पूर्वएआइजी चोरीको गाडीमा 12/05/2010 03:07:00 विनोद न्यौपाने Font size: नयाँ पत्रिका काठमाडौं, २८ वैशाख नेपाल प्रहरीका एक पूर्वउच्चअधिकृत नै चोरीको गाडी चढ्ने गरेको खुलासा भएको छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रमेश श्रेष्ठले चढ्ने गरेको चोरीको जिप प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो खुलासा भएको हो । श्रेष्ठले लामो समयदेखि चढ्दै आएको बा५च ४४०८ नम्बरको कलेजी रङको गाडीलाई प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो । चोरीको गाडीमा राखिएको नम्बरसमेत नक्कली रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसपी रमेश खरेलले डिल्लीबजारबाट गाडीलाई नियन्त्रणमा लिइएको बताए । डिल्लीबजारमा चोरीको गाडी रहेको सूचना पाएपछि प्रहरी परिसरबाट खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको थियो । तर, प्रहरी परिसर प्रमुख खरेलले भने 'बेवारिसे' गाडी नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको बताए । तर, उक्त गाडी पूर्वएआइजी श्रेष्ठले प्रयोग गरेको बारेमा आफूलाई जानकारी नभएको उनले बताए । 'बेवारिसे गाडी नियन्त्रणमा लिइएको हो,' खरेलले भने, 'गाडी चोरीको हो भन्ने पत्ता लागे पनि कसले प्रयोग गथ्र्यो भन्ने थाहा भएको छैन ।' केही दिनदेखि बेवारिसे अवस्थामा गाडी रहेको सूचना पाएपछि आफूहरूले गाडीलाई नियन्त्रणमा लिएको खरेलले बताए । 'गाडी बेवारिसे हो भन्ने जानकारी आएपछि पार्किङ गरिराखेको ठाउँबाट हामीले 'मास्टर कि' प्रयोग गरेर गाडी ल्याएका हौँ,' उनले भने । प्रहरीस्रोतका अनुसार श्रेष्ठले एक वर्षअघि अवकाश पाएपछि चोरीको गाडी प्रयोग गर्न थालेका हुन् । गाडी चलाउन उनले चालकसमेत राखेका थिए । चालक नेपाल प्रहरीका बहालवाला जागिरे हुन् । चालक प्रहरी भएको थाहा पाएपछि उनलाई छाडिएको स्रोतले बताएको छ । चोरीको गाडी बचाउन पूर्वएआईजी श्रेष्ठले अवकाश पाएपछि पनि प्रहरी कर्मचारी मगाएका थिए । उनको आग्रहमा प्रहरी प्रधान कार्यालयले एक प्रहरी कर्मचारीलाई चालकको रूपमा पठाएको थियो । गाडीसँगै समातिएका चालकले 'यो गाडी एआइजीसा'बको हो' भन्दै गाडी र आफूलाई छाडिदिन आग्रह गरेका थिए । तर, प्रहरीले गाडी नियन्त्रणमा लिएर चालकलाई मात्र छाडिदिएको छ । श्रेष्ठ आफैँले पनि उक्त गाडी प्रयोग गर्ने गरेको स्विकारेका छन् । 'मैले कहिलेकाहीँ त्यो गाडी चढेको हुँ,' श्रेष्ठले नयाँ पत्रिकासँग भने, 'तर, सधैँ प्रयोग गरेको छैन ।' कहिलेकाहीँ चढ्दैमा चोरीको गाडी प्रयोग गरेको भन्न नमिल्ने उनको भनाइ थियो । 'मेरो आफ्नै गाडी छ,' उनले भने, 'कहिलेकाहीँ चढ्दैमा चोरीको गाडी प्रयोग गर्यो भन्न मिल्दैन ।' आफूले गाडी बेवारिसे र कागजपत्र नभएको जानकारी पाएपछि प्रहरीलाई खबर गरेर गाडी समात्न लगाएको उनले बताए । उनले भने, 'गाडीको कागजपत्र नभएको र बेवारिसे भएको थाहा पाएपछि मैले नै समाउन भनेको हुँ ।' आफूले अवकाश पाएपछि मात्रै उक्त गाडी चढेको श्रेष्ठले बताए । उनले चिनेजानेको मान्छेले उक्त गाडी प्रयोग गर्न दिएको बताउँदै श्रेष्ठले ती व्यक्तिको नामचाहिँ खुलाउन चाहेनन् । 'गाडी कसले दिएको थियो, त्यो चाहिँ नभनौँ,' उनले भने ।
timer · May 12, 2010 11:35 AM · 1,917 views
Only in Nepal 'मैले कहिलेकाहीँ त्यो गाडी चढेको हुँ,' श्रेष्ठले नयाँ पत्रिकासँग भने, 'तर, सधैँ प्रयोग गरेको छैन ।' कहिलेकाहीँ चढ्दैमा चोरीको गाडी प्रयोग गरेको भन्न नमिल्ने उनको भनाइ थियो। ------------- Uso bhaya ke bhanne ta tero bauko khun pashinaale kineko bhanne ta? Kasto bhate raicha yo AIG.. YCL banna fit raicha yo pani.
newlynew · May 12, 2010 12:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion