समाधान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वतमान राजनैतिक निकासका लागि आवश्यकता र समस्या दुइ कुरा छन्। अहिलेको आवश्यकता भनेको शान्ति प्रक्रिया र संविधान लेखन हो। समस्या भनेको कुर्सी भइरहेको खिचातानी हो। नेताहरूले कुर्सी सत्ताबाहेक केही नदेख्नु समस्या भएको छ। जनताको नाउँमा आफूले रजाइँ गर्ने सोचमात्र भएकाले समाधान हुन सकेको छैन। सबै नेता सहमति-सहमति भनिरहेका छन्। सहमति भनेको सुन्दा-सुन्दा छाती फुट्ला जस्तो भइसकेको छ। सहमति भनिरहने तर कहिले सहमति नहुने भएको देख्दा नेताहरूले सहमति भनेकै नबुझेको हो कि जस्तो लागेको छ। नेताहरूले कि त सहमति खोज्नुपर्यो कि त महमतिमा जानुपर्यो। महमति भनेको म र हरिवंश मिलेजस्तो हो। महजोडी भएर काम गर्न थालेको ३१ वर्षभयो। मान्छेमा एक जनामा त द्वन्द्व हुन्छ भने हामी त दुइ जना छौं। हामीभित्र पनि स्पर्धा छ, एक अर्कालाई पटक्कै मन नपर्ने बानी व्यहोरा छन्। तर माया छ, सल्लाह छ, अभिभावकत्व छ। एक अर्कालाई मन नपर्ने कुरामा पनि सहिदिने क्षमता छ। त्यसैले हामी ३१ वर्षेखि लगातार सँगै बसेर काम गर्न सफल भएका छौं। महमति भनेको समझदारी र सम्झौता हो। नेताहरू महमतिमा आइदिए भने अहिलेको समस्याको निकास निस्कन्छ। आ-आफनो हठमा नबस्ने, कम्परमाइज गर्ने, जुन पार्टर्ीीढी परिपक्व छ, उसले हारेर होइन, हारिदिएर जित्न जान्नर्ुपर्छ। पद, कर्ुर्सर्ीीेह, शक्तिमोह त्यागेर जनतामोह, जनता पनि आफनो पार्टी लागेका जनतामात्र होइन, आमजनतालाई सोचेर समझदारीमा आयो भने कुरा मिल्छ। अहिलेको राजनैतिक समस्यामाथि पार्टीबीच वार्ता भइरहे पनि दाउपेच बढी भएकाले आ-आफनो स्वार्थमा खेल भइरहेकाले निकास निस्कन नसकेको हो। हामी कुनै पार्टी छैनौं। कुनै पक्ष नलिई भन्नुपर्दा सहमति वा महमतिबाट निकास निकाल्नुको सम्भावना छैन। हरिवंश र ममध्ये एकजना प्रधानमन्त्री र एकजना प्रचण्ड भइदिएको भए एकछिनमा सबै कुरा मिल्थ्यो। हामी पनि प्रजातन्त्र प्राप्ति र यसको प्राप्तिपछि त्यसलाई स्थापित गर्ने काममा लाग्यौं। त्यो बेला अब राजतन्त्र पुग्यो, जनताको शासन चाहिन्छ भनेर हामी लागेका थियौं। त्यो समयमा कुनै करकाप, डर-धाक, धम्कीबिना बौद्धिक वर्ग पनि स्वतःस्फूर्तरूपमा आन्दोलनमा आएका थिए आफनो हकका लागि। अहिलेको समस्या पनि लम्बियो भने बौद्धिक वर्ग शान्ति जुलुसको रूपमा पार्टर्ीीलाई मिल्नका लागि दबाब दिन तटस्थ भएर आउँछ, हामी पनि आउँछौ। आउने सुरसार पनि भइसकेको छ। कुनै पनि देशको विकासका लागि उद्योगधन्दा बढाउनतिर लाग्नुपर्छ। जनता जुलुसमा आउँछन्, ती जनतालाई मन्त्री, प्रधानमन्त्री बन्नु छैन। पदमा पुग्नका लागि नभई ती जनता गाँस, बास र कपासका लागि कसको पछि लागेर हुन्छ आन्दोलनमा आउँछन्। तर गाँस, बास र कपास जुटाउने उद्योग कलकारखानामा बन्द, हडताल, तालाबन्दी गरेर नेताहरूले जनताकै पेटमा लात हानिरहेका छन्। यसलाई हर्ेदा नेताहरूलाई उद्योगधन्दा कसरी चल्छ भन्ने नै थाहा नभए जस्तो लाग्छ।

timi_mero_sathi · May 7, 2010 2:51 PM · 2,485 views

2 Replies

पहिलो लेख मदनकृष्ण को लौ पढौ अर्को दुबै  लेख को श्रोत http://www.newsofnepal.com देश र जनतालाई जेलमुक्त गरः हरिवंश अहिलेको राजनैतिक निकासका लागि माओवादीले देशको भौगोलिक अवस्था हेरेर लोकतान्त्रिक बहुलबादमा रहेर उसको लिखित कमिटमेन्ट दिनुपर्छ। लोकतन्त्रमा माओवादी, कांग्रेस, एमालेलगायत सबै पार्टी तपाईं हामी सबैको सिद्धान्त अटाउँछ। अर्को कुरा सेना समायोजनमा माओवादी सेनामा पनि नेपालीकै छोरा भएकाले उनीहरूलाई पनि नेपालको माया छ। त्यसैले उनीहरूलाई पनि धेरै शंका नगरी एक-दुइ हजार नेपाली सेनामा, चार-पाँच हजार प्रहरीमा, दुइ-चार हजार सशस्त्रमा र बाँकी रहेका माओवादी सेनालाई उनीहरूले चाहेको पेसामा यति दिनभित्र संयोजन गर्ने भनेर २२ दलको लिखित प्रतिबद्धता आउनुपर्छ। प्रधामन्त्रीले आफू निकासको बाधक बन्दिन भनिसक्नुभएको छ। निर्धारित मितिमा संविधान नबन्ने भएपछि संविधानसभाको समय थप्न परिगो। छ महिनाभित्र अनिवार्य बहुदलीय लोकतान्त्रिक संविधान निर्माण गर्ने भनेर र्सवदलीय लिखित प्रतिबद्धता पनि आउनर्ुपर्छ। यति भइसकेपछि प्रधानमन्त्रीले राजीनामा दिनर्ुपर्छ, माओवादीले आम हडताल फिर्ता लिनुपर्छ। गर्ने नै हो भने यी सबै कुरा दुइ घण्टाभित्र हुनसक्छ। तर नेताहरूले मनमा राख्नुपर्ने छ कि म मेरो सिद्धान्त, पार्टर्ीीपरिवारभन्दा ठूलो देश हो। देश र जनतालाई दुःख दिन्न भन्ने महसुस गर्नुपर्छ। यति भयो भने समस्या समाधान र निकासा ठूलो कुरा होइन। अहिले यी कुरामा गणितीय हिसाबमा नगई समस्या सहमतिका आधारमा जानुपर्छ। सरकार निर्माणका लागि भने संसदीय प्रक्रियाले अगाडि बढ्नुपर्छ। निकासका लागि विभिन्न संघ-संस्थँबाट पहल र दबाबमूलक कार्यक्रम भइरहेको छ। उद्योग वाणिज्य महासंघले फेरि पनि दबाबमूलक कार्यक्रम गर्दै छ। जसमा हामीलाई पनि बोलाइएको छ। त्यहाँ हामीले राख्ने कुरा अथवा निकासका लागि हाम्रो सूत्र यही हुनेछ। यतिखेर सबै दलले देश, जनता, जनताको आस्था, विचार, रोजगार सबै कुरालाई बन्दी बनाइरहेका छन्। यसबाट जेलमुक्त हुनका लागि सबै दललाई नेपाल आमाको कसम खुवाएर सामूहिक दबाब दिनुपर्छ।

timi_mero_sathi · May 7, 2010 3:25 PM

Madan Krishna ra Hari Bansha le euta party kholna paryo... Euta alternative force. Yo party mandale/ycl ko bharma hoina, buddhijibi ko buddhi le chalos. Ahile ko party haru ta sab daakaa haru bhaihale...

newlynew · May 7, 2010 3:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all