यस पालीको झरिमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कोमल तिम्रो हात समाई बाचा- कसम खान पाईन न्यानो तिम्रो अंगालोमा अजम्बरी माया साट्न पाईन दोबाटोमा कुर्दा पनि भेट्न आईनौ यस पालीको झरिमा यस पालीको झरिमा निथ्रुक्क बिझेर तिमीलाई अंगालोमा बाँधी गुलाबी ओठको प्यालाहरु पिउन पाईन दुई मुट्टु एक धड्कन नजरहरुको लुकामारीमा सुन्दर भविस्यको रेखाहरु कोर्दै गहिराईहरुमा ढुबुल्की मार्न पाईन यस पालीको झरिमा यस पालीको झरिमा तिमी तराईको फाटहरुमा जगरण छर्दै छौ रे पहाडको कान्लाहरुमा जन-चेतना रोप्दै छौ रे हिमालको चुचुरोमा खबराधारी झन्डा गाँडी आह्वान गर्दै छौ रे हे ! कुम्बकर्ण नेताहरु हो जेठ १५ अगाडि संबिधान लेख्नु जरुरी छ

lopchanlama · May 1, 2010 9:32 AM · 12,901 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all