Photo: Police Seized RAW MATERIALS for making petrol bombs from Mechi-Mahakali Guest House Kathmandu stacked by Maoist supporters. Source: Kantipur According to a shopkeeper at New Road, Kathmandu, who chose not to be identified, the Maoists are demanding donation at the range of Rs. 7,000 to 100,000 from each business outlet. by CafeDeNepal
grgDai · May 7, 2010 10:06 AM · 2,282 views
दिलीप पौडेल, बाग्लुङ, वैशाख २४- एकिकृत नेकपा माओवादीले आह्वान गरेको आम हड्तालको छैटौं दिन पर्वतमा कटुवा पेस्तोलसहित ९ वाइसिएल कार्यकर्ता पक्राउ परेका छन्। बिहीबार माओवादी आन्दोलनमा तरुण दललगायत स्थानीय प्रतिकारमा उत्रिएपछि उनीहरु हतियारसहित देखिएका थिए। यस्तो अवस्थामा कुश्मा बजारबासी थप त्रसित बनेका छन्। पक्राउ पर्नेमा वाइसिएल कार्यकर्ता पर्वत बनौँका राम पुन, मनबहादुर पुर्जा रोहित पुन, सन्देश पुन, सन्दीप पुर्जा, दीपक पुन, देवबहादुर पुन, देव पुन, गोविन्द थापा रहेको पर्वतका प्रहरी नायव उपरीक्षक हरिराज वाग्लेले बताए। कुश्मा बजारको धनेश्वर चोकबाट एक थान कटुवा पेस्तोल, तीन थान खुकुरीसहित पक्राउ गरेको प्रवाग्लले बताए। बिहीबार झडप भएपछि माओवादीले गाउँ गाउँबाट कार्यकर्ता सदरमुकामा उतारेको छ। बिहीबार पनि प्रहरीले ९ जना माओवादी कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको थियो। झडप र हतियारसहित प्रदर्शनमा उत्रिन थालेपछि स्थानीय त्रसित बनेको पत्रकार महासङ्घका अध्यक्ष ओम घायलले बताए। प्रतिकारमा उत्रिएका तरुण दललगायत् बजारबासी र माओवादी कार्यकर्ताबीच बिहीबार मुडभेड भएपछि गएराति प्रशासनले कर्फ्यु आदेशसमेत जारी गरेको थियो। सम्भावित झडपलाई मध्यनजर गर्दै शुक्रबार बिहान माओवादीले र्याली ननिकाले पनि दिउसो प्रर्दशनमा उत्रिएका छन्। उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने भनिएको शान्ति र्याली हुन सकेन। माओवादी आक्रमण हुन सक्ने भन्दै सङ्घले शान्ति र्याली स्थगित गरेको हो। झडपमा माओवादीका १२ र तरुण दलका कार्यकर्ता घाइते भएका थिए। पर्वतको माझफाटमा रहेको न्यु धौलागिरी होटल तथा रेष्टुरेन्टमा बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताले तोडफोड गरेका छन्। यसैबीच बाग्लुङ र म्याग्दीमा पूर्णरुपमा बन्दको प्रभाव परेको छैन। Last edited: 07-May-10 10:23 AM
sYaKuuRiolAKU_nchImb · May 7, 2010 10:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion