घोप्टो पर्न लगाएर गर्धनमा उल्टो खुर्पाले हाने'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गजेन्द्र बोहरा, दाङ, जेठ १ - सामान्य विवादमा यहाँका एक वृद्धलाई माओवादीका कार्यकर्ताले निर्घात कुटपिट गरेका छन्। दाङ हापुर गाविस- २ गुर्जे निवासी ७२ वर्षीय लछे चुनारा कामीलाई बिहीवार साँझ स्थानीय माओवादीले निर्घात कुटेका हुन्। वृद्ध कामीको टाउको तथा हातमा खुर्पाले हिर्काएको गहिरो चोट छ। कामीका अनुसार जग्गाको विषयमा सामान्य विवाद हुँदा उनीहरुले कुटपिट गरेका हुन्। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); ऐलानीपर्ती जग्गामा उनले आफ्नोलागि छाप्रो बनाउन लाग्दा माओवादीले अवरोध गरेपछि समान्य विवाद भएको थियो। ती माओवादी कार्यकर्ताले त्यहाँ किन घर बनाएको भन्दै वृद्धलाई लात्ती तथा खुर्पा प्रहार गरेका थिए। उनले घर बनाउन खोजेको ऐलानीपर्ती जग्गामा उनलाई कूटपिट गर्ने माओवादी कार्यकर्ताले पसल थापेका छन्। 'मैले घर बनाउँदै थिए, एकाएक उनीहरु आए' कामीले भने 'यो जग्गा छोड्स् कि छोड्दैनस् भन्दै लात्तीलात्तीले हाने।' उनको आफ्नै जग्गा पनि छ। तर छोराछोरीसँग जग्गा विवाद भएपछि उनले नजिकैको खाली ऐलानी जाग्गामा घर बनाउन लागेका थिए। त्यहीबेला माओवादीका कार्यकर्ता आएर उनलाई कूटपिट गरेका हुन्। 'यो जग्गा छोड्छस् कि छोड्दैनस् भन्दै कुटे' आफनो शरीरभरी चोटका डाम देखाएर रुदैं गरेका कामीले भने 'लौ अब त मर्छस् भन्दै घोप्टो पर्न लगाएर गर्धनमा उल्टो खुर्पाले हाने।' 'जमीन नछाडे मार्छौ' उनीहरुले ती वृद्ध कामीलाई रुखको फेदमा उभ्याएर लात्तीले भकुरेका थिए। 'कहाँ हाने कहाँ, पत्तै भएन' उनले भने, 'म बुढोलाई मारेर के पाउँछौं भनेँ तर किन सुन्थेँ र मैले घर बनाउन काठ काटिरहेको खुर्पा पनि खोसिदिए, त्यसैले हिर्काए।' उनी कम्मरमा खुर्पा राख्ने खुर्पेटो भिरेरै अस्पताल आइपुगेका थिए। 'म पल्टेको थिएँ, बसका ड्राइभर खलासीले यहाँ(अस्पताल)सम्म ल्याइदिए' उनले भने। यसैबीच कामीले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा माओवादी कार्यकर्ता मानबहादुर बुढा र चित्रबहादुर थापाविरुद्ध आफूमाथि कुटपिट गरेको भन्दै किटानी जाहेरी दिएका छन्। प्रहरीले ती दुई युवाहरुलाई पक्राउ पनि गरिसकेको छ। उनी कांग्रेसका पुराना सक्रिय कार्यकर्ता हुन् । माओवादीको स्थानीय नेतृत्वले भने राजनीतिक पूर्वाग्रहबाट नभइ गाउँघरको विवादमा सामान्य हातपात गरेको बताएको छ। माओवादीका हापुर गाविस इन्चार्ज राजु नेपालीले घरजग्गाको विषयमा विवाद मिलाइदिन गएका माओवादी कार्यकर्तालाई कामीले तल्लोस्तरको शव्दमा गालीगलौज गरेपछि सामान्य हातपात गरेको बताए। तस्वीर : माओवादी कार्यकर्ताको कुटाईले घाइते भएका २७ वर्षीय वृद्ध लछे चुनारा कामी। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

nepal_rocker · May 16, 2010 8:12 PM · 19,481 views

6 Replies

Maoist are still acting like Taliwan. Stop it .

sajhako sahilo · May 16, 2010 8:31 PM

@ sajhako sailo: what do you mean "still"? the maoists were barbaric, are barbaric, and will continue to be barbaric. @ to all maobadi supporters: at this rate of lunacy they have embarked upon, i do not see any reason to think why they will change their behavior. you think a bunch of lunatics who were raised in the jungle, whose leaders have not been exposed to the healthy notion of dissent and debate will change their behavior? there are good ways to resolve a dispute than peck someone with a sickle or a knife. grow up maobadi morons! no second thoughts about it. their ideas were relevant a century ago. grow up guys, you guys are caught up in a time warp. let the innocent people in the countryside live lives they want to in their own means and ways. do not force your ideas on them. Last edited: 16-May-10 08:54 PM Last edited: 16-May-10 08:56 PM

kailo · May 16, 2010 8:53 PM

what u can expect from the animals. even the animals are better than the so called maoist. 

village · May 16, 2010 9:03 PM

मदेश तिर छिर्न सक्दैनन, २-४ पैसा भएका सँग हप्ता मागेर लुला लङ्गडा र असहाय लाई कुट पिट । कुनै दिन त्यस्तो पनि आउँला यिनी हरुलाई जनताले हप्ता मग्ने अनी काम लागाउने।

Syanjali · May 16, 2010 9:28 PM

Pray for him and his family, their safety like all other Nepalese who are facing the atrocities committed by the extremists in a name of change and revolution. I hope the wrong ideology at the wrong time will be defeated forever by the peace loving people to install lasting peace in Nepal. This is my wish and and hope Nepalese shall be left to live in peace.

ChitraP · May 16, 2010 9:40 PM

Normal 0 false false false MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} How revolutionary and brave of these Maoist terrorists!

Syangjali Magar · May 17, 2010 5:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all