Khoi Nepal kai itihas ma sabbhanda bhachha Kantipur

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रदर्शन शान्त भएकामा सुरक्षाकर्मी दंग करिब डेढ लाख सहभागी भएको सुरक्षा निकायको अनुमान केदार ओझा वैशाख १९ - माओवादीले शनिबार 'मे दिवस' का अवसरमा गरेको आमसभामा करिब डेढ लाख सहभागी भएको निष्कर्ष निकाल्दै सुरक्षा निकायहरूले एउटा दलको सम्भवतः अहिलेसम्मकै ठूलो सभा भएको जनाएका छन् । गृह मन्त्रालय मातहतको तीन सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले अनौपचारिक रूपमा गरेको सर्वेक्षणमा उक्त संख्या अनुमान गरिएको हो । अनौपचारिक गणनामा १ लाख ४१ हजार देखिए पनि तीन सुरक्षा निकायले आआफ्नो केन्द्रमा कसैले १ लाख ४० हजार र कसैले डेढ लाखको हाराहारीमा सहभागी भएको रिपोर्ट गरेका छन् । कोटेश्वर, कंलकी र बालाजु तीनस्थानबाट टुँडिखेलतर्फ गएको जुलुस सबैभन्दा ठूलो देखिएको थियो । एउटा पार्टीको आह्वानको आमसभामा यति ठूलो जनसख्ंया राजधानीमा भेला भएको सम्भवतः पहिलो भएको सुरक्षा अधिकारीहरू बताउँछन् ।   उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानबाट जुलुसका लागि मानिसहरू भेला हुँदै गर्दा र सभास्थलमा जम्मा भएका सहभागीले ओगटेको स्थानको आधारमा उक्त संख्या अनुमान गरिएको हो । माओवादीका उच्चस्तरका नेताहरूले नेतृत्व गरेको जुलुस टुँडिखेलमा पुग्नुअगावै खुलामञ्चको झन्डै दुई तिहाइ क्षेत्र भरिएको थियो । तीनै जिल्लाको जुलुस टँुडिखेल पुग्दा पूर्वमा घन्टाघरदेखि राष्ट्रिय सभागृह र पश्चिममा दरबारमार्ग स्कुलदेखि सैनिक अस्पतालसम्म भरिएको थियो । आमसभास्थल टँुडिखेलभित्र, रत्नपार्क, शान्तिबाटिका र खुलामञ्चको पूर्वपश्चिम क्षेत्रका सडकहरू सभा समाप्त नहुन्जेलसम्म खचाखचै देखिन्थ्यो । आमसभाका सयौं सहभागी भृकुटीमण्डपस्थित खुलाचौरमा समेत बस्न पुगेका थिए । सभा सुरु भएको झन्डै एक घन्टापछि रत्नपार्कभित्र केही समय भागाभाग भएको थियो । माओवादी कार्यकर्ताले रत्नपार्क मूलगेट बाहिर माइकबाट 'कहीं, केही भएको छैन, नभाग्नुहोस्' भनेर दस मिनेटभन्दा बढी समयसम्म सूचित गरेपछि स्थिति रोकिएको थियो ।    जनप्रदर्शन शान्त भएकामा उपत्यकाको सुरक्षा हेर्ने सबै अधिकृतहरू दंग परे । 'र्‍याली र सभा यति शान्त र व्यवस्थित होला भन्ने कल्पनै गरेका थिएनौं,' महानगरीय आयुक्त कार्यालयका एक अधिकृतले भने । आमसभामा आएका जनसंख्याका आधारमा उपत्यकामा तैनाथ गरिएको सुरक्षाकर्मी अत्यन्तै कम रहेका गुनासो एक अधिकृतको छ । स्रोतका अनुसार शनिबार सशस्त्र प्रहरीतर्फ दुई हजार आठ सय र नेपाल प्रहरीतर्फ करिब सात हजार सुरक्षाकर्मी परिचालित गरिएको थियो । विशेष परिस्थितिमा दुवै निकायले थप मद्दतका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी निकाल्न सक्ने अवस्था छैन । गृह मन्त्रालयबाट पर्याप्त रकम निकासा नभएका कारण खटिएका सुरक्षाकर्मीले पुग्दो खाजा र पानी नपाएको गुनासो साँझ छ बजेसम्म गरिरहेका थिए । सुरक्षाकर्मीलाई प्रतिव्यक्ति सय रुपैयाँ दिने भनिए पनि सबैले नपाएको गुनासो थियो । तीनै जिल्लाको १८ स्थानबाट व्यवस्थित रूपमा जुलुस टुँडिखेल भित्रिएपछि उपत्यकामा परिचालित सबै सुरक्षाकर्मी खटिएकै स्थानमा निष्पिmक्री आराम गरिरहेका देखिन्थे । कार्यालयमा बसेका धेरै उच्च अधिकारीहरू जनप्रदर्शन शान्त हुने देखिएपछि टेलिभिजनमा आमसभाको 'लाइभ' हेरिरहेका थिए भने केही कम्युटरमा गेम खेलिरहेका देखिन्थे ।     जनप्रदर्शनका क्रममा हुनसक्ने अशान्तिलाई नियन्त्रणमा लिन गृह मन्त्रालयमा उच्चस्तरीय कमान्ड पोस्ट खडा गरिएको थियो । मन्त्रालयमा खडा गरिएको पोस्टमा गृहसचिव डा. गोविन्द कुसुम, नेपाल प्रहरीका प्रमुख रमेश चन्द, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट लगायत सहभागी थिए । त्यस्तै क्षेत्रीय र जिल्ला सुरक्षा निकायका प्रमुखहरू र काठमाडांैका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाल रत्नपार्कस्थित महानगरीय आयुक्तको कार्यालयमा दिनभर बसेका थिए । Last edited: 01-May-10 07:05 PM

timer · May 1, 2010 7:04 PM · 2,210 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all