these nepali girls need our help

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

rid · May 18, 2010 8:23 PM · 15,373 views

3 Replies

साउदी अरेबियामा संगठित क्षेत्रहरु जस्तै अस्पताल, सुपरमार्केट, रेष्टुरेण्ट आदिमा मात्र नेपाल सरकारको वैदेशिक रोजगार विभागले महिलालाई काम गर्न स्वीकृति दिने गरेको छ। तर गैरकानूनी प्रक्रिया अपनाएर भारतीय विमानस्थलको प्रयोग गरी साउदी अरब लगायत खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा आउने नेपाली महिलाहरुको संख्या दिनानुदिन बढ्दै छ। दूतावासका अनुसार यसरी आएका घरेलु कामदारहरु मध्ये साउदी अरबको रियाधमा मात्रै १० हजार जतिको संख्यामा नेपाली महिलाहरु कार्यरत रहेको अनुमान गरिएको छ। साउदी अरबमा आएपछि ३ महिना देखि ३ वर्षसम्मको अवधि विताएर आफ्नो साहू/साहुनी (कफिल) बाट विभिन्न किसिमका आर्थिक (खाना तथा तलव नदिने), शारिरीक (कुट्ने—पिट्ने यातना दिने), मानसिक (डर, त्रास, धम्की दिई जवरजस्ती धर्म परिवर्तन गराउने) एवं यौन शोषणमा परी कहि कतैबाट सहयोग नपाउने भए पछि आफ्नो ज्यान नै जोखिममा पारी झ्यालबाट हाम्फाली हिडदै, दौडदै वा घाइते अवस्थामा ट्याक्सीमा चढी उद्धारका लागि हरेक दिन २—३ जना नेपाली घरेलु कामदार महिलाहरु दूतावासको शरणमा आउने गर्छन्। दूतावासलाई पनि दुःखै छ। दयनीय अवस्था (मानसिक सन्तुलन गुमेका, चोटपटक लागेका एवं बलात्कृत भएका) मा आइपुगेका महिलाहरुलाई तत्काल प्राथमिक उपचार गर्न एवं अत्यावश्यकीय सेवाहरु प्रदान गर्नका लागि राजदूतावासका प्रशासनिक कर्मचारीहरु अहोरात्र कार्य गर्न बाध्य छन्। उपरोक्त बमोजिमको सेवा प्रदान गर्न एक महिला सेविकाको व्यवस्था गर्न दूतावासले पटक पटक अनुरोध गर्दा पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड र श्रम मन्त्रालयले बिल्कुलै सुनुवाई नगरिदिएको दुखेसो पोखेको छ दूतावासले आफ्नो विज्ञप्तिमा। शरणमा आएका नेपाली महिलाहरुलाई राजदूतावासको आश्रय स्थलमा कम्तीमा २ हप्तासम्म तीन छाक खुवाएर राखेपछि मात्रै सामान्य अवस्थामा फर्कन्छन् र घरफिर्ती केन्द्रमा पठाउन लायकका हुन्छन्। त्यस पश्चात शरणमा आएका महिलाहरुले आफूसंग बढो मुस्किलले लुकाई ल्याएको आफ्नो तलव रकम हवाई टिकट खरिद गर्नका लागि राजदूतावासमा बुझाएपछि वा साउदी अरबमा रहेका आफन्तहरुले सोका लागि आर्थिक सहयोग उपलब्ध गराए पछि वा राजदूतावासले हवाई टिकट उपलब्ध गराइदिने निश्चित गरिदिए पछि वहिर्गमन भिसाका लागि घरफिर्ती केन्द्रमा पुर्‍याइन्छ। साउदी अरेबियामा प्रवेश गर्न इन्ट्री भिसामात्र हैन बाहिरिनका लागि पनि एक्जिट भिसा लिन जरुरी छ। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरु, महिला अधिकार एवं सुरक्षाका लागि नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु एवं सरकारी तथा गैर सरकारी निकायहरु समक्ष दूतावासले अनुरोध गरेको छ- वैदेशिक रोजगारीका लागि विदेश जान चाहने हेरक नेपाली महिलाहरुलाई सरकारले तोकिदिएको मुलुकहरुमा मात्र काम सम्बन्धी सामान्य तालिम प्राप्त गरी सम्बन्धित देशको भाषाको अध्ययन गरी श्रम स्वीकृति लिएर कानूनसम्मत तरिकाले मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ भन्ने चेतना एवं ज्ञान हामीहरुले दिलाउन नसकेसम्म र विद्यमान गैरकानूनी तरिकाले नेपाली महिलाहरुको वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई सरकारले नियन्त्रण नगरेसम्म यस्ता दुःखद परिणामहरुको सिलसिला कहिल्यै अन्त्य हुने छैन ।

rid · May 18, 2010 8:25 PM

the money sent by these hardworking women is what Prachanda baburam are living off in luxuries

Ved555 · May 19, 2010 9:55 PM

Samchar padddai dimakha kharab 2 chhak khanalai kathai, desma khola chha dharam pani chhaina , khet bajo chha vakari ma anna chhaina , kasaiko sarap pakkai lageko ho

submark · May 6, 2016 11:42 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all