एमालेका काँधमा बन्दूक राखेर मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न थालेका छन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेमा ज्ञापन &nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp; काठमाडौ, वैशाख १९ - एमालेका केही नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपाललाई पदबाट राजीनामा दिएर गतिरोधलाई निकास दिन अनुरोध गरेका छन् । पार्टी अध्यक्ष झलनाथ खनाललाई ज्ञापन पत्र बुझाउँदै उपाध्यक्ष बामदेव गौतम लगायत ६० जना नेताले राजीनामाको माग गरेका हुन् । ज्ञापनपत्र शनिबार नै बुझाइए पनि त्यसलाई आइतबार मात्र सार्वजनिक गरिएको हो । उनीहरुले संविधान पनि नबन्ने र शान्ति प्रक्रिया पनि टुङ्गोमा नपुग्ने अवस्था सृजना भएकाले पदमा बसिरहन उचित नहुने भनेका छन् । केन्द्रीय कमिटी सदस्यहरु साहना प्रधान,किरण गुरुङ,राजेन्द्र श्रेष्ठ,राधा ज्ञावली, परुश्राममेगी गुरुङ र रामपृत पासवान लगायत नेताहरुले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले प्रधानमन्त्रीले गरेको सम्बोधनले राष्ट्रिय सहमतिको वातावरण बनाउने भन्दा पनि मुलुकलाई मुठभेड तर्फ लैजाने संकेत गरेको उल्लेख गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ 'प्रधानमन्त्री मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न उद्धत देखिनुहुन्छ,हामी प्रधानमन्त्री कमरेड माधवकुमार नेपालले तुरुन्त राजिनामा दिई राष्ट्रिय सहमतिकालागि मार्ग प्रशस्त गर्न जोडदार माग गर्दछौं ।'प्रधानमन्त्रीको राजीनामाको वातावरण मिलाउन अध्यक्ष खनालको ध्यानाकर्षण गराएका छन् । माओवादीलाई उग्रवामपन्थी र नेपाली कांग्रेसलाई यथास्थितिवादी चिन्तन र व्यवहार त्याग्दै दलगत स्वार्थभन्दा माथि उठेर सहमति कायम गर्न एमाले नेताहरुले भनेका छन् । &nbsp;ज्ञापन पत्रको पूर्ण विवरण अध्यक्ष कमरेड झलनाथ खनाल, केन्द्रीय कमिटि, नेकपा एमाले, केन्द्रीय कार्यालय विषयः ज्ञापन पत्र । कमरेड, मुलुक २४० वर्षको मध्ययुगीन सामन्ती राजतन्त्रात्मक व्यवस्थाबाट मुक्त भै संघीय लोकतान्त्रिक गणतन्त्रको युगिन अवस्थामा प्रवेश गरेपछि नेपाली जनताले अव सबै किसिमका शोषण, उत्पीडन र विभेदबाट मुक्त भै मुलुक समृद्धिको दिशा तर्फ जानेछ भन्ने आशा र विश्वास गरेका थिए । तर संविधान सभाबाट नयाँ संविधान घोषणा गर्ने, माओवादी सेनाको समायोजन तथा पूर्नस्थापन गर्ने काम समेत धरापमा पर्ने गरी राष्ट्रिय राजनीति मुठभेड र अन्यौलको दिशा तर्फ धकेलिन थालेपछि ऐतिहासिक जनआन्दोलन (०६२/०६३) को उपलब्धीहरु रक्षा गर्न, राष्ट्रिय सहमतिका आधारमा मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघिबढाउन तपशीलका हामी नेकपा एमालेका जिम्मेवार व्यक्तिहरु अत्यन्त गंभीर तथा चिन्तीत बनेको छौं । देशभित्रका प्रतिगामी, दक्षिणपंथी तथा यथास्थितिवादीहरु र विदेशी प्रतिक्रियावादीहरु नेकपा एमालेका काँधमा बन्दूक राखेर मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न थालेका छन् । देशका ३ वटा ठूला पार्टीहरु एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका बीच सहमति गरी देशलाई संभावित दुर्घटनाबाट बचाउनुको बदला प्रमुख राजनीतिक पार्टीका बीच फाटो बढाउने काम भैरहेको छ । अन्तरिम संविधान बमोजिम संविधान घोषणा हुने समय अब जम्मा २६ दिन मात्र बाँकी छ । राष्ट्रिय सहमतिको आधारमा अघिनबढ्ने हो भने अब संविधान नबन्ने र शान्ति प्रकृया पनि तार्किक निष्कर्षमा नपुग्ने कुरा निश्चित छ । संविधान पनि नबन्ने र शान्ति प्रकृया पनि टुंगोमा नपुग्ने हो भने देश भयंकर दुर्घटना तर्फ गई गृहयुद्धमा फंस्ने कुरा निश्चित छ । यस्तो अवस्थामा नेकपा एमालेका वरिष्ठ नेता क. माधव कुमार नेपाल प्रधानमन्त्रिको पदमा रहिरहनु अनुचित मात्र होइन देश र पार्टीकै लागि पनि घातक हुनेछ । यस्तो अवस्थामा प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रिय सहमतिको वातावरण बनाउनु भन्दा मुलुकलाई मुठभेड तफै लैजाने अभिव्यक्ति दिनुभएको छ । यस अभिव्यक्तिबाट प्रधानमन्त्री मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न उद्यत्त देखिनु भएको छ । यो अत्यन्त गंभीर कुरा हो । हामी प्रधानमन्त्री क. माधव कुमार नेपालले तुरुन्त राजीनामा दिई राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त गर्न जोडदार माग गर्दछौं । यसको लागि आवश्यक पहल गर्न पार्टी अध्यक्ष क. झलनाथ खनालज्यूको गंभीर ध्यानार्कषण गर्दछौं । साथै एनेकपा माओवादीलाई उग्रवामपंथी र नेपाली काँग्रेसलाई यथास्थितिवादी चिन्तन र व्यवहार त्याग्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सहमति कायम गरी नयाँ संविधान निर्माण गर्न, शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुर्‍याउन र वर्तमान संकटको संवैधानिक र राजनीतिक निकाश दिई मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघिबढ्न आव्हान गर्दछौं । <p style="margin-top: 0px; margin-right: 0px; margin-bottom: 15px; margin-left: 0px; padding-top: 0px; padding-right: 0px; padding-bottom: 0px; padding-left: 0px; border-top-width: 0px; border-right-width: 0px; border-bottom-width: 0px; border-left-width: 0px; border-s

chanty399 · May 2, 2010 12:34 AM · 9,940 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all