“पुरुष” (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) प्राय म निरासाबादी होइन आशाबादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोली राजेश पायल राइको "दर्शन नमस्ते" भन्ने गीत निकै नै सुनिरहेकी छु। कती मिठो शब्द चयन, कती मिठो लय अनी स्वर, अनी त्यस्तै मन्त्रमुग्ध पर्ने संगीत! सार्है राम्रो सम्योजन यी सबका-यस गीतमा । हुन त यस्ता खालका संगीत मैले पहिला पनि सुनेकी हुँ तर यस गीतका रचनाकारले यस्तो मोहनी लगाइदिएका छन कि मलाई आज भोली त म आफ्नोमा आउने बिरामीहरुलाई पनि संगीतमा रमाउन आग्रह गर्छु। त्यस्का शब्द शब्दमा डुब्न आग्रह गर्छु अनी त्यस्को भाबमा हराउन प्रेरित गर्छु, जस्ले उनिहरुलाई एक छिन भने पनि concentrate गराउन मद्दत गरोस। अली अली भनेपनी उनिहरुको जीवनमा आशाका दियोहरु जलाउन सकुन यस्ता संगीतका रागले भन्ने अभिलाषाले मैले यो काम १-२ जनाबाट सुरु गरेकी थिए, आहिले राम्रै पाएकी छु। पेशाले म psychiatric हुँ। सानै देखी नै मलाई यस पेशाले आकर्षित गरेको थियो। साधारण मान्छेहरुको मन र बिचार त बुझ्न नसकिने यो आलोचनात्मक समाजमा अझ यस्ता मानसिक सन्तुलन ठीक नभएका मान्छेहरुको मन र मस्तीष्क बुज्नु पर्ने चुनौतिपूर्ण काम “गर्छु वा बन्छु” भन्न जती सजिलो छ त्यती नै कठिन गर्नलाई छ । तर आज भोली psychiatric सुफलको अगाडि "कुशल" भन्ने "ट्याग" पनि थपिदिएका छन मेरा सम्पूर्ण बिरामी अनी उनिहरुसँग आउने बिरामी-कुरुवाहरुले। खै थाहा छैन मलाई-म आफु कुशल छु कि छैन तर यो "कुशल" भन्ने शब्दले मलाई यती हौसाला दिएको छ कि म त्यस्को बर्णन शब्द मार्फत गर्नै सक्दिन्न। मेरो काम प्रतीको लगन्शिलता र मिहेनतबाट जुन "ट्याग" मैले पाएकी छु, त्यस्ले मलाई अझ "तँ केही गर्न सक्छस्" भन्ने भावना जगाइदिएको छ। यस्ले मेरा आत्मविश्वाश दह्रो पारीदिएको छ। मेरा बिरामी निको पर्ने मेरो आशा अनी उनिहरुका म प्रतिको भरोसा अनी हौसलाको परिणाम नै भन्छु म यो ट्यागलाई। जे होस् म मेरो आशा अनी उनिहरुको हौसलालाई निरन्तर पछ्याइरहन पाउँ जुग जुग सम्म पनि। समय परिवर्तनशिल छ। यही परिवर्तित समय सँगसँगै हाम्रो समाज पनि सभ्यता र आधुनिकता तिर मोडिनु स्वाभाबिक नै लाग्छ मलाई। यही आधुनिक समाजमा मानिसहरु पनि आधुनिक तरिकाले नै चल्नुपर्छ या भनु समय सापेक्षिक तरबले आफुले ढाल्दै लैजानु पर्दछ। हो, पुर्खाहरुले देखाउदै आएका बाटोहरु हामीले छोड्नु हुन्न तर त्यस्लाई समयको माग अनुसार, ठाउँ र परिस्थिती अबलोकन गरी, परिवर्तन गर्दै , परिवर्तित आधुनिक समाजसङै अधुनिक भएर बाँच्न हिम्मत बटुल्नु पर्छ। बाजे बाराजुले गर्दै आएका काम कुरा नै आहिले हुबहु आँगल्छु अनी आफ्ना भाबी पुस्तालाई पनि त्यही गराउन लगाउछु भन्नु मुर्खता हो। यो त सरासर आधुनिक समाजसँग भग्न खोज्नु हो। “बुढा मरे भाषा सरे” भन्ने उखान यही समाजमा नै लगु हुन्छ। आफ्ना भाबी पुस्तालाई के कस्तो संस्कार दिने हो त्यो त आँफैमा भर पर्ने कुरा हो र आफ्नो सन्ततीहरुलाई अगाडि पैदा हुने बाटाहरु पहिल्याइदिनु पनि आफ्नो कर्तव्य हो । तर जहाँ सम्म मलाई लाग्छ म मेरा भाबी पुस्ताहरुलाई आधुनिक समाजसँग भग्न उत्प्रेरित गराउन्न ता कि भबिश्यमा उनिहरुलाई परिवर्तित आधुनिक समाजमा हिंड्न कुनै आत्मगलानी नहोस्। यस्तै एउटा case आएको छ महिना भईसकेको थियो। अहिले सम्म पनि १०० मा ९९ पनि भएको थिएन। यो case पनि आयो अन्तमा मलाई नै। बिरामीलाई हेर्नु भन्दा पहिला सबै उस्को past history हरु सरर हेरें । पहिला त त्यस्तो डरलाग्दो रोग वा कुनै Symptoms केही पनि रहेन छ। उसो भए केही कामकुराबाट उस्लाई shock परेको होला भन्ने भान मैले गरे। कती उमेर कि रहिछ भनेर यसो जन्म मिती हेर्न खोजेको त उस्को नाममा आँखा गयो। नाम रहेछ “स्मृति शर्मा महर्जन”। म तीन छक्क परें। कतै यो मेरो साथी स्मृति त होइन। तर उ त स्मृति शर्मा मात्र हो। महर्जन कता बाट आयो? ल म अब पत्ता लगाउछु भनेर अफिस बाट म बाहिरिएं। क्रमश: Last edited: 19-May-10 08:52 AM Last edited: 19-May-10 08:53 AM Last edited: 19-May-10 08:54 AM Last edited: 19-May-10 08:55 AM
sufal · May 19, 2010 8:51 AM · 17,936 views
ल सुफल कथा मजाले अगाडि बढ्दै छ - अरु भाग को प्रतिक्षा मा
serial · May 19, 2010 9:01 AM
म पनि पढ्दै छु है, अबेर नगरि पस्किम है
perfectionist · May 19, 2010 11:52 AM
sarai ramro lagyo...aba arko part chittai aawos bhanne kamana ma...
haku_mai · May 19, 2010 12:05 PM
Thank you so much all of you. I will surely post another part very soon. Sufal
Sufal · May 20, 2010 8:17 AM
Waiting for next part !
crazy_love · May 20, 2010 8:22 AM
भाग २: उस्को कोठा नम्बर पत्ता लगाएर त्यही कोठाको बाटो लगें म। जती जती नजिक म त्यस कोठाको हुन्छु, एउटा परिचित आवाज मेरो कानले श्रवण गर्दै जान्छ। यती ठुलो स्वरले उस्का क्रन्दनहरु उकाली रहेकी थिइ कि मैले टाडैबाट उस्को परिचित आवाज सुनिरहेको थिए। उ आफ्ना मनमा मन्थन भइरहेका बिषहरु कबिता या गीतको जस्तै छन्द मिलाउदै ओकाली रहेकी थिइ। मुस्किलले मैले एउटा शब्द मात्र बुझें । “पुरुष” भन्ने शब्द । हरेक वाक्यमा यो शब्द छ - अनी यो शब्द उचारण गर्दा नै रिसले मुर्मुरिन्छे, आगो हुन्छे। शायद यस् शब्द प्रती अती नै घ्रिण छ उस्को। सेतो रङ शान्तीको प्रतिक रङ भएकाले नै बिरामीहरुलाई यही रङको प्रयोग बढी गरिन्छ हाम्रो हस्पिटलमा। त्यही सेतो सफा पैजामा लगाएर कोठाको एक कुनामा गएर, टुक्रुक्क बसी, एउटा कापीमा केही पढेको जस्तो गरी- त्यही कबिता हो या गीत गाइरहेकी थिइ उ। उस्का कपाल टम्म बानी दिएको रहेछ कसैले। पहिलाकी रिस्ट पुस्ट स्मृति त कत्ती लिखुरी भइछ। ठम्याउन न नै गाह्रो भएको थियो मलाई तर उस्को दाहिने गालामा भएको कालो कोठिले उ मेरो साथी स्मृति नै हो भनेर सोह्रै आना ठोकुवा गरें मैले। म जती उस्को नजिक हुन्थिए त्यती उस्को त्यो "पुरुष" भन्ने शब्द ठुलो ठुलो आवाजमा प्रस्फुटन भईरहेको थियो। एक प्रकारको डर मिश्रित आवाजको श्रवण गरें मैले त्यो पुरुष शब्दमा। उस्को शरीरबाट चिट चिट पसिना निक्लिएको थियो। आफुले लगएको लुगा पनि खोल्न खोजेकी थिइ उस्ले। हो, मलाई थाहा छ यस्तो बेलामा आफ्नो शरीरमा भएका लुगा अनी गर-गहना सबैले करेन्ट लगेको जस्तो भान हुन्छ उनिहरुलाई। त्यही भएर खोल्न खोज्छन हरेक चिजहरु आफ्नो शरीरबाट । म उस्लाई समल्न खोज्छु तर सक्दिन। २-४ जनाको सहारामा उस्को रेगुलर जाँच गरी केही औषधी लेखिदिये अनी उस्लाई हेर्ने मान्छेलाई मेरो अफिसमा आउनु भने। मैले स्मृतिको घरको हरेक परिवार चिनेपनी उ को हो - म चिन्दिन्न उस्लाई। उस्लाई निदाउने औषधी दिन लगाएर म आफ्नो अफिस तिर लगें। मेरो मन सार्है खिन्न भयो। आफुसगैँ हाँसखेल गर्दै हुर्केबढेका साथीसङी हामी। यस्तो कसरी हुन पुग्यो होला उस्को जीवनमा। जहाँ सम्म मैले उस्लाई बुझेकी थिए उ आँफै यस्तो धमिली त कहाँ हुन सक्थी र! कती आँटिली थिइ उ। पक्कै पनि कसैले बढेमाको पत्थर उस्को जीवनको पोखरीमा जबर जस्ती फाली, उस्को जीवन धमिल्याउन खोजेको हुन सक्छ । मैले अनुमान काटें। अहिले उस्लाई देख्दा र उस्ले नियमित रुपले उचारण गरिरहेको त्यो “पुरुष” भन्ने शब्दले नै म पागलपनको निवारण गर्ने मान्छे स्वयं पागल जस्तै भएकी छु। होइन, होइन, उस्को परिस्थिती देखेर म कम्जोर हुनुहुन्न । मेरो मनले मलाई सान्त्वोन दिन खोज्यो। मलाई लाग्यो उस्को त्यो आवाज कति शक्तिशाली छ अहिलेको परिवेशमा । म त्यही आवाजलाई आफ्नो हतियार बनाइ उस्को तनमनमा उम्लिरहेको तेजावलाई अमृतमा परिवर्तन आवश्य गर्छु । उस्लाई फेरी मान्छे बनाउछु । यो मेरो विश्वाश हो। एक तमासले सोच्दै थिए कसरी अब उस्को उपचार अगाडि लाने भनेर, के के कुराको research गर्ने भनेर, अचानक मेरो आँखा उस्को फाइलमा गयो। केही आशाका किरणहरु भेटिन्छन् कि भन्ने आशाले पल्टाउन थालें म त्यो फाइल । त्यो फाइलसगैँ च्यापेर त उस्ले पढ्ने गरेको कपी पनि लेराएछु मैले ।उस्ले पल्टाई रहेको पन्नामा यो कबिता थियो। नारी भन्दा बिशिष्ट रे पुरुष बलिया र बुध्दीमनी रे पुरुष फेरी नारिबाट धरै नै अपेक्षा गर्न्ने गर्छन् रे यिनै पुरुष । कबिता त एकदम नै लेख्थी उ । प्राय extra curricular activities का मेडलहरु उस्को नै हात पर्थे। यो कबितामा पनि हरेक वाक्यका अन्तिममा “पुरुष” भन्ने शब्द छ अनी पुरुष कै वर्णन गरिएको छ ।मैले यस कबित मार्फत के निस्कर्श निकाले भने उस्लाई पुरुष प्रती नै अती घ्रिणा छ । यही कबिताको मध्यमबाट नै पुरुष प्रती आत्मगलानिका कुराहरु पोखेकी छे । हुन पनि हाम्रो देशमा जो कोही महिलाहरु यस्तो बिरामीको उपचार गर्न आउछन, प्राय जसो उनिहरु आफ्नो लोग्न, आफ्नो प्रेमी या समग्रमा भन्नु पर्दा पुरुषबाट नै पीडित भई आएका हुन्छन। यस्तो माहोलमा उ अछुतो छे भन्ने शंका गर्न मैले मिल्दैन्न। अझ उस्को आवाजले र यही कबिताले पनि यस्तो दर्साएकै छ। त्यस्को प्रमाण दिएको छ। क्रमश….. Last edited: 26-May-10 01:15 PM
Sufal · May 26, 2010 1:15 PM
ल सुफल एकदमै रामो प्रस्तुती एकै सास मा पढि भ्याएँ अली चाडै चाडै आउँला हरु चलाऊनु पर्यो अर्को भाग को प्रतिक्षा मा
serial · May 26, 2010 1:20 PM
कथा पढेर सिरिङ्गै भो। आर्को भागको प्रतिक्षामा।
perfectionist · May 26, 2010 1:22 PM
Yesss... अर्को भाग को प्रतिक्षामा ma pani!! :-)
cheli · May 26, 2010 1:43 PM
sufalji, sarai maan chune katha raicha....ekaichin mai sakyo..aba arko part chito chito aawos !!!
haku_mai · May 26, 2010 2:06 PM
Thank you Serial, Perfectionist, Cheli and Haku_mai !
Sufal · May 27, 2010 9:10 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion