सडकको फोहर कसले सफा गर्ने ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सर्वसाधारणलाइ अचाक्ली दु:ख दिन थोपरेको माओबादी अनिश्चितकालिन हड्ताल - फुस्सा भयो । सोझासाझा "जनता" (ती सर्वसाधारण हैनन, "जनता" हुन है)को घोडा चढेर प्रधानमन्त्री बन्ने सपनाको बेलुनमा हिजो खुसुक्क गएर सुदले काँनेर प्वाल पार्देछन, प्रचण्ड महाराजको बोलि नै बन्द । आज एकाएक आन्दोलन स्थगित । हुन त यो आन्दोलन यतिकै सकिन्छ भनेर मलाइ अप्रिल २८-३० तिरै लाग्या थ्यो । १-२ साथिभाइ र घरपरिवारमा कुरा गर्या नि हो - यो आन्दोलन २-४ दिनभन्दा बढी जाँदैन भनेर भन्या नि हो । साझामा लेखुँ लेखुँ जस्तो लाग्या नि हो । फेरी यतिकै के के मा भुलियो, लेखिएन । किन छिटै सकिन्छ जस्तो लागेको भन्दा खेरी, त्यो चाहि माओबादीले अचाक्ली उठाएको चन्दा हो । चालामाला देखियो - तिनीहरु नि आखिर पैसाकै लागि त रैछन । नेपालमा अचेल १-२-३नम्बरी काम गरेर पैसा कमाउने सबै माओबादीको ओत लाग्दा रहेछन । इमान्दारहरु त्यैको पुराना कमरेडहरुनि धमाधम पाखा लाग्दै र'छन । तर के भएर हो कुन्नि यो ३-४ महिना चाहि पैसा उठ्न छोड्यो अरे । घरजग्गा - ठेका पट्टातिरको कमिशन नि आउन कम भयो होला, वाइस्याललाइ पहिला जस्तो टेर्न नि छोड्यो होला । लाख जना भन्दा बढी वाइस्याल र तिनका आश्रितलाइ पाल्नु पर्यो, नेताहरुलाइ पजेरो, बलेरो चढ्नु पर्यो, ५-तारे होटल फेरी फेरी चियाचमेना गर्नु पर्यो, पैसो छिटछिटो सक्कियो होला, अनि गर्नु परेन त चन्दा संकलन, गर्नु परेन त आन्दोलन ? यसपाली २ अरब भन्दा बढी उठा'का छन अरे । स-साना पसलमा समेत, चामल पसल भए ५-किलो चामल, मासु पसलमा ५-किलो मासु, जहाँ जे छ उठाका र'छन । २-टा ३-टा खापा भ'को अलि ठुलो पसल देख्नासाथ ४०,००० चन्दा चाहियो भन्दा र'छन । डर त्रासका मारे चन्दा संकलन त ब्यापकै भएछ नि । पैसो उठेपछि अलिकति इज्जत बचा'र निहुरमुण्टी लाउनी होला जस्तो लाग्या चै हो है । हिसाब किताव अनुसार स-साना अल्मलाउनी आन्दोलन चै हुँदै गर्लान, तर चन्दा आन्दोलन अब ६-८ महिनालाइ हुँदैन, त्यसपछि फेरी शुरु होला, - यो चै मेरो अनुमान मात्तै हो है । मलाइ खसखस लाग्या कुरो चै के भन्देखुन - ५ लाख मान्छे सडकमा ६-दिन उतारेका अरे । ५-लाख अलि बढी होला, मानुँ ३-लाख नै थिए अरे । तिनका सुत्ने ठाम त कता कता मिलाका थिए क्यार तर खाने बस्ने टट्टी गर्ने त सडक किनारै हो । १‍-जनाले दिनको २ लिटर सु-सु र आधा-किलो टट्टी मात्रै गरे नि कति भो ? ३६ लाख लिटर सु-सु, ९-लाख किलो टट्टी, यो सबै सडकबाट सफा गर्न त्यै प्रचण्डेलाइ लगाउनु परो । तिनले खाएर फ्याँकेका खाना, कागजका टुक्राटाक्री, थुक, चुँडिएका त्यागिएका जुत्ता चप्पल, वाइवाइको खोल, प्लास्टीकको झोला, पातको थाली, खाना पकाउने बालेको दाउराको खरानी, अर्ध जलेको दाउराको टुक्राटाक्री, ओ हो ओ हो, यो सबै फोहर कति होला ? यस्ता फोहर सामान्यत टट्टीको ३ गुणा हुन्छ, याने कि २७ लाख किलो । ढुंगामुढा, झण्डाको डण्डा, कपडा, पर्चाको कागज, मञ्च बनाउन प्रयोग गरी फ्याँकेको सामान, आदिको हिसाब त अझै गरेकै छैन । यो हिसाबले हेर्दा अहिले सडक अत्यन्तै फोहर छ । यो फोहर कसले सफा गर्ने ?

chanaa_tarkaari · May 7, 2010 2:31 PM · 3,456 views

5 Replies

मैले त भनेकै हो| http://www.sajha.com/sajha/htm... जहाँ सम्मन यि भतुवाहरुको गु: सफा गर्ने कुरा छ, यस्मा चाँही सम्मनानीय हत्यारा कामरेड श्री ५ प्रचन्ड वीर बिक्रम दाहाल भाते तथा सम्मनानीय जिन्दगीमा कहिलै दोश्रा नभयका नालायक श्री ३ बाबुराम सम्शेर जङ बहादुर खातेलाई नै हात मा कुचो दिए कसो होला| Last edited: 07-May-10 02:50 PM Last edited: 07-May-10 02:51 PM

newlynew · May 7, 2010 2:44 PM

हत्यारा कामरेड श्री ५ प्रचन्ड वीर बिक्रम दाहाल भाते and नालायक श्री ३ बाबुराम सम्शेर जङ बहादुर भाते hahaha nice one newlynew!! that was brilliant!

CyLegend · May 7, 2010 2:53 PM

चना दाई, आम हडताल देखेर, भोगेर भर्खर फर्केको छुं। अझै समयान्तरले गर्दा अनिदो छु । भोली पर्सी तिर बिस्तारै जंगलीहरुले दिएको दु:खको बेलिबिस्तार लगाउने नै छु । दिन दिनै बिरामी लडाकुहरुको संख्या बढेर सडकमा हत्याराहरुका सरदार प्रचन्ड, मतियार बाबुराम र रफुमास्टर नारायण काजी मात्र बाँकी रहने थियो । मलाई लाग्छ, अहिले को सरकार नेपाल को ईतिहास मै सबै भन्दा नालयक र निकम्मा सरकार हो । र पनि माकुने सरकारले रजिनामा दिनु हुन्न भन्ने हरकोइ को धारणा थियो। बिधीलाई न मान्ने, लठैतहरुलाई परेड खेलाएर सत्ता कब्जा गर्ने दुस्वप्न देखे। अहिले तिरिमिरी झ्याइ देखे ।

rahulvai · May 7, 2010 3:04 PM

कि माइसन्सारका घोर्बेज्जत पाखेद्वय उमेश र उत्तम श्रेष्ठबन्धुहरुलाई  लाउने आछी सोहर्न काठमाडौंका सडकबाट!!! यस्तो बकम्फुसे लेख http://www.mysansar.com/archiv... लेख्ने र छाप्नेलाई यही सजाए उपयुक्त होला जस्तो लाग्यो मलाई|

newlynew · May 7, 2010 3:57 PM

हा हा हा हा यच "समाचार को बूमेरङ" मेरो तुन्तुरो जस्तो बूमेरङ बम बन्दुक लाई मकै भन्दो रहेछ यो खाते श्रेष्ठ बन्धु हरु अब पुछर लुकाएर कहाँ भागदो रहेछ

sYaKuuRiolAKU_nchImb · May 7, 2010 4:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all