आमा आमा भन्दै म अन्तिम सास फेर्छु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आमा आमा भन्दै म अन्तिम सास फेर्छु    यस्तो अन्योलका बिच के कुराको चाहिँ ग्यारेन्टी छ र? आजको सम्झौता भोली छैन,आजको मानिस भोली छैन, अनी आजको शान्ती भोली छैन; तर दु:ख पाउने चाहिँ सधैं जनता । यस्तै अनेकौ कुरा मनमा खेल्दै थिए । कदचित म पनि कुनै धनी देशको नागरिक हुदोँ: मेरो देशले पनि अन्तरिक्षमा रकेट पठाउथियो होला, गरीब देश्लाई सहयोग पठाउथियो होला ....... । म त्यो कपोलकल्पित नेपाल टेलिभिजन को १३० तल्ले भवनको ११० तल्लाबाट प्रचन्डले विजयकुमारलाई दिएको अन्तरबार्ता सम्झन्छु अनी अनयासै मेरो मुखबाट खित्का छुट्छ what a joke? देश त्यस्तो सम्पन्न बनाउन त गती पनि त सम्हाल्नु पर्‍यो नि:तेस्ता जङलीहरुले के देश बनाउनु, आफ्ना पोल्टा भर्छन अनी जनता चाहिँ फेरी रित्तै । माओवादी कार्यकर्ता चाहिँ अहिले जसरी मच्चिरहेका छन त्यसरी नै प्रचन्डये र बाबुरामको गुलोमा मच्चिन्छन भोली । नेपाली जनताले देशमा भए पनि दु:ख पाउने बिदेशमा भएपनी । आफुले पढेगुनेको कुरा आफ्नै देशमा प्रयोग गर्ने कत्रो धोको मेरो खाली सपना नै बन्ने भयो । खान नपाउनेहरुले दुई छाक टन्न पेटभरी खान पाउन, र लुगा नभएकाहरुले दुई सरो लुगाले आफ्नो आङ ढाक्नपाउन भन्ने कस्तो सपना थियो मेरो। शायद यस्तै बिचारले होला म आफ्नो masters degree का वावजुद पनि माओवादी हिँसाले गर्दा अमेरिका पलायन हुनुपर्‍यो । तर अमेरिकामा पनि त कहाँ जिन्दगी सजिलो रहेछ र? अनेकौ प्रयास पस्चात एकजना साथीको सहयोगले एउटा ठाउँमा काम पाएँ । यसरी यि सब कुरालाई फेर्केर हेर्दा लाग्छ जिन्दगीको अनेकौ उतार र चढावलाई भोगिसकेको रहेछु मैले। यतीकै म मलाई आफुमाथी चट्याङ प्रहार भएको जस्तो भान भयो । थोरै बेरबेरपछी मलाई थाहा भयो मलाई त गोली प्रहार भएको रहेछ । एकहुल नवजवान युवकहरु मलाई लुट्न आएकारहेछन । मैले आफ्नो मृत्‍युको नाङो टान्डव देखेँ तिनीहरुको आँखामा । निक्कै रगत बगिसकेको म बिरलै होशमा थिएँ । उनिहरु भन्दै थिए,"give me all your मनी"। आफ्नो अधर्यताका कारण होला ममा अर्को गोली चल्छ। मैले आफ्नो जिन्दगीको धागो चुडिँन लागेको भान पाएँ । जती जती मलाई मेरी आमा मृत्‍युको दलदलबाट तान्दै थिए, त्यती त्यती नै झन म मृत्‍युको दलदलमा फस्दैथिएँ । आखिरमा मेरी आमाले मेरो हात गुमाउन पुग्छिन र म सधैंको लागि दलदलमा फस्न पुग्छु । शायद मेरी आमालाई भन्दा पनि तिनिहरुलाई मेरो बढी जरुरी थियोहोला । म अब पृथ्वीबासी रहिँन, म त कुन हो कुन बिरनो देशमा पुगेछु: ढुम्म हुस्सु लगेको र अध्याँरै अध्याँरो ।  म आमा भन्दै चिच्याछु, त्यतीकैमा मेरी आमा निन्द्राबाट चिच्याएर ब्युझिन्छिन । "मैले मेरो छोरालाई बचाउन सकिन, मैले मेरो छोरालाई बचाउन सकिन" ए हजुर एकचोटी छोरालाई फोन गरौँ न, मेरी आमा भन्छिन । आमाको लाख ढिप्पीले केही नलागेपछी बुवा फोन घुमाउन थाल्नुहुन्छ। मेरो फोन उठ्दैन, मेरी प्रेमिकसँग निक्कै झ्याम्मिएका मेरा अबिभावकसँग उनको फोन नम्बर पनि थियो। तर उनको फोनमा पनि फोन उठ्दैन। त्यसपछी मेरो बुवाको मुखपनी रातोपिरो हुनपुग्छ । अहिले फोन उठेन, फेरी भोली बिहान गरौला नि, बुवाले भन्नुभयो । भोलीपल्ट मेरो प्रेमिकाको फोनमा घन्टी बज्छ। छोरी के छ बाबा खबर, हिजो राती कत्ती फोन गरेकोथिए फोन नै उठेन । शोकाकुल मेरी प्रेमिकाले अदम साहस राखी भनी, "बुवा अब राहुल आउन एक हप्ता मात्र बाँकी छ नि तेसैले राहुल अहिले शपिङमा व्यस्त छ बुवा" । "अनी तिमी कहिले आउछौ त बा, यही मौका मिलाई तिम्रो र राहुलको बिहे गरिदिउँ भनेको" । "के छ र बुवा म राहुलकै हुँ, अहिले राहुललाई बिहे गर्ने मन पनि छैन, म उसका लागि एक जनम त के सात जनम पनि कुर्न सक्छु नि" उनिले भनिन। अनी राहुल खोइ त नानी, कुरा गराउन उसँग एक्चोटी । बुवा उस्लाई साह्रै थकाई लगेछ क्यर एकदम मज्जासँग सुतेरहेछ बुवा, मैले कत्ती उठाउने कोशीस गरिसकेँ उठ्दै उठ्दैन बुवा, शायद अब उस्लाई उठ्न धेरै टाईम लाग्छ होला बुवा तर म पर्खिरखेकी छु । यतिकैमा फोन राखेर मेरी नेहा भक्कनिन्छिन । फेरी छ दिनपछी घन्टी बज्छ, "नानी राहुल प्लेन चढ्यो त ? अँ बुवा, र उसँगै उस्का सबै सपनाहरु पनि आउँदैछन--तपाइँहरुलाई अमेरिका घुमाउने सपना, गाउँमा एउटा स्कुल खोल्ने सपना, गाउँका गरीबलाई सहयोग गर्ने सपना, अनेकौ सपना बुवा । तर ति सबै सपना उस्ले आफुसँगै एउटा पर्सालमा ल्याउदैछन बुवा । korean air को फ्लाईट बाट नेपाल पुग्नुपर्ने म सबै फ्लाईट आएपुग्दा समेत नआउँदा निरास भएर मेरा परिवार घर फर्कन जसै ready हुँदैथियो korean एअरका कार्गो बिमानबाट केही luggager हरु आएर भन्छन sir this parcel is for you । आफ्नो छोराले पठाएको पर्साल पहिले आएपुग्यो भनेर पर्साल खोलेकी मेरी आमा मेरो लास देख्ने बित्तिकै मुर्छ पर्छिन । यसरी आज मलाई मेरा सबै सपना छताछुल्ल भए जस्तो लागिरहेछ । लाग्दछ कर्मको खेलमा म  पराजित भएछु । यसरी माओवादीको ज्यादातीले कती नेपाली चेलीको सिन्दुर पुछ्ने र कती कलीला सपनाका गल्हत्याउने । सबैलाई चेतना भया                     SOLIDARITY AGAINST MAOISTS ANARCHISM AND SUPRESSION IN NEPAL                                                                                                                                                                                   

birkrishna · May 7, 2010 12:25 PM · 19,342 views

14 Replies

very nice  and touching article...

babuyadav · May 7, 2010 12:56 PM

Amen..

newlynew · May 7, 2010 1:11 PM

Heart touching article!!!!!this may be the true story for we nepalese.........in AMERICA!!!

dhakha topi · May 7, 2010 1:15 PM

Lets hope none of us have to face this day in U.S... Nice article, couldn't stop my tears :-(

boulevard dreams · May 7, 2010 1:29 PM

BirKrishna Ji li mero hirdhaya dekhi dherai dherai - Namaskar ani Suvhakamana.

STUPIDA · May 7, 2010 1:42 PM

शायद मेरी आमा को आसिर्बद मेरो सिर मा नभएको भये म पनि कुनै जमना मा एही पत्र बन्थे,

raju161 · May 7, 2010 1:46 PM

वीर कृष्ण ज्यु धन्यवाद धेरै राम्रो- मुटु छुने र यथार्थ झल्कने कथा राख्नु भएकोमा 

बिस्टे · May 7, 2010 1:48 PM

Great articles.

Efficient · May 7, 2010 2:49 PM

यस्तो अन्तिम शास फेरेको कामरेड प्रचन्ड बाबुराम जस्ता गुण्डाहरुले थाहा नपाओस, फेरी आएर घाटी थिच्दिन्छ यि भतुवाहरुले|||

newlynew · May 7, 2010 2:55 PM

BirKrishna Ji le ramro article lekhnu bhayo,mann ma nai chasakka  hunee. Article padera lagcha ki this has happened to somebody very close to your heart.

stylish · May 7, 2010 3:53 PM

Well done Balkrisna ji !

Californication · May 7, 2010 4:00 PM

Very Nice!!!!!  Loved it .

love life · May 7, 2010 4:00 PM

thanks all, aba k ta maobadi lai kaatney hoina ta??

birkrishna · May 8, 2010 12:39 AM

kaatne ho kaatne ho................kaatnai parchha...........If every nepalese support me I will be there the first one to stand to kill all the [Disallowed String for - No foul language here]cker politicians

dhakha topi · May 8, 2010 1:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all