देश बेच्न लागे झारेहरुले

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

देश बेच्न लागे झारेहरुले   कुनैपनी स्वाभिमानी नेपालीको यो शिर्षक देख्नेवित्तिकै रगत नतातिनुलाई म अस्वभाविक ठान्दिन । तर यस कुरा हामीलाई पचाउन निक्कै गाह्रो भैरहेको छ । जस्तै व्यस्तताका वावजुद्पनी म mysansar.com, साझा.कम  जस्ता समाचारमुलक साइटहरु हेर्न भ्याइरहेको हुन्छु । विडम्वनाको कुरा नै मान्नुपर्छ २०१० may ११ को कान्तिपुर आज हेरेपछी मेरो मन चसक्क बिझ्यो । सामाग्री थियो उही भारतले बनाइरहेको नक्कली लुम्बिनी । अपसोच यो लुम्बिनी नेपालमा पर्छ जहाँ भगवान बुद्ध जन्मेका थिए र भारती लुम्बिनी नक्कली हो भनेर संसारभर सन्देश फैलाउनुपर्ने हाम्रो नेपालको पर्यटन बोर्डले त उल्टै पुरा नेपाललाई भारतमा गाभेर सम्पूर्ण लुम्बिनी, कपिल्बस्तु, रामग्राम भारतमा पर्ने नक्सा राखेको छ। हामी जहिलेपनी नेपालविरुद्धको भारतीय विस्तारवादको कुरा गर्छौ तर यस्तो सम्बेदनशील कुरामा देशका टाउकेभनाउदाहरुले यसरी गती छाडेपछी आफ्नाद्वारा आफ्नमै सुनुयोजित षड्यन्त्रको आभास हुनु कुनै नौलो कुरा होइन। अनी यो बेला चाहिँ भारतीय प्रभुहरुको आशिर्वाद नचाहने हाम्रा कमरेडहरुको देशभक्ती कता गयो। छ छ दिन देश ठप्प पारीयो तर त्यस सुचना विरुद्ध न त YCL ले पर्यटन बोर्ड अगाडि टाएर बालेकोनै देखियो न सुप्रिमो प्रचन्डले केही खन्डन गरिएकोनै सुनियो । नेताहरुलाई देशको माया छैन साथी हो , केवल कुर्सीको छ । त्यसैले आफ्नो देशको स्वाधिन्तको रक्षाको लागि अब स्वयं जनता नै लागिपर्नु पर्छ । सबलाई चेतना भया ।।                                          

birkrishna · May 13, 2010 9:22 PM · 761 views

6 Replies

what do you talking about man, some people already sold the county and lived here in denvr, colorado so, please mister or sister do you know about Shyam and Shanti Shrestha..... you should meet with them them you don't have to say jaare to other people

amarshing gurung · May 13, 2010 10:49 PM

what do you talking about man, some people already sold the county and lived here in denvr, colorado so, please mister or sister do you know about Shyam and Shanti Shrestha.....   you should meet with them them you don't have to say jaare to other people   

amarshing gurung · May 13, 2010 10:51 PM

if someone is misusing greencard sponsorship and screwing people up then you need to report such incidents to FBI, Police, ICE etc. There is no point coming to sajha and bashing on them..

pshrestha78 · May 14, 2010 1:06 AM

अमरसिंह ब्रो लाई त्यो दुईजानाले सारई सताए जस्तो छ I  यहाँ के कुरा भैराखेको छ तिमी के कुरा गर्छौ यदि तिमीलाई तेस्तै गारो भाको छ भने पोलिसमा रिपोर्ट गरन I    यो माओबादी वाईसी यल  यिनीहरु सबै चोर हुन, जनता जनता भडकायेरा देश फुटाउने I यिनीहरु त खाली तेहि कुर्सिकै लागी मात्र लड़ने हुन,  देश जाये भाडमें I अमरसिंह ब्रो इल्लीगल हो क्या पुलिस कोमा जान यति सारो डरायेको, पीर लिन पर्दैन कोलोराडोमा  अनुहार हेरेर स्ताटस चेक गरदैन I जय नेपाल

061 · May 14, 2010 2:32 AM

पैसा र सत्ता भए पुग्छ, किन चिन्ता देसको यिनिहरुलाई ।

syanjali · May 14, 2010 7:23 AM

Lack of ethics at large, not only with political parties and leader, is the main issue in my view...

newlynew · May 14, 2010 7:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all