के तपाईंले आफ्ना छोराछोरीहरु साइबर क्याफेमा पसेर के गर्छन् भन्नेतर्फकहिल्यै विचार गर्नुभएको छ - आफ्ना छोराछोरी साइबर क्याफेमा घण्टौं हराएकोमा वा घरका पर्सनल कम्प्युटरमा घोत्लिएर बसेकोमा सहर-बजारका बाबुआमाहरुले प्रायः गर्वको अनुभूति गर्ने गरेको पाइन्छ । आफ्ना छोराछोरीहरु कम्प्युटरमा के काम गरिरहेका छन् भन्नेतिर धेरै बाबुआमाहरुले पटक्कै ध्यान दिएको पाइँदैन । धेरै केटाकेटीहरु साइबर क्याफेका अनलाइनमा अश्लील दृश्य र यौन संवादमा लिप्त हुने, हेपाइ र भेदभावको सामना गर्ने र परिवारका आन्तरिक जानकारीहरु अरुलाई दिएर असुरक्षाको खतरा बढाउने कार्यमा पनि संलग्न हुने गरेको पाइएको छ । तर यसतर्फबाबुआमाहरुको ध्यान प्रायः पुग्ने गरेको पाइँदैन । बालबालिकाको व्यक्तित्व विकास, शैक्षिक विकास, सुरक्षा र सामाजिक दृष्टिले यो निकै चिन्ताको विषय बनिरहेको छ । इन्टरनेटको चरम दुरुपयोग स्कुले केटाकेटीहरु तथा किशोर-किशोरीहरु स्कुल बिदाका दिनहरुमा स्कुल छुट्टीपछि र केहीले स्कुल समयमै पनि साइबर क्याफेमा गएर वा आफ्नै पर्सनल कम्प्युटरमा अनलाइन च्याटिङ गर्ने -कम्प्युटरमा चिनेको वा नचिनेको व्यक्तिसँग लेखेर कुरा गर्ने), अनलाइन प्रोनोग्राफी (अश्लील फोटो, यौनक्रीडाका फिल्म, कार्टुन चित्र) हेर्ने, हिंसात्मक दृश्य भएका गेमहरु खेल्ने गर्छन् । त्यसमध्ये केही राम्रो शैक्षिक प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने, जरुरी इमेलहरु आदानप्रदान गर्ने पनि गर्छन् । तर माहुरीको गोलो झुम्मिएझैं झुम्मिएर बसेका काठमाडौंका धेरै साइबर क्याफेहरुमा केटाकेटीहरुको युजर हिस्ट्री हेर्दा उनीहरुले रचनात्मक र शैक्षिक प्रयोजनका लागि भन्दा च्याटिङ, प्रोनोग्राफी र गेमका लागि बढी समय खर्च गर्ने गरेको पाइन्छ । कतिपयले त मनपरी भाषा प्रयोग गरेर च्याटिङ गरेका संवादहरु खुलारुपमा त्यत्तिकै छोडेर हिँड्ने गरेको पनि पाइएको छ । काठमाडौं तथा पोखराका साइबर क्याफेहरुमा पसेर हेर्दा स्कुल पढ्ने उमेरका कुनै न कुनै केटाकेटीहरु एडल्ट साइटमा जाने गरेको पाइएको छ । इन्टरनेटको यस किसिमको दुरुपयोगले नेपाली समाजमा पनि विभिन्न किसिमका समस्याहरु सिर्जना गर्न थालिसकेकाले बाबुआमाहरुले यसतर्फविशेष ध्यान पुर्याउनै पर्ने देखिएको छ । इन्टरनेटले बालबालिकालाई अपूर्व ज्ञान र अवसरहरु दिन सक्छ र धेरै नेपाली बालबालिकाले वरदानका रुपमा रहेको यो प्रविधिको सदुपयोग गरेर लाभ लिइरहेका छन् भने केही बालबालिकाले यसको दुरुपयोग गरेर प्रविधिलाई नै अभिशाप बनाउँदै छन् ।
jneutron · Apr 30, 2010 7:54 PM · 12,017 views
दुरुपयोगका केही घटना काठमाडौंका किशोर-किशोरीका नामबाट अमेरिकाका विभिन्न व्यक्तिको ठेगानामा एकै किसिमको इमेल गयो । त्यसमा लेखिएको थियो- हामी १५/१६ वर्षा किशोर-किशोरीको एउटा समूह छ । अंकल/आन्टीहरु नेपाल घुम्न आउँदा गिफ्ट -कपडा, चकलेट) लिएर आउनु, हामी यौनसर्म्पर्कका लागि तयार छौं ।’ यो कुरा अमेरिकी सुरक्षा निकायसम्म पुग्यो । यो इमेल नेपालको एउटा निजी इन्टरनेट सेवाप्रदायकमार्फ गएको पत्ता लागेपछि छानबिनका लागि उसलाई पत्र लेखियो र इमेल गर्ने घर पत्ता लगाइयो । त्यहाँ १४/१५ वर्षा एक किशोर बस्ने थाहा भएपछि प्रहरीले केही समय निगरानीमा राख्यो । घरमा किशोर एक्लै बस्ने र बाबुआमा उपत्यकाबाहिर बस्ने गरेकाले किशोरले घरबाटै त्यस्तो इमेल गरेको कुरा स्वीकार गर्यो । छानबिन गर्दै जाँदा किशोरमा मनोवैज्ञानिक समस्यासमेत भएको पाइयो । एसएलसी जाँच दिएर कम्प्युटर सिक्न गएकी एक किशोरी त्यहाँ पुगेपछि च्याट गर्न सिकेर लतमा फसी । ओपन च्याट रुममा नचिनेको मानिससँग च्याट गर्दागर्दै एउटा अपरिचित केटाले आफ्ना दुःखका कुरा गर्दै सहानभूति लिन थाल्यो । केटाले फोटो पठाएर भेट्न आग्रह गर्यो । साथै उसले म फोटोमा जस्तोचाहिँ राम्रो छैन भनेर भेट्न बोलायो । रिङरोडको एउटा पार्कमा भेट्न जाँदा भनेकै ठाउँमा बूढो मानिस उभिएको थियो । लुकेर केटीले फोन गर्दा बूढो मानिसले फोन उठाएपछि केटी नभेटी टाप कसी । उसले केटीलाई अर्कै कम उमेरको केटाको फोटो पठाएको रहेछ । अर्को एक अधबैंसेले १७ वर्षो केटा बनेर प्लस टु पढ्ने केटीसँग च्याटिङ गर्न थाल्यो । केटीले थाहा पाएपछि सर्म्पर्क गर्न छोडी । अधबैंसेले बदलास्वरुप किशोरीसँग भएका आन्तरिक कुराहरु शिक्षकहरुलाई इमेल/एसएमएसमार्फ पठाइदिँदा किशोरीको पढाइ र पारिवारिक जीवन नै धरापमा पर्यो । र् भर्खर एसएलसी दिएको १५ वर्षो किशोर कम्प्युटर सिक्ने बहानामा २४ वर्षी युवतीसँग नचिनीकन च्याटिङ गर्न थाल्यो । च्याटिङकै क्रममा उनीहरुले एक-अर्कालाई भेटे । त्यसको केही समयपछि नै उनीहरु गर्भपतन गराउन अस्पताल पुगे । काठमाडौंकै एउटा नाम चलेको बोर्डिङ स्कुलका एक कम्प्युटर शिक्षकले १३ वर्षो विद्यार्थीलाई यौनसम्बन्धी साइट उपलब्ध गराए । किशोरले पछि त्यो साइट खोलेर हर्ेदा यौनसम्बन्धी गतिविधि देखेपछि ऊ मानसिक रुपमा विचलित भयो र उसलाई काउन्सिलिङ नै गर्नुपर्ने अवस्था आयो । कम्प्युटर सिक्ने इन्टरनेटमा अध्ययन गर्न साइबर क्याफेहरुमा जाने धेरै केटाकेटीहरु अहिले यस्तै गलत गतिविधिहरुमा पनि लाग्ने गरेको पाइएको छ । चाहेर वा नचाहेर उनीहरु गलत बाटोतिर लाग्दै छन् तर यसतर्फबाबुआमाहरु त्यति सचेत भएको पाइँदैन ।
jneutron · Apr 30, 2010 9:36 PM
बालबालिकाले असुरक्षा बढाउँदै छन १२ वर्षुनिका केटाकेटीहरुले इन्टरनेट प्रयोग गर्नुको मूल उद्देश्य नै गेम खेल्ने, म्युजिक डाउनलोड, भिडियो, बाल पेपर, इमेल, च्याटिङ नै हुन्छ । च्याटिङमा उनीहरुले नचिनेको व्यक्तिलाई नाम, उमेर, ठेगाना, फोन, हबीको बारेमा जानकारी दिने गरेका छन् । उनीहरु शैक्षिक प्रयोजनका लागि भन्दा मनोरञ्जनका लागि नै साइबर क्याफेमा गएर इन्टरनेट प्रयोग गर्छन् । च्याटिङमार्फ यसरी आफ्ना र बाबुआमाका सूचना अपरिचितलाई दिँदा अपहरण, डकैती, यौन दर्ुर्व्यवहार हुनेजस्ता खतरा निकै मात्रामा हुन्छ । साथै कतिपय बालबालिकाले च्याटिङमा तल्लो स्तरको हेपाइ र छाडापनको सामना गर्नुपरेको, हीनताबोध महसुस गर्नुपरेको बताएका छन् । अहिले भारतमा फेस बुकमार्फ जानकारी लिएर अपहरण गर्ने अपराध निकै वृद्धि भएको छ । नेपालमै पनि यस किसिमका घटना फाटफुट सुरु भएका छन् । केही हप्ताअघि युवतीले एसएमएस गरी २० वर्षिय एक युवकलाई स्वयम्भूमा बोलाएर अपहरण गरी ७० लाख रुपियाँ तिराएर मुक्त गरेको कुरा प्रकाशमा आएको थियो । इन्टरनेटको प्रयोगसम्बन्धमा उनीहरुलाई राम्रो निर्देशन तथा जानकारी नभएका कारण पनि यस किसिमको समस्या भोग्नुपरिरहेको छ । धेरैजसो साइबर क्याफेमा जाँदा उन्मुक्त भएर इन्टरनेटको प्रयोग गर्ने, बाबुआमाले कुनै अनुगमन नगर्ने, निर्देशन पनि नदिने, साइबर सञ्चालकले पनि व्यापारिक हिसाबले सञ्चालन गरेकाले नियन्त्रणको साटो जस्तो माग्छन् त्यस्तै वातावरण बनाइदिने गरेको पाइएको छ । पछिल्लो समयमा बनेका अधिकांश साइबर क्याफे क्याबिन र पर्दा भएका छन् । साप-इन्टरनेसनलले केही महिनाअघि विभिन्न २४ जिल्लाका साइबर क्याफेमा इन्टरनेटको प्रयोगसम्बन्धमा र्सर्वेक्षण गरेको थियो । सो र्सर्वेक्षणमा ३० वटा टेलिसेन्टर र ४३ वटा साइबर क्याफेलगायत लाइब्रेरीहरु समावेस गरिएको थियो । र्सर्वेक्षणसम्बन्धमा उक्त संस्थाका प्राविधिक अधिकृत विभूषण विष्ट भन्नुहुन्छ- ँर्सर्वेक्षणमा टेलिसेन्टरमा प्रोनोग्राफी हेरेको पाइएन तर प्रोनोग्राफी हर्ेनकै लागि साइबर क्याफे धाउनेहरु थुप्रै पाइए । अधिकांश साइबरहरु क्याबिनका रुपमा र पर्दा भएका पाइयो, जुन सामान्य सूचना प्राप्तिका लागि आवश्यक छैन । बाँकेको नेपालगन्जमा त क्याबिनमा लक गरेर नै बस्ने गरेको पाइयो । यस्तोमा इन्टरनेट प्रयोग गर्नेभन्दा डिभिडीबाट प्रोनोग्राफी हर्ेर्ने गरेको र साइबर सञ्चालकले नै उपलब्ध गराउने गरेको पाइयो ।’ उहाँका अनुसार ६/७ कक्षामा पढ्नेहरु घरमा कम्प्युटर भए पनि साइबर क्याफेमा यस्तै प्रयोजनका लागि जाने गरेका छन् । साप इन्टरनेसनलले गरेको अध्ययनअनुसार इन्टरनेट हर्ेर्नेमध्ये २३ प्रतिशतले इमेल गर्ने, २३ प्रतिशतले च्याट गर्ने, १५ प्रतिशतले इन्टरनेट ब्राउज गर्ने (प्रोनोग्राफीसमेत), २ प्रतिशत सोसियल नेर्टवर्कमा जाने ९द्ययिन०, २ प्रतिशतले व्यापारिक प्रयोजनका लागि हेर्ने, १७ प्रतिशतले फोन तथा वेभ क्यामेरा प्रयोग गर्ने र ८ प्रतिशतले अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । अन्य वर्गबाट भन्दा पनि जानी-नजानी विद्यार्थीबाट इन्टरनेटको बढी दुरुपयोग भएको पाइएको छ । विद्यार्थीले छाडा शब्द, छाडा भाषा इन्टरनेटमा च्याटिङ गर्दा सिकिरहेका छन् । यसले उनीहरुको दैनिक बोलिचालीमा छाडापन देखाउने, उत्ताउलो बन्ने प्रवृत्ति बढ्दै गएको छ । स्कुलका छेउछाउमा अहिले हलिउड, बलिउड फिल्मका आडमा यौन चलचित्रका सिडीहरु बेच्ने काम भइरहेको छ । इन्टरनेटमा अश्लील दृश्य हर्ेर्ने बानी परेकाहरुले घरकै कम्प्युटरमा पनि सिडीमार्फ यस्ता यौन चलचित्र हर्ेन थालेका छन् । यस्ता प्रोनोग्राफीले किशोर-किशोरीको उत्तेजना बढाउँछ, असुरक्षितरुपमा प्राक्टिस गर्न पुग्छन् र सामाजिक तथा शैक्षिक जीवन बरबाद हुन पुग्छ ।
jneutron · Apr 30, 2010 9:44 PM
बाबुआमा नै सचेत बन्नुपर्छ नेपालमा मात्र होइन, इन्टरनेटको दुरुपयोग भई समस्याहरु सिर्जना हुने क्रम विश्वभर नै चलेको छ र यसको नियन्त्रणका लागि अर्बौं रुपियाँ खर्च गर्न थालिएको छ । युरोपेली संघले इन्टरनेटको सुरक्षित प्रयोगको योजनाका लागि सन् २००९ मा ५ करोड ५० लाख युरो छुट्याएको छ । युरोपेली संघले इन्टरनेटमा हुने अश्लील कार्यलाई रोक्ने कार्यमा प्रहरीलाई सहयोग पुर्याउन विशेष सचेतना प्रणालीको विकास गरेको छ । युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरुमा इन्टरनेटमा यस्ता सामग्री राख्ने कार्यमा अवरोध उत्पन्न गराउन सञ्जाल खडा गरेको छ । यस्तै अमेरिकाले पनि इन्टरनेटको दुरुपयोग नियन्त्रणका लागि कतिपय कार्यक्रम अघि सारिसकेको छ । इन्टरनेटको दूरुपयोगबाट खासगरी बालबालिकाहरु जोखिममा पर्दै गएपछि यसको नियन्त्रणका लागि यस्ता सेवाप्रदायकहरुको विश्व संघले मे १७, २००९ देखि वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने उद्देश्यले 'प्रोटेक्टिङ चिल्ड्रेन इन साइबर स्पेस’ भन्ने नारासहित कार्यक्रम अघि सारेको छ । नेपालमा पनि सञ्चार मन्त्रालयको पहलमा कमिटी बनाएर विभिन्न कार्यक्रम गर्ने तयारी हुँदै छ । केही महिनाअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले साइबर क्याबिनहरु भत्काउन निर्देशन दिए पनि यो कार्य सफल हुन भने सकेन । नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले पनि साइबर स्पेसको दुरुपयोग हुन नदिन प्रयास सुरु गरेको बताएको छ । सो कम्पनीको सूचना तथा प्रविधि निर्देशनालयका प्रबन्धक लोचनलाल अमात्य भन्नुहुन्छ- इन्टरनेटको अनुत्पादक प्रयोग भएको, मनोरञ्जन तथा अनवान्टेड साइट र केटाकेटीले जान नहुने एडल्ट साइटमा उनीहरु गएको पाइएको छ । त्यसैले इन्टरनेटको सुरक्षित प्रयोगका लागि के गर्न सकिन्छ, कस्तो उपकरण उपयुक्त हुन्छ भनेर कम्पनीले अध्ययन सुरु गरेको छ । तर कानुन र उपकरणले नियन्त्रण गर्ने भनेको ५० प्रतिशत मात्र हो, बाँकीका लागि बाबुआमा नै सचेत हुनुपर्छ ।’ इन्टरनेट सेवाप्रदायक एसोसिएसनका अध्यक्ष पवन शाक्य पनि उपकरण र कानुनभन्दा बाबुआमा बढी सचेत हुनुपर्ने धारणा राख्नुहुन्छ । उपकरण राखेर घरमा नियन्त्रण गर्न सकिन्छ । खास दुरुपयोग हुने भनेको बाबुआमा नभएका साइबर क्याफेहरुमा हो । त्यस्ता ठाउँमा सुरक्षित प्रयोग गर्न उपभोक्ता नै सचेत हुनर्ुपर्छ, जसका लागि बाबुआमाकै भूमिका महत्त्वपर्ण हुन्छ । उहाँ भन्नुहुन्छ- स्पष्ट नीति र कानुन बनाई साइबरहरुमा पनि राउटर आदि उपकरण राख्ने बाध्यता पारे धेरै नियन्त्रण हुन सक्छ । साइबर क्याफेहरुले पनि सामाजिक दायित्व सम्झेर केटाकेटीहरु कस्तो साइटमा गइरहेका छन् भनेर निरीक्षण गर्न सक्छन् । साइबरहरुले क्याबिन बनाएर राख्नुको कुनै औचित्य पनि छैन ।’ इन्टरनेट सेवा उपभोक्ताहरुको संख्या दैनिकरुपमा वृद्धि भइरहेको छ र सेवा पनि दिनदिनै विस्तार भइरहेको छ । यसको दुरुपयोगबाट हुने समस्या पनि स्वाभाविक रुपमा वृद्धि हुन्छ । इन्टरनेटको प्रयोगलाई रोक्ने र नियन्त्रण गर्ने भन्ने कुरा आउँदैन, किनभने आजका बालबालिकाका लागि सम्पर्ण सम्भावनाका ढोका यसैले खोल्न सक्छ तर यसको दुरुपयोगले उनीहरुको भविष्य बरबाद हुन सक्ने भएकाले यसको सदुपयोग र सुरक्षित प्रयोगका लागि बाबुआमा, प्रयोगकर्ता र अन्य सम्बन्धित निकायले बेलैमा गम्भीरतापूर्वक सचेतना अपनाउन जरुरी छ ।
jneutron · Apr 30, 2010 10:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion