सरकार ढाल्न जनशक्ती प्रदर्शन गर्न सक्नेले दशकौंदेखी पिल्सिएको देशमा स्थाइत्व ल्याउन बैचारिक शक्तीको प्रदर्शन गर्न किन नसकेका होलान? शायद बिचार (vision) र नैतिकता भन्ने कुरो भाडामा नपाईने र फोर्सा आश्वासनले बटुल्न नसकिने भएर होला। एक दिनको बन्दले राष्ट्रलाई करिब १.९६ अर्ब बराबरको नोक्सान हुन्छ (Chandan Sapkota: http://myrepublica.com/portal/... माथिको अंकमा लेखकले बन्दको क्रममा भएका भौतिक क्षतीको हिसाब जोडेका छैनन। लौ भौतिक कुराहरु त निस्चित मुल्य तिरेर फेरी पनि बनाउन सकिएला रे, बन्दको क्रममा ज्यान गुमाएका मान्छेको जीवनको मुल्य कती? "शहिद" भन्ने शब्दको तक्मा अनी दश लाख रुपैयाँ? दश लाख रुपैयाँले (यदी पाएको खण्डमा, सबैले पाउँछन नै भन्ने ग्यारेन्टी पनि छैन ) पीडितका परिवारले भोग्नु परेको दिर्घकालिन पिडाको मुल्यलाई न्याय गर्न सक्छ? त्यो भन्दा पनि मेरो मनमा उब्जिएको सबै भन्दा ठलो त्रास चैं के हो भने यस्ता बिध्वङसात्मक बन्दले आम मनिस, बिशेषगरी बालबालिकामा पर्ने नकारात्मक मानसिक प्रभाबको मुल्य कती होला? हाम्रा बा आमा र हामीले बन्द चक्का जाम भन्ने कुरो के हो भनेर एकै समयमा बुझ्यौ। फरक यती मात्रै हो हामीले सानैमा बुझ्यौ, बा आमाले अलिक ढिलो बुझे। सानैदेखी देखेको कुरामा (राम्रो वा नराम्रो) हामी अभ्यस्त हुन्छौं, सामान्य लाग्छ। जसरी घुस दिनु लिनु हाम्रो लागि समाजमा स्थापित सामान्य कुरा हो त्यस्तै अहिलेका बालबालिकालाई झैझगडा, मारकाट, लुटपाट पनि पछी गएर सामान्य लाग्छ तर त्यस्ता कुराहरु सामान्य लाग्ने पुस्ता हुर्किनु भने दुर्भाग्यपूर्ण कुरा हो । त्यस्ता बिक्रितीहरुलाई सामान्य मानेर वा अङालेर हिंड्ने मान्छेहरु बिच कस्तो सामाजिक स्वरुपको बिकास होला? कल्पना गर्दा पनि डर लाग्छ। अनी त्यस्ता पुस्ताले हुर्काएका अर्को पुस्ताको के हाल होला? पहिले हाम्रा पुर्खा इमान्दार र शाहसी भनेर चिनिन्थे, अहिले हामी अस्थिर राजनीतिबाट पीडित भएर पनि केही गर्न नसक्ने गरीब र भेडा जनता भनेर चिनिन्छौं, भोली हाम्रा सन्तानहरु केही मानबीय मुल्य नभएका राक्षस भनेर चिनिनेछन। कतै समाज परिवर्तनको चर्को भाषण गर्दै हिंड्ने हाम्रा नेताहरुको सत्ता मोहको मुल्य नेपाली जनताले पुस्तौं पुस्ता सम्म तिरी रहनु पर्ने त हैन?
nakkali keti · May 7, 2010 10:33 AM · 6,489 views
Totally Agreed. Aile ko samaj yastai bandha ra himsa ma muchine ho bhane BHOLI KA NEPAL le Africa ka kalila bal balika haru ko haat ma banduk KINA HOLAN? .....IRAQ ma manis kina bich bazar mai marchan...... ani manis lai khasi boka kate jasto KINA KATCHAN? bhanera prashna garna chadnechan....... Hey bhagwan, yasto din na-aaos. -daum
daum · May 7, 2010 10:45 AM
yesta neta haru lai belai ma khattam nagarikana aru upaya kehi chaina
grgDai · May 7, 2010 10:47 AM
Perfectly said Nakkali ! नेपाल गृह युद्ध तिर धकेलिदैछ ! भ्रष्ट,दुष्ट नेताहरुको सत्ता मोहका कारण करौडो नेपाली जनताले दु:ख पाइराखेका छन ! नेपालीहरुको बर्तमान र भबिस्य दुवै अन्धकार छ ! "Grab it by hook or by crook" भन्ने भावना कैले त्याग्ने हुन हामा नेताहरुले???
ritthe · May 7, 2010 11:00 AM
Well Said !!! You are comfortable in the environment you grow up, with the continuation of these bandh, hooliganism as well as killing of ppl, the upcoming generation will get accustomed to these trends. As Daum said this will lead the country to head towards the shoes of Afghanistan and Iraq . The part that I feel sorry about is that instead of young generation gearing their attention into education are spending their time in politics that makes no sense. Things are easy to be said and harder to follow, but with this dead lock situation the only way to resolve issue is to use force and power sad but true. Our country has a lot of individual and political values, with political party in numerous count, consensus will never be found, Hence using power and getting rid of few groups or asking them to join a single umbrella would be the only move as far as I think. Peace
baire · May 7, 2010 11:36 AM
नेताहरूलाई मात्रै कत्ती दोष दिने भन्या, जनाताहरू नै एस्तई | भ्रस्ट नेताहरूलाई नै अपार भोट दियर जितौन्छ्न, भने सबै हारेका नेताहरु मंत्रिमंदलमा भये पनी ठीकै छ भनी चुप्प लागेर बसिदिने. कोही एमाले, कोही कांग्रेस, कोही माओबादी, कोही खओबदी, समर्थक बन्यो. राम्रो नराम्रो नाछुत्तई आफ्नो पार्टीले गरेको काम हो भने सोहरै आना ठीक भन्ने, अर्को पार्टीले गरेको भए सबै गलत भन्ने परिपाटी भएपछि. एस्तई हो.
Khumbule · May 7, 2010 1:53 PM
भन्न त मुख हुँदा हुँदै नाकले पानी पुन हुँदैन भन्ने थाहा भए पनि गाउ घरको परिस्थिती नाकले पानी पिउने बनेको छ। जब त्यो परिस्थिती बाट मुक्त हुँन्छन, माओवादीलाई भोट दिन छोड्छन । अझै गाउ तिर जनता काटिएकै छन, अनी त्यो खुकुरिको धार किन आफ्नो काधमा थाप्ने ? जाबो एउटा भोट त हो नि ज्यानको सट्टामा ????? हैन र ?????? के मुक्ती मिल्ला त ? कहिले सम्ममा ?
syanjali · May 9, 2010 9:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion