आमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आमा हासीरहनु भएको थियो मैले आँखा खोल्दा। आमाको मुस्कान, कती मिठो। एसै त जिउ हलुंगो भैरहेको बेला आमाको मुस्कान। "दुख पाइस् है बा तैले" आमाको मिठो स्वर। उसले सम्झियो आफ्नो बाल्यकाल। घाऊ चोटपटक लाग्यो भने एसै गरी आमाले मिठो स्वरमा बोलेर फु फु गरेर फुक्नुहुन्थ्यो। आमाको फु फु मा शायद केही मन्त्र थियो होला, साचै सन्चो हुन्थ्यो, दुखेको हराउथ्यो। केही बोल्न खोजे मैले, तर किन हो कुन्नी बोली फुटिरहेको थिएन। ओठहरु कामे, तर बोल्न सकेन। दाँया बाँया हेरे, कोही थिएन, चारैतिर सेतो पोतिएको उज्यालो भित्ता थियो। अरु कोही पनि छैनन, किन हो कुन्नी। म यस्तो बिरामी परेको बेला आमालाई एक्लै छोडेर बुढी कता गै होली। अनी मेरा भुस्तिघ्रे छोराहरु, दुई दुई जना छन तै पनि अहिले आफ्नी हजुरआमालाई छोडेर कता हिंडे होलान लौ? मैले फेरी आफ्नी आमालाई हेरे, उज्यालो अनुहार, उस्तै मिठो मुस्कान। अनुहार मा चाउरी छैन। दुई नातिकी बज्यै भन्न नमिल्ने, कती उज्याली। आफ्नी आमा कसलाई राम्री लाग्दैन र? अहिले त यस्ती, म सानो छदा झन कत्ती राम्री हुनुहुन्थ्यो। ठुलो हुन्जेल राती ओछ्यान भिजाउथे मैले, तर कहिले केही नभनेर लुगा फेराइदिने, ओछ्यान फेरिदिने। पढ्न मन लाग्दैनथ्यो। होमवोर्क गराउने र पढाउने काम अनी खाना नखायेसम्म कुरिरहने आमाकै जिम्मा थियो। दाजुभाइ, दिदिबहिनी नभएको, खेल्ने साथी पनि त आमा नै हो नि। एस्सो जिउमा अली अली ताकत आएको जस्तो भयो। आँखा खोलेर हेरे। आमाले टाउको मुसारिरहनुभएको थियो। अहिले दुखाइ छैन। क्यान्सर भन्या हो मलाई, अती नै दुख्ने। अचानक होश हराएर अस्पताल ल्याएका। अघिल्लो पटक होश आउँदा श्रीमती सँगै थीई। अहिले औषधी लिन गै होली। फेरी सम्झना आयो, आमा पनि त धेरै बिरामी हुनुभएको थियो एक पटक। साह्रै बिरामी। रगतमा क्यान्सर भन्या थिए डाक्टरले। खुब स्याहारेको थिए मैले पनि। रगत आउथ्यो मुखबाट, पुछिरहनु पर्थ्यो। मैले आँखा चिम्लिदै सम्झन थाले। बाँच्न गाह्रो छ भन्थे डाक्टरले, आशु लुकाइ लुकाइ आमालाई स्याहारसुसार गर्थे। एक्लै हुँदा खुब रुन्थे। बुवा पर्देस, पैसा कमाउन। बुवासँग फोन मा रुन्थे। पैसा पठाएको छु, औषधी गर्दै गर म आउछु भन्नु हुन्थ्यो बुवाले। तर बुवा आउनु भएन। म त्यस्तै १५ बर्षको हुदो हुँ। राम्रोसँग बसेस, पढेस भनेर आँखा चिम्लिनु भएको हो आमाले। पशुपतीमा दागबत्ती मैले नै दिएको हुँ नि। झसँग भये म। अहिले म ५१ बर्षको छु। आमा उही ३२ बर्षकी देख्छु। फेरी आँखा खोलेर आमालाई हेर्न खोजे, देखिन। म त उही अस्पतालमा पो छु त। आफ्नो ओछ्यानको छेउ मा। मेरो शरीर ओछ्यान मै छ अनी रुदै गरेका मेरा परिवार मेरो शरीर छेउ। ढोकातिर हेरे। आमा उभिनुभएको थियो, मलाई नै कुरेर। म पछी पछी लागे आमाको, बाल्यकालमा जसरी म आमाको पछी पछी स्कुल जान्थे त्येसैगरि। समाप्त  

gurumama · May 3, 2010 9:31 PM · 18,963 views

5 Replies

पढ्ने मित्रहरुले कृपया तलका दुई मध्ये एक चिज लेखिदिनुपर्‍यो। १. राम्रो छ। २. मन परेन। यसले म जस्ता लेख्नेहरुमा धेरै फरक पार्छ। धन्यवाद

gurumama · May 3, 2010 9:43 PM

Ramro cha...

brandy · Jun 7, 2010 10:44 AM

मैले त खै केही पनि बुझिन त!

Jhapali_Thito · Jun 7, 2010 12:26 PM

मैले त खै केही पनि बुझिन त!

Jhapali_Thito · Jun 7, 2010 12:26 PM

कथामा अलिक कता कता के नपुगेको के नभएको जस्तो महसुस गरें मैले . तर यस कथामा खोट लगाउन खोजेको चैं हैन . गुरुमामा , तपाईंका कथा छोटो र छरितो हुन्छ अनि पढ्न पनि मज्जा नै हुन्छ तर जहिले नि अन्त्यमा खोइ किन हो कोहि न कोहि सिल्टिम्मुर खाएकै हुन्छ .... तर पनि अरु रचना पढ्न लालायित छु , प्रतिक्ष्यरत थाने

ThahaChaena · Apr 7, 2015 1:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all