किन बन्छन सोझा सिधा नेपाली पंकज जोशी ? (माफ गर्नुहोला शिर्षक अलिक क्रान्तिकारी सुनिन्छ) (यो लेखको आसय कुनैपनी तरिकाले पंकज जोशीको जय जय गाउनु होइन। न त उनिप्रती सहानुभुती दर्साउनु नै हो। निस्चयपनि उनिले जे गरे त्यो निन्दनिय थियो। कुनैपनी विवेकसील प्राणिले त्यस्तो गर्नुलाई म पनि भत्सर्ना गर्छु)। ड्यालसदेखी फोर्त वर्थ सम्मको थियो यात्रा तय गर्नुपर्ने। त्यो कुनै सामान्य एकपटकको यात्रा थिएन । यो दैनिक तय गर्नुपर्ने ४६ माइलको कष्टकर यात्रा थियो। ट्राफिक सुचारु भए त केही थिएन,तर जाम भएको बेला यो ४५ मिनेटको यात्रा २ घण्टासम्म लाग्नसक्थ्यो । सिमित आयमा आस्रित ममा यो यात्राले मानसिक र आर्थिक दुबै हिसाबले मर्का पारीरहेको थियो । दैनिक त्यही रुट पार गर्नुपर्ने तथ्यले मलाई यो सडकको कुन कुन खन्डमा मामा (प्रहरीदाइहरु) तैनाथ हुन्छन भन्ने थाहा थियो। एक त दैनिक ९२ माइलको यात्राले मेरो खल्तीको घाउ चर्किने क्रम जारी नै थियो, अर्को कदचित ति मामाले मलाई ६० को बादलामा ७० या ७५ गरेको मौका पारेर टिकाट दिँदाखेरीको पिडापनि आफ्नै ठाउँमा थियो। अनी धन्य मेरो टोयोटा कोरोला अहिलेसम्म बलियै छ। साझाका हितैषिहरुलाई क्याप्लनको बारेमा त थाहा नै होला। आफ्नो स्नातक सक्केर, काम नपाएका कारणले मैले क्याप्लन जोइन गरेको थिए। तर क्याप्लनको एउटा पिडाचाँही क्लास सुरुगरेपछी पाठ्यक्रम अनुसार विद्यार्थिले हप्ताको २२ घण्टा क्याप्लन सेन्टरमा बिताउनुपर्छ। दैनिक काम गरेर गुजारा चलाऊनु पर्ने मलाई यो त्यती मन परेको थिएन। त्यसैले मैले चिनेको एकजना भाईलाई मलाई पार्ट टाइम सघाउनको लागि बोलाएँ। हाम्रो सिस्टमसँग त्यती अपरिचित त्यस भाईलाई रेजिस्टरमा अली अली समस्या भईरहेकोथियो। यही कारणले साहुबा चाहन्थे कि मेरो पढाई सक्किने बित्तिकै काम आइहालोस। तर मैले अघिन नै बिन्ती गरिसकेँ जाम भएको खन्डमा मलाई त्यही बाटो २ घण्टा जस्तो लाग्छ। निर्धारित समयभन्दा १ घण्टासम्म पनि काम नपुग्दा मेरा साहुबा साह्रै मुर्मुरेरहेकथिए। अग्सर कहिल्यै नरिसाउने उनी त्यसरी मलाई बचन लगाइ रिसाएको देखेर जिन्दगीमा पहिलो पटक मेरो मन भित्रभित्रै भक्कानियो। २२ घण्टा आवोर पुर्याउ त साहुबाले बसिटिक्न नदिने, नपुर्याउ त अमेरिकि सरकारले बसिखान नदिने कस्तो समस्या। अर्को दिन निर्धारित समयमानै काम आए, जसै म काम पुगे फोनको घन्टी बज्यो। साहुबा आफुसँगै भएकाले मैले फोन उठाइँन पछी भोइस म्यासेज सुनेको त एकजना एम्बर भन्ने युवतिले मेरो साखपत्रमा लागेको ॠणलाई इंगित गर्दै भन्दै थिए, call me up to see how you could get your interest rate down to 1.8%। भोलिपल्ट मलाई क्याप्लनका अधिकारीले बोलाई गएको हप्ता मैले २२ घण्टा नपुर्याएकाले ममाथी रोष प्रकट गर्दै खबर्दारी गर्दै थिइ। म अमेरिका आएको अबको अगस्ट्ले 7 वर्ष पुग्छ। शायद 7 वर्षको अवधी अमेरिकामा कुनै उल्लेख्निय उपलब्धिको लागि यथेष्ट समय नहोला तर 7 वर्षमा केही न केही त हुनुपर्छ नि? 7 वर्षमा मैले अमेरिका आएर के पाएँ त सिवाय डार,त्रास,ॠण, अनी दु:ख। मलाई अहिले पनि याद छ म +२ सक्किनेबितेकै American Language center,kamaladi मा १५००० तिरेर toefl क्लास पढेको, अनी याद छ १५००० जतिनै तिरेर toefl को जाँच दिएको। कती सपनाहरु सँगलिएका थिए यि आँखाहरुमा जब म २५० डलर तिरेर एक फाइल कागजत बोकी अमेरिकन दुतावासको अगाडि लामवध्द भएर आफ्नो पालो कुरेर बसेको थिएँ। मेरा बुढा बाले पनि धेरै सपना देखेका थिएहोलान जब उनले स्वतस्फुर्त ढंगले आफ्नो जिन्दगीभरिको कमाइ मेरो खुशी र भविष्यका लागि बन्धकी हालेका थिए। अहोरातको दु:खले 3.7 ल्याएर स्नातक गरेँ तर मैले के पाएँ त। तर विडम्बना नै मान्नुपर्छ कोही चाहिँ यो देशमा पौडी खेलेरै आएको भरमा सुखको जिन्दगी बिताउन पाइरहेकाछन। कुनैपनी देशको कानुनभन्दा सर्वोपरी अरुकुनै चिज होला जस्तो लाग्दैन मलाई—विशेषगरी अमेरिका जस्तो देशमा। तर हालसाल नै केही बोलिदिने अनगिन्ती मुखको भरमा र शक्ती प्रदर्शनीकै भरमा देशको नियम कानुन बग्याउने प्रयास भईरहेको छ। प्रसँग हो एरिजोनाको नयाँ कानुन। सर्सर्ती हेर्दा यदी तिमी यो देशमा कानुनसम्मत हिसाबले आएकाछौ भने कानुनसंगत हिसाबले बस्नपाउछौ तर पौडी खेलेर आएकाछौ भने पौडी खेलेरै फेर्कनुपर्ने हुनसक्छ। तर यहाँ त भावना र दवाबको खेल भईरहेछ। मेरा केही मेक्सिकन साथीहरुले भावनात्मक भएर भने, "एरिजोना, क्यालिफोर्निया,टेक्सस पहिले मेक्सिकोको थियो तेही भएर हामीलाई यो देशमा बस्ने पूर्ण हक छ”। तर भावना र यथार्थ दुई छुटाछुटै चिज हुन। यसरीनै मेक्सिकोका राष्ट्रपतिले पनि आफ्नो अमेरिकि भ्रमणमा भन्न भ्याएछन,“यो नयाँ कानुन मेरा जनताविरुध्द विभेद्पूर्ण भयो”। सम्बोधनकै क्रममा राष्ट्रपती ओबामाले नि भन्न भ्याए,“तर के गर्नु नयाँ कानुन पारीत गर्न मसँग ६० भोट नै छैन”। यसरी यता राष्ट्रपतिहरु सम्बोधनमा व्यस्त थिए भने सोही बेला प्रथम लेडिहरुचाँही डिसि एरियाका स्कुले छात्राहरु भेट्न गएकारहेछन। सोही मौका छोपी एक छात्राले सोधिछिन,"मेरी आमाको कागजात छैन अब के ओबामाले उनिलाई मेक्सिको पठाउछन हो?”। पक्कैपनी ति वालिकाको त्यो करुणाले श्रीमती ओबामालाई सोच्न वाध्य तुल्यायोहोला। शायद उनिलाई त्यो रात निन्द्रापनी परेनहोला । तर हामी त यो देशमा कानुनसम्मत हिसाबले आएका हौ,वर्षको हजारौ डलर तिर्छौ तर खोइ त हाम्रो सुनिस्चित भविस्यको ग्यारेन्टी यो देशमा। गत साता म मेरा एक साथीसँग कुरा गर्दैथिएँ उनी भन्दै थिए,"विन्नी अब म अष्ट्रेलिया जान्छुहोला, यहाँ बसेर त केही होला ज स्तो छैन यार"। मैले भने, "तर अमेरिका भनेको त अमेरिका नै हो नि"। "के गर्नु अमेरिकाले दु:खबाहेक केहीपनी दिएन",उनिले भनिन। उनको कुराले मलाई भावुक तुल्यायो,यसो बिचार गरेँ कुरा ठीकै हो। उनिसँग जसै कुरा गर्न भ्याइरहेको थिएँ गणेशदाइले फोन गरे । अमेरिका आएर स्नातक र दुइवटा मास्टर्स डिग्री भ्याइन्जेलपनी काम नपाएकाले यि दाई अली हतोत्साही थिए। प्रथम सन्तानलाभले मख्ख यि दाई भन्दैथिए, "अब अमेरिकामा अरु केही त गर्न सकिएन, एउटा छोरी बनाइयो अब अर्को एउटा छोरो बनाइन्छ"। "आफ्नो जिन्दगी सुखमय नभएनी सन्तानले चाहिँ दु:ख नपाओस", उनी भन्दैथिए। उनको कुराले मलाई सोच्न वाध्य तुल्यायो, "के हाम्रालागी केही गरिदिने, बोलिदिने कोही छैन यो देशमा?" झल्यास्स मलाई साझाको होमपेजको याद आयो अनी याद आयो अनगिन्ती संघसंस्थाको नामावली। के का लागि लायक छन त हाम्रा यि संस्थाहरु। ANA को सभा गत धेरै वर्षदेखी भाईरहेको छ, गत वर्ष भयो, यो वर्षपनी हुन्छ, र अर्को वर्ष पनि । तर ति सभामा सहभागी चाहिँ जहिल्यैपनी उही हरियो पत्ता भएका, अफिसमा काम गरेर weekend अफ पाउनेहरु। कहिले होला त यस्ता सभामा विद्यार्थीहरुको उल्लेख्य सहभागीता। यसवर्षको ANA सभाको motto रहेकोछ-" तिन दिनसम्म मोज गरौ सबै कुरा बिर्सिएर"(शायद यस्तै केही)। हद्द भएसम्म दुई-तीन जनाको पाँच-छ वटा दाँत झर्छ होला र दुई-तिन जनाले दुइ-तिन रात चिसो छिडिमा रात बिताउनुपर्ला। तर विद्यार्थीजनले यि सबबाट कसरी फाईदा उठाउने ? के हाम्रा संस्थाहरु अकर्मण्यताका परिसुचक हुन त ? एक विद्यार्थी थला पर्छन अनी खुल्छ एउटा paypal अकाउन्ट र सुरुहुन्छ चन्दा संकलन। कसैको लास नेपाल पुर्याउनपर्यो भने कोषको अभावले मरेको लासमाथी सास्ती हुन्छ। के अमेरिकामा रहेका यि सब संस्था मिलेर नेपाली विद्यार्थीको लागि सुलभ तरिकाले स्वास्थ्य बिमा उपलब्ध गराउनसक्ने उपाय र स्रोत छैन? के मेधावी विद्यार्थिलाई राम्रा राम्रा विद्यालयमा scholarship उपलब्ध गराइदिने कुनै संयन्त्र छैन ? यदी बोलेको र शक्तीकै भरमा देशको कानुन परिवर्तन हुनसक्छ भने हामी त यस देशका वुध्दिजिवी वर्गमा गनिन्छौ । हामीले दवाब देखाउन अरु संयन्त्र अपनाउन सक्छौ। फेस्बूकको नाम त सबैले सुन्नुभएको नै होला। फेसबूकमा एउटा पेज "अन्तरराष्ट्रिय विद्यार्थिकालागी नागरिकता" खोल्न सक्छौ र एक-दुइ लाख फ्यान बटुलेर कुनै संघसंस्था मार्फत सम्बन्धित निकायमा यो गुनासो पोख्न सक्छौ। पौडी खेलेर आउनेहरुले नागरिकता पाउछन भने हामीले चैँ किन नपाउने? यदी immigration Reform Law पास भयो भने हामी पनि हाम्रा senators र congressmen लाई चिट्ठी लेखौ र भनौ यो त साह्रै अन्याय भयो पौडी खेलेर आउनेले चैँ नागरिकता पाउने तर हामी जस्ता रात-दिन एक गरेर पढेने र हजारौ खर्च गर्ने चैँ सधैं त्यहिको त्यही। तर हामीलाई यसमा नेपाली संस्थाहरुको हातेमालोको जुरुरत छ । उही पुरानो संस्था होइन तर नयाँ जोश र जाँगरले भरिएको । लौ त साथी हो केही गरौ नत्र जीवन त लङकट र फाइनकट भन्दै बित्नेभो। बेलामै केही गरौ नत्र कत्ती सपना पलाउन नपाउदै निमोठेलान। के थाहा र कुन दिन कुन चैँ कालेले नशाको सुरमा मलाई टप्काइदेलान र मेरा बुढा बा आमाको अमेरिका घुम्ने सपना पनि पुरा गर्न नसकुँला म । सबलाई चेतना भया
BirKrishna · May 20, 2010 1:44 PM · 32,148 views
बिषय बस्तु जस्तो भयेनी लेखन चाई गज्जब छ. यो चाई मेरो प्रथम देवनागरी वाक्य हो, सबैलाई चेतना भया. I have one problem with your sentiments though. Did USA invite you and said if you get 3.5 gpa or whatever you will get a job? It's a cliched question, however many times we hold this country accountable for things that weren't suppose to be in first place. Sure it is injust that those who came illegally might be earning more than you but nobody told you it is going to be totally fair. Blame is the biggest crutch of a human existence (Kiddo). If you find something to blame you will resist correcting the issue. If blacks keep playing the racecard they will never elevate. You gotta earn your rights; just by going to school and earning good grades you aren't entitled to any thing. As for your mexican friends, ask them if I sell them my house one day can I claim it a week later saying I used to live there?
Kiddo · May 24, 2010 2:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion