आजकाल सुन्छु, नेपालमा नि अफिम खेति शुरु भैसकेको छ। यस समाचारले मलाइ त्यहाँ पनि अफिमको लागि साटिने बेहुलीहरु जन्मिसके कि? वा अन्मि पो सके कि? भन्ने प्रश्नहरुले पिरोलिरहन्छ।)
crazy_love · Jun 4, 2010 1:33 PM
आहा !!
बिस्टे · Jun 4, 2010 1:39 PM
aha dami cha la!
haku_mai · Jun 4, 2010 1:48 PM
"के अल्लाह साँच्चै छन्?" Very very touchy one!!
cheli · Jun 4, 2010 1:50 PM
मन नै छोयो ।
ramronepal · Jun 4, 2010 1:54 PM
सार्है मार्मिक कथा!!!
chipledhunga · Jun 4, 2010 2:23 PM
ल एकदम राम्रो
serial · Jun 4, 2010 3:04 PM
मार्मिक पनि धार्मिक पनि। अल्लाह साँच्चीकै भएको भए यती नरसंहार अल्लाहको नाममा हुंदैनथ्यो कि मेरो शंका । शमा जस्ती धेरै नाबालिकाहरुको नरक यात्रा शायद हुंदैनथ्यो कि ? अल्लाह पनि किंकर्तब्यबिमूढ भएर निरही पशुपती नाथ सँग सल्लाह गर्दैछन कि ? जे होस् , क्रेजिको कथाले यस्पाली परमात्मा छोयो। एउटा सुन्दर सिर्जनालाई सदा झै सलाम गर्दछु । जय नेपाल।
rahulvai · Jun 4, 2010 3:32 PM
CL,What a touching story. I tried hard to hold the tears... Looking forward to reading your stories.. Guchcha Chor.
guchcha chor · Jun 5, 2010 12:16 PM
धैरै पछि सायद एकवर्ष पछि आझ हजुरको कथा पढे असाध्यै मार्मिक रहेछ क्रेजीसिस -- कथा पढिसक्दा सम्म मलाई यस्तो लाग्यो अब हजुरको कथामा आएर टिप्पणि गर्नलाई मैले पहिले धैरै कुरा सिक्नु छ ! :)
miss_ me · Jun 18, 2010 11:46 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion