आन्दोलन चलिरहेछ, यो देश जलिरहेछ अभाव र तनावले विभत्स यो नेपालीको मन बलिरहेछ कहाँ जाउ कता जाउ कहिले जाउ सुन्दर सपनाहरु तनाबग्रस्त कल्पनाको सागरमा डुबिरहेको छ | ऐस्ल्यान्द्को ज्वालामुखी जस्तै यो मन उम्लिरहेको छ हैतिको भुम्कंप जस्तै यो मन डगमगिरहेको छ जीवन भरिमा सुन्दर नेपाल देखेर मर्ने मेरो चाहना यांतार्तिकको बरफको डल्ला जस्तै पग्लिरहेको छ | आन्दोलन चलिरहेको छ, मेरो देश जलिरहेको छ यो मन गल्फ अफ मेक्सिकोमा बि. पी. को ओइल रिग जस्तै भित्र भित्रै बिस्फोट भैरहेको छ |
georgian_satellite · May 1, 2010 1:29 AM · 1,978 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion