गाई काट्दा ........................

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

. http://www.nayapatrika.net/new... स्याङ्जा/ वालिङ नगरपालिका-११ जामुनेमा गाई काट्दै गरेका ११ जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ महिला, दुई पुरुष र तीन बालक छन् । स्याङ्जा थुमपोखरा-९ कोखेका ३८ वर्षीय गोपाल, १३ वर्षका अशोक, १२ वर्षका सूर्य, २८ वर्षकी सरिता, ३० वर्षकी नरमाया, ३१ वर्षकी फूलमाया, ६० वर्षकी डल्ली, ५८ वर्षकी हरिमाया, १४ वर्षका अर्जुन, वालिङ नगरपालिका-११ का ४६ वर्षीय मेघबहादुर र उनकी श्रीमती ३५ वर्षीया जैसरा सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासीबाट गाई काट्दै गरेको खबर पाएपछि घटनास्थल पुगेर पक्राउ गरिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताए । वालिङ नगरपालिका-११ का स्थानीय शिव थापामगरको घरबाट पाल्न लगेको गाई उनीहरूले बाटोमै काटेका थिए ।

tapariwan · May 6, 2010 12:54 PM · 12,741 views

5 Replies

ya i was wondering, if nepal is a secular country as it says, why they must be arrested for slaughtering a cow? maoists are roaming freely even they slaughtered not only cows but thousands of people

dHwasE · May 6, 2010 1:15 PM

गाई मात्रा किन ? केही पनि काट्नु ,अरुलाई दु:ख दिनु महा पाप हो | 'साक हारी बानौ ,श्वासथ रहौ ' हिन्दूहरुले पूजा गर्ने गरेको कुरा उनिहरुको समाज मा बस्ने ले काट्यो  भने बिरोध गर्नेनै भए, नदेखिने गरी गरेको भये बा समाज  पर गरेको भये  बिरोध साय्द हुन्न थ्यो | धर्म नीर्पेक्ष्य् हो भन्दा भन्दै अरुको आस्था माथि  आक्रमण गर्न पनि त् भएन |

prabhat41 · May 6, 2010 1:48 PM

Perhaps the arrest was not made due to the act of slaughtering the cow.  It seems the culprits had forcibly taken the said livestock while the owner was herding it to the barn.

riten · May 6, 2010 3:12 PM

* deleted... double posting* Last edited: 06-May-10 03:12 PM

riten · May 6, 2010 3:12 PM

सिन्धुपाल्चोक, जेठ ९ (नागरिक)- साँगाचोक–२ का मानकाजी श्रेष्ठको लैनो गाई चोरेर काटेको आरोपमा पाँच छिमेकी पक्राउ परेका छन्। उनीहरुलाई गाउँलले पक्रेर प्रहरीमा बुझाएका थिए। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); पक्राउ पर्नेमा साँगाचोक–२ कै रामबहादुर तामाङ, बुद्ध तामाङ, रुपेश तामाङ, कृष्ण तामाङ र आइतमान तामाङ छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एकनारायण कोइरालाले बताए। प्रहरीका अनुसार उनीहरुले शुक्रबार राति श्रेष्ठको गोठबाट गाई चोरेर स्थानीय जङ्गलमा काटी मासु खाएका थिए। चोरीमा संलग्नको पहिचान खुलेपछि स्थानीयले शनिबार पक्रेर प्रहरीलाई बुझाएका थिए। गाई चोरेर काटेको आरोप लागेकालाई आइतबार जिल्ला अदालत पेश गरी अनुसन्धानका लागि प्रहरीले म्याद लिएको छ। - ध्रुव दङ्गाल http://www.nagariknews.com/soc...

tapariwan · May 23, 2010 1:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all