३५ वर्षपछि 'बेहुलाबेहुली' को पुनर्मिलन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

३५ वर्षपछि 'बेहुलाबेहुली' को पुनर्मिलन धनकुटा, वैशाख २७ -  विवाह भएको ४ दिनमा पतिसँग बिछोडिएकी उनले साढे तीन दशकपछि पुनर्मिलन हुन्छ भन्ने कल्पनासमेत गरेकी थिइनन् । पतिको आगमनमा आस गरेकी उनले वर्षौ बिछोडमा भोगेको पीडा र आँसुको कथा उनले पतिलाई बल्ल सुनाउन पाएकी छन् । ३५ वर्षअघि बिछोड भएका विराटनगरका केदारप्रसाद न्यौपाने र कमलाको बल्ल धनकुटाको विश्रान्तिस्थित वृद्धाश्रममा पुनर्मिलन भएको छ । विवाह गरेको चार दिनमा धार्मिक विधिअनुसार चतुर्थी गरेको दिन केदार बेपत्ता भएका थिए । सँगै सुतेका पति बिहान ओच्छ्यानबाटै बेपत्ता हुँदा कमलाले चिन्ता र व्याकुलतामा कयौं दिनरात बिताउनु परेको उनले बताइन् । बेहुला अवस्थामा बेपत्ता भएका पतिसँग अघिल्लो महिना पहिलो भेट हुँदा उनले चिन्नसमेत सकिनन् । १६ वर्ष आफ्नै पतिको घरमा बिताएकी कमला त्यसपछि माइती संखुवासभा मादीमा बस्दै आएकी थिइन् । लामो समय माइती बस्दा कुरा काट्ने डरले उनले विकल्पको खोजीमा वृद्धाश्रम रोजेको बताइन् । कमला आफ्नी आमा पार्वता दाहालसँग २६ वर्षदेखि यहाँ बस्दै आएकी छन् । अघिल्लो वर्ष वृद्धाश्रमबारे जानकारी दिन आएका एक वृद्धसँग भेटघाट हुँदा नाम ठेगानाका आधारमा पति भएको शंकासमेत भएपनि उनले अनुहारबाट चिन्न सकिनन् । तर पुनः विश्रान्ति वृद्धाश्रममा बस्न अघिल्लो महिना आएपछि उनीहरूबीच पुनर्मिलन भएको हो । पहिले फोटो खिच्ने चलन थिएन, तन्नेरी बेहुला अवस्थामा बिछोडिनुभएका उहाँलाई वर्षौंपछि भेट हुँदा चिन्ने कुरै भएन, उनले अघिल्लो महिना भेट हुँदाको स्मरण गर्दै भनिन्, वृद्धाश्रम आएको केही दिनमा मात्र पति भएको देवरले भनेपछि थाहा पाएँ । आमाको सानैमा मृत्यु भएपछि बाबुले सौतेनी आमा ल्याएकाले निकै हैरानी खेप्दै आएका केदारले करकापले कमलासँग विवाह गर्नुपरेको सुनाए । भर्खरै विवाह गरेकी पत्नीका अगाडि सौतेनी आमाले दुव्र्यवहार गरिन्, नरमाइलो लाग्यो, उनले भने, सौतेनी आमाको रुखो व्यवहारले घर र परिवार छोडेर भारततर्फ लागेको थिएँ । लामो समय भारतमा बस्दै आएका केदारले वृद्धावस्था वृद्धाश्रममा बिताउने चाहनाले त्यहाँ आएका थिए । त्यसरी बिछोडिएका उनीहरूबीच वृद्धाश्रममा अप्रत्याशित पुनर्मिलन भएको छ । कमला वृद्धाश्रमकी पुरानो स्वयम्सेविका हुन् । उनले वृद्धवृद्धाको स्वास्थ्य र सरसफाइबारे ध्यान दिने मुख्य काम गर्दै आएकी छन् । त्यहाँ हाल २९ वृद्धवृद्धा रहेका छन् । सबैकी साझा छोरीका रूपमा कमला रहेकी छिन् । उनीसँगै बस्दै आएकी १०४ वषर्ीया आमा पार्वतापछि पति पनि थपिएका छन् ।

Neal H · May 13, 2010 9:16 PM · 10,356 views

2 Replies

यो कथाले नेपाली को ब्यथा सङै नपुङ्सकता पनि जनाउछ । He should not be running away leaving her alone. 

syanjali · May 15, 2010 5:00 PM

sabai Nepali layee kina dosh ni?

pshrestha78 · May 16, 2010 2:00 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all