Maoist Hypocrisy

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

From Sagarmatha TV today:Mr. Bishnu Khatiwada, an old man and a proprieter of a grocery store in Anamnagar was crying because his precious hard-earned store were vandalized by maoists. Maoist pawns on the street were giving interview in TV telling they'll beat people and burn property if anyone tries to businesses After this, TV interviews maoist leader who says their policy is not to beat or vandalize any property and accuses vigilantes for doing it.  You people have taken bath in blood of poor nepalese and still you're not satisfied. I'm liking the reporting by Sagarmatha TV.

arahat · May 4, 2010 8:01 PM · 2,471 views

3 Replies

सररर-तररर माओवादीको बन्दका बेला पनि गाडीहरूको ताँती देखेपछि कुन मन्त्रीको सवारी भएछ भनेर कलंकीका बासिन्दाले आँखा तन्काएछन्। त्यहाँ त मन्त्रीहरू होइन, माओवादीकै नेताहरू पो मानवअधिकारकर्मी र पत्रकारहरूको एस्कर्टिङमा गाडी चढेर सररर चक्रपथ परिक्रमा गर्दै रहेछन्। वरिपरि कार्यकर्ता तररर पसिना चुहाउँदै उनीहरूलाई अभिवादन गरिरहेका थिए। बासिन्दा टिप्पणी गर्दै थिए- ँहोइन बन्द भनेको जनता र कार्यकर्तालाई मात्र लाग्छ कि क्या हो ¦ नेता त गाडीमा सररर सयर गर्दै छन्। चक्रपथै पनि २७ किलोमिटर त हो, नेताहरूले हिँडेरै परिक्रमा गरे पो। भन्ने बेलामा जनवादी, व्यवहारमा चाहिँ आफूहरू वार्ताका लागि भन्दै फाइभ स्टारको खाना खाने, कार्यकर्तालाई चाहिँ फुको चिउरा ¦¦’धरहरा वार्तालाप सुन्दै थियो, अर्काले थपिहाले- ँहोइन, जनगणतन्त्र भन्या राणाशासनजस्तै हो कि क्या हो - जुद्धशमशेरले जनताको पिठिउँमा चढाएर ल्याएको गाडी चढी जनतालाई नयाँ सडकको वरिपरि राखेर स्वस्ति गर्न लगाएजस्तै। फरक स्थान मात्रै- रिङरोड र नयाँसडक। पात्र मात्रै- प्रचण्ड, पत्नी सीता एवम् उनका सहयात्री तथा जुद्धशमशेर, उनकी रानी, कम्यान्डिङ जर्नेल एवम् जंगीलाठहरू। अभिवादनको तरिका मात्रै- स्वस्ति र मुठी बटारेर क्रान्तिकारी।’ यो तुलनाको लेखाजोखा पाठककै लागि।  http://www.newsofnepal.com/det... पेरिस डाँडामा गएर आत्महत्या गर्ने चेतावनी कमल मिश्र (भक्तपुर) माओवादीको आ³वानमा सञ्चालित आमहडतालका कारण आफूले अंगालेको पेसा अवरुद्ध भएपछि पैसा अभावमा आफू र परिवारको छाक र्टार्न ज्यादै कठिन भएको भन्दै बुधबारसम्ममा पनि हडताल यथावत रहे एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडाअगाडि गएर आत्महत्या गर्ने एक गरिब कामदारले बताएका छन्।भक्तपुर लोकन्थलीनजिक डेरा गरी बस्ने रौतहट निवासी ३७ वषर्ीय उमेश साह तेली नामका युवाले बन्दका कारण आफूले कवाडी सामान सकंलन गरी कालिमाटी लगेर बिक्री गर्दा दैनिक प्राप्त हुने चार सयदेखि पाँच सय रुपियाँ प्राप्त नहुँदा ३ छोरी र २ छोरा, श्रीमतीलाई बिहान-बेलुकी खान दिन सक्ने अवस्था नरहेको गुनासो गरे।निराश मुद्रामा मंगलबार भक्तपुर सल्लाघारीमा भेटिएका उमेशले नेपाल समाचारपत्रसँग भने- ँमैले विगत पाँच वर्षेखि काठमाडौंमा यही पेसा गर्दै छु। खाली बोतल, कागज, फलाम गाउँ-गाउँमा गएर संकलन गरी बेलुका कालिमाटीका कवाडी पसलमा साइकलमा लगेर बिक्री गर्दा चारदेखि पाँच सय कमाइ गरी परिवार बाल्दै आएको छु।’यहाँ मात्र होइन, गाउँमा बुबाआमा र भाइलाई समेत खाने खर्च पठाउनुपर्ने बाध्यता रहेको उमेशले बताए। बेलुकी खाने नभएकाले चिनेको साथीसँग पैसा माग्न पैदल हिँडेर सल्लाघारी आएको बताए। खानै नपाउने अवस्था र बालबच्चाको कचकचबाट आफू भावुक बनेको बताउँदै गरिबका लागि लडेको माओवादी पार्टी गरिबलाई मार्ने गरी बन्द गरेकामा आफना आँसु नरोकिएको पनि उमेशले बताए।ँबुधबारसम्ममा पनि बन्द हडताल नरोकिए म कोटेश्वर माओवादी कार्यालय जान्छु, छोराछोरी जिम्मा लगाउँछु अनि मचाहिँ आत्महत्या गर्छु-हेदा अशिक्षितजस्ता देखिने साहले आफूले धेरै सोचेर आत्महत्यासम्म गर्ने निर्णय गरेको बताए। http://www.newsofnepal.com/det...

arahat · May 5, 2010 10:27 AM

माओवादीको आम हड्तालकाकारण सवारी साधन नचलेपछि डोकोमा बोकेर विरामीलाई बुधवार पर्वतको खौलालाकुरी गाविस तर्फ लग्दै आफन्त । उनलाई पोखराबाट उपचार गरी सदरमुकाम कुश्मासम्म एम्बुलेन्समा ल्याइएको थियो । आमहडतालले सवारी साधन नचलेपछि बुधबार आफ्नी ४ महिनाकी गर्भवती श्रीमतिलाई साइकलमा राखेर राजधानीको थापाथलीस्थित प्रसुती गृहमा लग्दै एक व्यक्ति । आम हड्तालको कारण बजार लान नपाएको काक्रो घरको आगनमा थुपारेर बसेका  नुवाकोट बेलकोटका किसान नवराज तिवारी।

arahat · May 5, 2010 10:37 AM

यस्ता पाखे माओवादीहरुलाई लखेट्नु पर्छ काठमाडौं बाट|

newlynew · May 5, 2010 11:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all