'आफ्नैले कुटे मलाई' बुधवार, 05 में 2010 20:34 नागरिक4 5 दीपेश श्रेष्ठ, काठमाडौँ, वैशाख २२- आन्दोलनका लागि काठमाडौँ ल्याइएका एक मजदूरलाई माओवादीले आज कोटेश्वरमा कुटेका छन्। थापालाई कोटेश्वर चौकीका प्रहरीले बचाएका थिए। थापालाई बचाउने क्रममा कोटेश्वर चौकीका इन्चार्ज टिका कार्कीको निधारमा सामान्य चोट लागेको छ। माओवादी कार्यकर्ताबाट कुटिँदै थापा सिन्धुली, कुशेश्वर ८ घर भई शान्तिनगर बस्दै आएका किरण थापालाई जडिबुटितर्फ जाँदै गर्दा कोटेश्वरमा एकीकृत नेकपा माओवादीका कार्यकताले कुटेका हुन्। थापाले १७ गते कुशेश्वरका गाविसका इन्चार्जले आन्दोलनका लागि ल्याएको बताए। 'एक दिन उनीहरुसँगै बानेश्वरमा बसेँ, भोलिपल्टबाट मामाले काममा लगाइदिने भनेकाले शान्तिनगर बसेको थिएँ। काममा जडिबुटीतर्फ जाँदै गर्दा कोटेश्वर बीच सडकमा हिँडिरहेका बेला माओवादी कार्यकताले नहिँडन भनेका थिए। मैले बीच सडकमा हिँड्न किन नपाउने भन्ने प्रश्न गर्दा कुट्न थालिहाले।' उनले अगाडि भने, 'आन्दोलनलाई भनी आएको काम केही भएन, किन ल्याएको हो? त्यही भएर काममा जान लागेको थिएँ, आफ्नैले कुटे मलाई।' कोटेश्वर चौकीमा भेटिएका एकीकृत नेकपा माओवादीका सदस्य विमल ढुंगेलले 'बीच सडकबाट नहिँड्नभन्दा अपशब्द प्रयोग गरी गाली गर्न थालेपछि आफ्ना कार्यकताले कुटेको बताए। कोटेश्वर चौकीका इन्चार्ज टीका कार्कीका अनुसार सामान्य उपचारपछि मानवअधिकारवादीको रोहवरमा घाइते थापालाई उनको मामाको जिम्मा लगाइएको छ। थापालाई माओवादी कार्यकर्ताबाट बचाउँदै थापालाई माओवादी कार्यकर्ताबाट बचाएर चौकीतर्फ लगिँदै Source: Nagariknews.com Last edited: 05-May-10 10:52 PM
hit.the.hot · May 5, 2010 10:52 PM · 4,323 views
maobaadi karyakarta ko asli roop.. they won't even leave their own cadres.. there are ways to negotiate... hirkaaunai parcha arulai khaate haru chitta bujhena bhane??? maoism a'int bring socialism.. it brings social disorder... on ur face maoists kapoot haru!!! God Bless Nepal!!
hit.the.hot · May 5, 2010 10:57 PM
fuggg Prachanda Baburam.. that's the solution..
Ved555 · May 5, 2010 11:14 PM
Maobadi desko samasya po ho ta, Samadhan kaha hora. Estai huncha haalat...Maobadi lai agwa banaye pachi.
kailo · May 5, 2010 11:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion