Formula for nepali Film दीपेन्द्र १. ठोक्किएर किताब खस्ने दुर्घटना राजमार्गमा मात्र हुँदैन। नेपाली फिल्मको कलेजमा पनि हुन्छ। त्यहाँ हिरोहिरोइनले एकआपसमा ठक्कर खाइरहन्छन्। धेरै फिल्ममा यस्तो दुर्घटना भइसकेको छ। हिरोहिरोइन ठोक्किन्छन् र हिरो वा हिरोइनका किताब भुइँमा छरपस्टिन्छ। 'ओह सरी' भन्दै किताब टिप्ने काम हुन्छ। त्यतिबेला फेरि टाउको पनि ठोक्किनसक्छ। २. हिरोहिरोइन टोलाइरहने हिरोहिरोइन एकअर्कालाई देख्दा मुग्ध भएर टोलाउन थाल्छन्। दायाँबायाँ को-को छन् उनीहरूलाई मतलब हुँदैन। एकनाशले आँखा जुधाउँदै हराउँछन्। सँगैका साथीहरूले उनीहरूका आँखाअगाडि हत्केला हल्लाउँदा पनि 'ध्यान' भंग हुँदैन। ३. गाउँका हिरोइनले झरनामै नुहाउने गाउँकी हिरोइन यति निर्धक्क हुन्छे कि नुहाउनलाई ऊ जंगलबीचको अप्ठ्यारो झरनामा पुग्छे। घरमै नुहाउन उसलाई मन लाग्दैन। किनभने त्यसो गर्दा उसको 'जवानी' प्रदर्शन हुँदैन। जसरी हुन्छ, सहरबाट आएको हिरोले देख्ने गरी उसलाई झरनामा गएर नुहाउनैपर्छ। ४. हिरोइनको सल हिरोको हातमा हिरोइनको जवानीमाथि भिलेनको गिद्धेनजर पर्छ। उसले निकै प्रपञ्च रच्दै हिरोइनलाई कब्जामा लिन्छ। त्यतिबेला हिरोइनले सल भएको लुगा अनिवार्य लगाएकी हुन्छे। भिलेनले सललाई तानेर हावामा हुर्र्याइदिन्छ। सल हावामा तैरिँदै झर्छ र हिरोको हातमा पर्छ। त्यसपछि रामधुलाइ। ५. सुत्नअघि दूध पिउने नेपाली हिरो त्यसै बलियो भएको होइन। ऊ सुत्नअघि नियमित दूध पिउँछ। उसलाई कि आमाले दूध पिलाउँछ कि हिरोइनले। उसले दूध सधैं पारदर्शी गिलासमा पिउँछ। हिरोइन वा आमा पात्रले पारदर्शी गिलासमा दूध लिएको दृश्य छ भने, त्यो हिरोकै लागि हो भने बुझे हुन्छ। ६. बाँकी कुरा अँध्यारोमा हिरोहिरोइनको समागमको दृश्य देखाउन नेपाली फिल्मले पुरानै विम्ब प्रयोग गर्न छोडेको छैन। ओछ्यानमा पल्टन्छन् र बत्ती निभाउँछन्। बाँकी कुरा अँध्यारोमा। नयाँ प्रतीकात्मक दृश्य सिर्जना गर्ने जाँगर किन नपलाएको हो? बुझ्न गाह्रो छ। ७. खोलामा खस्ने, स्मृति गुम्ने खोलामा खस्दा लास बेपत्ता हुनुपर्ने हो। तर, नेपाली फिल्ममा त्यस्तो हुँदैन। खोलामा खसेको पात्र हतपत मर्दैन, उसलाई कुनै अनजान ठाउँका मान्छेहरूले उद्धार गरिदिन्छन्। बरु, उसको स्मृति चाहिँ गुम्नसक्छ। त्यसरी गुमेको होश फिर्ता हुन डाक्टर चाहिँदैन, त्यस्तै कुनै ठूलो घटना घटे पुग्छ। ८. गाउँलेलाई बाटो काट्न समस्या कुनै गाउँले पात्र सहर आयो भने उसलाई सबैभन्दा बढी समस्या केमा हुन्छ? नेपाली फिल्म हेर्नुस्, यसको जवाफ पाइनेछ। गाउँलेलाई सहरमा बाटो काट्न निकै समस्या हुन्छ। गाउँलेहरूकै लागि भनेर सहरमा आकाशे पुल बनाइएको हो कि जस्तो लाग्छ। ९. गरिबलाई अप्रेसन महँगो गरिबलाई पैसा अभावले पक्कै सताउँछ। पैसा खट्टे पर्ने कारण थुप्रै हुनसक्छन्। नेपाली फिल्ममा भने अपरेसन गर्न गरिब हिरोलाई पैसा खाँचो परेको देखाइन्छ। हिरोको कोही आफन्त इमरजेन्सीमा भर्ती हुन पुग्छ र डाक्टरले हजारौं वा लाखौं रकम तुरुन्त ल्याएमात्र अप्रेसन गर्छु भन्छ। १०. मर्ने बेला लामो संवाद बोल्ने कुनै जटिल रोगले वा गोली लागेर घाइते भएका पात्रले सबैजना भेला भएको बेला लामो संवाद बोल्न थाल्यो भने निश्चित भए हुन्छ, ऊ मर्दैछ। अरू पात्रहरू पनि एम्बुलेन्स बोलाएर अस्पताल लैजानुको सट्टा त्यो संवाद सुनेर बस्छन्, मानौ प्राणभन्दा पनि कुरा फुत्किएला भन्ने चिन्ता उनीहरूलाई छ। ११. हातको वस्तु झर्ने आफ्नो प्रिय व्यक्तिको मृत्यु देख्दा वा त्यसबारे सुन्दा नेपाली फिल्मका पात्रहरू शिथिल बन्नपुग्छन्। त्यतिबेला उनीहरूका हातमा भएका गिलास, किस्ती, औषधी वा पैसा सबै खस्छ। नेपाली फिल्ममा यस्तो दृश्य खिचिँदा कति सिसी फुटे, दूध पोखे वा औषधी बगे कुनै लेखाजोखा छैन। १२. कसैको मृत्युमा प्रहरीले टोपी खोल्ने फिल्ममा कुनै प्रिय पात्रको निधन हुँदा रुवाबासी चल्छ। वरिपरि झुम्मिएकाहरूले आ-आफ्नै पाराले प्रतिक्रिया व्यक्त गर्छन्। प्रहरीले भने अफसोच मान्दै टोपी खोल्छ। श्रद्धा गर्नुपर्ने मान्छे मर्दा प्रहरीले टोपी खोल्छ भन्ने सायद धेरै जसोले नेपाली फिल्म हेरेरै थाहा पाएका होलान्। १३. भाँडाकुडा बाहिर फ्याल्ने नेपाली फिल्मका 'सामन्ती'ले ऋण असुल गर्ने तरिका अनौठो छ। भाका नाधेपछि ऊ आफ्नो दलबलसहित ऋणीको घर पुग्छ र केटाहरूलाई भाँडाकुडा बाहिर फ्याँक्न हुकुम दिन्छ। ऋणीले त्यतिबेला निकै रोइकराइ गर्छ, खुट्टा ढोग्छ। तर, उसको मन पग्लिदैन। सायद यस्तो 'बिचल्ली'मा रमाउने आदत उसलाई लागिसकेको छ। १४. मान्छेको विष बिरालोलाई विष खुवाएर हिरोलाई मार्नु छ भने फिल्ममा दूधकै सहारा लिइन्छ। षड्यन्त्रकारीले खुसुक्क दूधमा विष मिसाइदिन्छ। तर, हिरोको भाग्य कति दह्रो हुन्छ भने त्यस्तो दूध कसोकसो गरी भुइँमा पोखिनपुग्छ। र, अचानक बिरालो आएर खाइदिन्छ। मान्छेको विष बिरालोले खाएको दृश्य कस्तो हुन्छ, नेपाली फिल्म खोजीखोजी हेर्नुहोला। १५. गोप्य कुरा सुन्ने सासु र नन्द मिलेर षड्यन्त्र बुन्दै गरेको बुहारीले सुन्छे। एउटा पात्र क्यान्सर रोगी हुन्छ र उसको केही महिनापछि मृत्यु निश्चित छ। तर, यो कुरा उसलाई कसैले भन्दैन। अरूले अर्कै कोठामा कुरा गर्दा उसले सुन्न पुग्छ। यसरी सुन्न नहुने वा सुनाउन नखोजिएको कुरा नेपाली फिल्मका पात्रहरूले सुटुक्क सुनिहाल्छ। १६. अपहरण हिरोलाई आफ्नो मुठ्ठीमा ल्याउन भिलेनले प्रयोग गर्ने अन्तिम उपाय हो, अपहरण। हिरोइन वा हिरोका परिवारलाई अपहरण गरी आफ्नो अखडामा बाँधिदिएपछि हिरो जसरी पनि आइपुग्छ भन्ने विश्वास भिलेनको हुन्छ। नभन्दै हिरो निरीह बन्दै आइपुग्छ। समाजमा भन्दा बढी अपहरण हुन्छ नेपाली फिल्ममा। १७. भिलेन आफैले कुरा ओकल्ने हिरोलाई कसैको हत्याको गलत आरोप लागेको हुन्छ। हिरोइनलाई पनि चोरीको आरोप लाग्छ। हिरोको बुबालाई कसले हत्या गरेको हो, थाहा हुँदैन। यो कुराले हिरोलाई पनि आपत परेको हुन्छ। तर, अन्तिममा हिरोलाई भिलेनले नै आरोपमुक्त बनाइदिन्छ। हिरोको सबै खान्दान खत्तम हुने भो भन्दै उसले सबैका अगाडि आफ्नो अपराध एकपछि अर्को गर्दै ओकलिदिन्छ। १८. फाइटमा नारी पात्र बेहोश हुने हिरो र भिलेन पक्षबीच फाइट भइरहँदा निर्देशकलाई हिरोइन र अरू नारी पात्र झन्झट हुनपुग्छ। यो झन्झटबाट मुक्त हुने तरिका पनि उनीहरूले जानेका छन्। भिलेनसँग झागलझुगल हुँदा हुत्तिएर ढुंगा वा भित्तामा ठोक्काई बेहोश बनाइदिने। त्यसरी बेहोश भएका नारी पात्रहरू फाइट सिद्धिएपछि मात्र ब्युँझिन्छे। १९. अरूको गोली आफ्नो छातीमा थाप्ने कुनै पात्र मर्नु छ वा पश्चातापको आगोमा जलेको छ भने उसको मृत्यु बडो नाटकीय हुन्छ। हिरो, हिरोइन वा अरू कुनै महत्वपूर्ण पात्रमाथि प्रहार गरिएको गोली आफ्नो छातीमा थाप्दै उसले मृत्युवरण गर्छ। त्रिकोणात्मक प्रेमकथा भयो भने एउटा जगेडा पात्र हिरो होस् वा हिरोइन, उसको नियति यस्तै हुने सम्भावना बढी छ। २०. सबै सिद्धिएपछि प्रहरी हिरो र भिलेनबीच भीषण लडाइँ हुन्छ। दुवै पक्षका थुप्रै पात्रको निधन हुन्छ। अन्तिममा हिरोले मुख्य भिलेनलाई मार्न लागेको बेला प्रहरी आइपुग्छ। भुइँमा लडेका 'भुसतिघ्रे'हरू र भिलेनलाई पत्रे्कर लैजान्छ। प्रहरीमाथि जनविश्वास घट्नुको कारण फिल्मको यही पाराले पनि हो कि! Last edited: 03-May-10 03:54 AM
kukur · May 3, 2010 3:52 AM · 4,072 views
Nepali movieko ho ki Hindi moviko formula ho yo?
Kiddo · May 3, 2010 8:45 AM
dubai sanga milna sakcha
kukur · May 4, 2010 7:00 AM
Every country has their own type of movies. Movies run around the culture and the time the country is in. Nepalese movie has the main character as a good person. and always deals with social issues. Still the same trend( with some exceptions) is going in because outside of city, this is how the mind of nepalese are programmed. Like, if you say an american to watch brazillian flick, then he'd not like it. Because Americans are programmed in their to like only certain movies. And so are we who live i the city of nepal or anyother countries. So, don't be satirical to the nepali movies. It is what that defines our innnerself ( country).
herealone · May 4, 2010 2:32 PM
Why can't we be satirical to the nepali movies? I agree with what you're saying but c'mon we don't have to be uptight about that. What I think is happening is that Indian movies are heavily influenced by Hollywood and Nepali are by Bollywood. THis is why a Nepali movie made now looks like an Indian movie made in 70s or 80s (dancing around the trees, hills etc..do they still do that in Bolly?). That's coz the kid who grew up watching bollywood in the 70s 80s is making the movie now.
Kiddo · May 4, 2010 3:20 PM
yeah...its true...well...sometimes i think ppl dont appreciate art form in Nepal. And this is also the reason why nepalese movie lag so behind. People really dun care abt dances, and other arts. Everytime i see dances in cultural nights are either bollywood dance steps or the same old dances that girls do. We got to many movements and dance forms but no one really puts them together and create soemthing new. well...and well said kiddo.
herealone · May 4, 2010 3:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion