विनोद चौधरीमाथि राजस्थानको हाईकोर्टमा मुद्दा, लाखौंको क्षतिपूर्ती माग लौ हेर्नुस्, चौधरी ग्रुपले आर्जेको प्रतिष्ठा ? काठमाडौं । नेपालको ठूलो औधोगिक एवम् व्यापारीक प्रतिष्ठान चौधरी गु्रपले यतीबेला आफ्नो १४० औं वर्षगाँठ मनाइरहेको छ । चौधरी ग्रुप अहिलेको अवस्थामा आउनुका कारण उनका बाबुबाजेको लगनशिलता र परिश्रम मुख्य भए पनि त्यसको वास्तविकता भने बेग्लै छ । करिव ६० वर्षअघि भारतको राजस्थानस्थित ग्राम चुडीवासीबाट आफ्ना परिवार च्यापेर नेपाल छिरेर काठमाडौंमा सानो लगानीबाट व्यवसाय सुरु गरेको चौधरीको व्यवसायिक ब्राण्ड यस अवधिमा आइपुग्दा नेपालको मात्रै नभएर अन्तर्रर्ााट्रय स्तरमा समेत स्थापित हुन सफल भएको छ । तर, त्यस सफलता भित्रका भित्री रहश्यहरु भने अझै पनि गुमराहमै छ । चौधरी ग्रुप अहिलेको अवस्थामा आइपुग्न उनका बाबुबाजेले पक्कै पनि ठूलो मेहनत र परिश्रम गरेकै हुन्, त्यसमा सन्देह छैन । तर, विनोद चौधरीले जस्तो जालझेल र काला कर्तुत पक्कै पनि उनीहरुबाट नभएकै हुनर्ुपर्छ । अवैद्य आर्जनकै बलमा हाल संविधान सभामा सभासद् पदसमेत खरिद गर्न सफल विवादास्पद उद्योगपति विनोद चौधरीको इशारामा चौधरी ग्रुपले धनार्जनका केकस्ता मार्ग अवलम्वन गरेका रहेछन् त्यसको गुहृयकुरा बुझिनसक्नु पाइएको छ । हुन त चौधरी ग्रुपको नियत र षड्यन्त्रहरु बेलामौकामा र्सार्वजनिक नभएका पनि होइनन् । तर, त्यस्ता अपराधयुक्त धन्दा लुकाउन काला चौधरीलाई कसले सघायो – को को छन्, चौधरीका मुख्य सहयोगीहरु भन्ने पनि विस्तारै खुलासा हुन थालेको छ । आफूलाई चौधरी गु्रप पिडीत बताउने भारतको जयपुर निवासी सुरेश महेश्वरीले राजस्थान हाइकोर्टमा नेपालका प्रतिष्ठित—) उद्योगपति तथा सभासद् समेत रहेका चौधरी ग्रुपका मुख्य मालिक विनोद चौधरीमाथि मुद्दा दायर गर्दै लाखौं क्षतिपर्ूर्तीको माग दावी गरेका छन् । उनले विगतमा चौधरी ग्रुपबाट भएका केही काला कर्तुत समेत मुद्दामा उल्लेख गरी विनोद चौधरीको असली नियत र चौधरी ग्रुपको खास धन्दा छताछुल्ल पारिदिएका छन् । खोजतलास अनलाईनलाई उपलब्ध गराइएको कागजातअनुसार चौधरी ग्रुपबाट भएका कतिपय काम कारवाही यतीसम्म विवादास्पद र अवैद्य छन् कि विनोद चौधरी जसरी हाल प्रतिष्ठाको उचाइमा छन्, त्यसैगरी उनीबाट भएका कालाकर्तुतको छानविन मात्र भएको खण्डमा सडकमा आइपुग्ने अवस्था छ । त्यसैले पनि अदालतमा दायर गरिएको क्षतिपर्ूर्ती मुद्दा फिर्ता लिन आफूमाथि ज्यानको धम्की विनोद चौधरी र उसका हनुमानबाट बारम्बार आइरहेको दावी चौधरी पीडित महेश्वरीले खोजतलास अनलाईन इमेल मार्फ् गरेका छन् । चौधरी ग्रुपमा तीस वर्षकार्यरत रहेका बेला उक्त कम्पनीको अधिकांश कर्तुत आफूलाई थाहा भएको दावी गर्ने महेश्वरीले आफूलाई त्यही गोप्यता खुस्क्याइदिन्छ भन्ने डरले ज्यान मार्ने धम्की दिएर नेपालबाट लखटेको दावी गरेका छन् । लामो समय इमानदारीपर्ूवक काम गरेको कर्मचारीलाई ससम्मान बिदायी गर्नु पर्नेमा धम्की दिएर नेपाल छाड्न बाध्य बनाउने पापी चौधरीहरुले अरु कसकसलाई पिडीत नतुल्याएको होला – यो पनि खोजीकै विषय बनेको छ । नेपालबाटै पलायन हुन बाध्य पारेपछि जयपुर पुगेर त्यहाँको हाईकोर्टमा चौधरीका विरुद्ध मुद्दा दायर गरेपछि आफूलाई बारम्बार मार्ने धम्की आइरहेको चौधरी पिडीत सुरेश महेश्वरीले खोजतलास अनलाईनलाई प्रेषित गरेको पत्रमा उल्लेख छ । ‘मलाईं विनोद चौधरीले गलत आरोपमा नेपालमा लामो समय थुनायो र त्यहाँबाट पलायन हुने र उसका कुनै पनि गोप्यता नखोल्ने र्सतमा थुनामुक्त भएको हुँ । अहिले यहाँ पनि बारम्बार धम्की आइरहन्छ’, सुरेश महेश्वरीले अगाडि लेखेका छन्, ‘उसले भनेअनुसार नमानेको भए मलाई नेपालमै सडाइदिन्छु भनेको थियो ।’ उनले विनोद चौधरीलाई आफूविरुद्ध उचाल्ने काम चौधरी ग्रुपका महाप्रवन्धक महेशराज पन्त र अन्य दर्ुइ कर्मचारीको निर्देशनमा भएको पनि दावी गरेका छन् । ‘मैले इमानदारी पर्ूवक तीस वर्षेखि काम गर्दै आएको थिएँ, अझै पछिल्लो दश वर्षत वाई वाई चाउचाउ उत्पादन गर्ने थाईफुड्स कम्पनीमा उत्पादन र लेखा शाखाको प्रमुखका रुपमा कार्यरत थिएँ । चौधरी ग्रुप भित्रका धेरै बदमासी थाहा पाएकाले कुनै पनि दिन त्यो गोप्यता खुस्क्याइदिन्छ भन्ने डरले त्यहाँबाट हटाउन पछिल्ला दिनमा मलाई बढी पेल्ने काम भयो, मैले आफ्नो मुल्याकंन नभएपछि त्यहाँ राजिनामा दिएर मिनमिन चाउचाउमा काम गर्न थालेँ, त्यो चौधरी गु्रपका सञ्चालक र उसका हनुमानलाई मन परेन र ममाथि विभिन्न जालझेलयुक्त षड्यन्त्र रचियो । बिना कारण ललितपुर प्रहरीमा एक महिना थुनाइयो र नेपाल छाड्ने शर्तमा थुनामुक्त भएँ,’ आफूले भोग्नु परेको पिडादायी गुनासो लेख्दै सुरेशले अन्त्यमा लेखेका छन्, ‘अहिले यहाँ -जयपुर) मुद्दा चलिरहेको छ, अधिवक्ता गिरिधारीलाल शर्माले मेरो मुद्दा हर्ेनु भएको छ, उहाँ र म दुबैलाई बेलाबेलामा धम्की आउने गरिरहेको छ, तर, पनि म विनोद चौधरीलाई यहाँको हाईकोर्टमा उभ्याएरै छाड्छु, अनी चौधरी ग्रुपको सफलताको रहश्यको राज पनि नेपालीहरुमाझ र्छलङ्ग हुने अवस्था सिर्जना गराएरै छाड्छु,’ उनको दृढ विश्वास छ । सुरेश महेश्वरीले हाईकोर्टमा दायर गरेको मुद्दामा आफूलाई यातना दिएको भन्दै विभिन्न शिर्षमा भारु ३२ लाख २६ हजार क्षतिपर्ूर्ती दावी गर्नुका साथै चौधरी ग्रुपले नेपालमा गरेको बदमासी बारे पनि उल्लेख गरेका छन् । काला चौधरीले विभिन्न देशमा गरेको व्यापारिक कारोबार र नेपालका विभिन्न बैंक खातामार्फ भएको भूमिगत कारोबारका सर्न्दर्भमा पनि खोजतलास अनलाईनले आफ्नो खोजी कार्य अघि बढाएको छ । त्यसो त अर्का एक भारतीय कर्मचारीमाथि पनि चौधरीले आफ्नो कम्पनीको प्रतिकुल हुने वित्तिकै चोरीको गलत आरोपमा थुनाएर उही महेश्वरी शैली अपनाउन खोज्दा ती कर्मचारीले आफूमाथि लगाइएको झुट्टा आरोप सहन नसकेर तीनतलामाथि हनुमानढोकाको अपराध महाशाखा -केरकार)को कार्यालय परिसरबाटै हामफालेर आत्महत्या गरेका थिए । खोजतलास अनलाइनलाई प्राप्त खबरअनुसार काला चौधरीलाई यस्तैखाले विभिन्न अपराधिक कार्यमा सघाउने काम चौधरी गु्रपभित्र ‘डाडुपन्यू’ चलाएर बसेका महाप्रवन्धक महेशराज पन्तले गर्दै आएका छन् । पकनाजोल निवासी पन्त देखावटीरुपमा चौधरी गु्रपका महाप्रवन्धक भनिए पनि उनको खास जिम्मेवारी भने विभिन्न सरकारी कार्यालय धाउने र त्यहाँका हाकिमलाई विनोद चौधरीको दूतका रुपमा सेवा गर्नु साथसाथै चौधरी गु्रपले गरेका बदमासी र्सार्वजनिक हुन नदिनु र कुनै कारणबाट भइहालेमा कारवाहीबाट रोक्नका लागि पहल गर्नु हो । स्रोतका अनुसार चौधरीलाई समेत गुमराहमा पारेर महाप्रवन्धक पन्तले ठूलो आर्थिक घोटला गरेका छन् । त्यसैले पनि उनले पदको हैसियत नखोजेर आदेशलाई नै पालना गर्दै आएका छन् । Source:nepalkhabar.com Last edited: 03-May-10 10:29 AM
chanty399 · May 2, 2010 5:24 PM · 22,556 views
yo maa-day haru bhane ho nepali ko ragat chusna ayeko vampire haru hun
jneutron · May 2, 2010 8:18 PM
yo article ko source chai khojtalasonline re.ani khojtalsas ko source chai chhaina. Kaha bata thah pauchhan yesto smaachar iniharule. Ajha nepal ko bhaya ta patyaunu India ko re. Ani ke ke kaalo kartut garyo tyo lekhnu chhaina tetakai gaali gaali matra. Malai ta chaudhari group ko kaalo dhanda bhanda pani patrakar ko kaalo dhanda jasto lagyo. Bigyapan diyana hola wa wasta garena ani lekhdiyo je maan lagyo tehi.
birajasharma · May 2, 2010 8:29 PM
Just because someone is accused doesn't mean he is guilty. I think we Nepali need to know this.यस्तो सस्तो हल्लाको पछि लाग्नु हुन्न. बिनोद चौधरी लाई राजस्थान हाईकोर्ट मा उपस्थित गर्र्याएर हामीलाई कही फैदा हुदैन. If someone wants to sue him, he has to sue in the court of the sovereign nation of Nepal of which he is a citizen.
Pire · May 2, 2010 11:17 PM
एस्ता हावा कुरा को पछि लगनु बेकार छ . मलाई त बिस्वास लागेना हो . त्यों स्रोत पनी बिस्वासनीय लागेन .
PeaceSoul · May 3, 2010 6:38 AM
What amazes me is that you guys were able to read that article. Kamila jatro font chha.
Kiddo · May 3, 2010 8:48 AM
there are various species of kamilas which are of different sizes. which kamila are you talking about?
CyLegend · May 3, 2010 8:52 AM
tai na tui hathma lagyo dui
8848m · May 3, 2010 5:26 PM
This is a news that has no credible source. And this is not a new thing for a company like Chaudhary Group to have complaints and some blames who has multinational stakes.
Max Rossa · Apr 9, 2016 8:30 PM
This is a news that has no credible source. And this is not a new thing for a company like Chaudhary Group to have complaints and some blames who has multinational stakes.
Max Rossa · Apr 9, 2016 8:30 PM
the source doesnt seem credible but the fact remains we nepali are economically colonised by marwaris.they own the majority of business houses,factories and inddustries. we are just some consumers who is just there to spend the hard erned middleeast/malasiyan income of our relatives to their products. we are doomed literally.and marwaris are the kingmakers nowadays
shiva_linga · Apr 10, 2016 2:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion