Madhav Kumar Nepal must tell to Nepali People,PM post is important or country?,

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उद्योगी-व्यवसायीसँग प्रधानमन्त्रीको दुई शर्त/'आजै दाहाललाई पत्र पठाउछु' कान्तिपुर संवाददाता                     काठमाडौ, वैशाख २६ - सरकार प्रमुखको हैसियतले राजनीतिक समस्याको निकास निकाल्न अनुरोध गर्न पुगेका उद्योगी-व्यवसायीलाई प्रधानमन्त्री माधवकुमार नेपालले दुई शर्त राखेका छन् ।   'विगतको सम्झौता पालना गर्न लगाउनुस । सेना र अर्ध सैनिक संरचनाको अन्त्य गर्न लगाउनुस । यि दुई कुरा माओवादीलाई गर्न लगाउने जिम्मा लिनुस ।  समाधान दिन  तयार छु ।' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सरकार प्रमुखकको हैसियतले राजनीतिक समस्याको समाधान गर्न अनुरोध गरेपछि प्रधानमन्त्रीले भने, 'यी दुई कुरा पूरा भए अरु दलको जिम्मा म लिन्छु । समस्या समाधानको बाटो खुल्छ ।' जोशीले माओवादीले आम हड्ताल फिर्ता लिए प्रधानमन्त्रीले राजीनामा दिने कुरा आफूहरुले सुनेको नेपाललाई बताए लगत्तै उनले राजीनामाको कुरै नउठेको दाबी समेत गरे । जोशीले माओवादीले बल सरकारको कोर्टमा छ भनेकाले प्रधानमन्त्रीले छिटो सहमतिको बातावरण बनाउन अनुरोध गरेका थिए । उनले मुलुक भयानक दुर्घटनामा फस्ने सम्भावना देखिएको भन्दै त्यो अकल्पनीय दुर्घटनाबाट ब्यापार-व्यवसाय मात्र नभइ मुलुककै भविष्यमा प्रश्न उठेको प्रधानमन्त्रीलाई सुनाएका थिए । तर प्रधानमन्त्रीले माओवादीले सहमतिको कुरा गरेर धम्की र हिंशाको तरिका अपनाएको भन्दै माओवादीले दलहरुको विश्वास जित्नुपर्ने बताएका थिए । उनले शिविरमा रहेका माओवादी लडाकुहरुलाई राज्यले सधै पालिरहन नसक्ने भन्दै ब्यवसायीहरुलाई ब्यंग समेत गरे । उनले भने, 'कि उनीहरुलाई पाल्ने ,राख्ने जिम्मा तपाईहरु लिनुस । उनीहरुको लागि उद्योग छुट्याउनुस ।' जवाफमा जोशीले सहमति बने उनीहरुलाई रोजगारको व्यवस्था गर्न उद्योगी-व्यवसायीहरु तयार रहेको बताएका थिए ।प्रधानमन्त्रीले नयाँ यात्रा प्रारम्भ गर्ने हो भने सबै बिषयमा खुल्ला बहस गरेर शक्ति बाँडफाँडमा छलफल गर्न सबै तयार हुनुपर्ने बताए । जोशी सहित उद्योगी- व्यवसायीहरुको एक टोली सहमतिको लागि दवाव दिन आइतबार प्रधानमन्त्री निवास पुगेको थियो ।  यसैबीच राष्ट्रिय समाचार समितिले उक्त भेटमा प्रधानमन्त्रीले आजै आफूले विपक्षी दलका नेता पुष्पकमल दाहाललाई पत्र पठाएरै वार्ता र सहमतिबाट समस्या समाधान गर्न आग्रह गर्ने जानकारी गराएको उल्लेख गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार कुनै पनि समस्याको समाधान संसदभित्रबाट खोज्नुपर्नेमा जोड दिदै प्रधानमन्त्री नेपालले सडकका अगाडि आफूले घुँडा नटेक्ने स्पष्ट पारे । 'हामी मुठभेडमा जान चाहादैनौ'- प्रधानमन्त्री नेपालले भने 'यदि चाहेको भए बल प्रयोग गर्न सकिन्थ्यो होला । भीड पन्छाएर सिंहदरबार जान सकिन्थ्यो होला । तर, मैले मन्त्रीहरूलाई भने- 'बरु बिहानै जानूस्, मन्त्रालयमै बस्नूस् वा निवासमै बस्नूस् । तर, मुठभेड नगर्नूहोस् । त्यसलाई प्रतिष्ठाको विषय बनाउनु हुादैन । मैले मुठभेड रोक्न यस्तो निर्देशन दिएको हुँ ।'  

chanty399 · May 9, 2010 5:06 AM · 10,699 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all