Oli Ji le ghar chhadera Banbas

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

:: गृहपृष्ठ » मुख्य समाचार » ओलीले घर छाडे कान्तिपुर संवाददाता वैशाख १७ - एमाले नेता तथा पूर्व गृहमन्त्री केपी ओलीले माओवादीको आम हड्तालका कारण हुन सक्ने यातायात अबरोधबाट उत्पन्न हुन सक्ने अप्ठ्यारोलाई ध्यान दिंदै घर छाडेका छन् । त्यसमा उनको व्यक्तिगत सुरक्षाको कारणसमेत देखाइएको छ । माओवादीका कडा अलोचक तथा सरकारको महत्वपूर्ण समर्थककको रुपमा रहेका ओली पुल्चोकस्थित मन्त्री निवासमा बस्ने स्रोतले जनाएको छ । 'उहाँ सुरक्षा संवेदनशीलता तथा संभावित यातायात अवरोधका कारण मन्त्री निवासमा बस्नुभएको हो' ओली निकट स्रोतले भन्यो, 'साथै सुरक्षास्थितिको विश्लेषण र परिचालनमा पनि उहाँले मन्त्रीहरुलाई सहयोग गर्नु हुनेछ ।' ओली माओवादीका सबैभन्दा कडा आलोचक मध्ये पर्दछन् । उनले माओवादीले सत्ता कब्जाको तयारी गरेको भन्दै अलोचना गर्दै आएका छन् । यसै सन्दर्भमा कुरा गर्न उनी बुधबार साँझ दिल्ली गएर शुक्रबार बिहान फर्केका हुन् । बुधबार नै रक्षामन्त्री भण्डारीलाई सेनापति छत्रमानसिं गुरुङलाई बोलाउन लगाई सुरक्षा बि्रफिङ लिएका थिए । Last edited: 30-Apr-10 01:53 PM

timer · Apr 30, 2010 1:53 PM · 6,782 views

2 Replies

haha.. now i got where he is - "त्यसमा उनको व्यक्तिगत सुरक्षाको कारणसमेत देखाइएको छ । माओवादीका कडा अलोचक तथा सरकारको महत्वपूर्ण समर्थककको रुपमा रहेका ओली पुल्चोकस्थित मन्त्री निवासमा बस्ने स्रोतले जनाएको छ ।" Oli will be enjoying life with Bidhya Bhandari in her minister qarter while there will be ordinary people killing each other in the ktm street. gar budha.. gar.. terai bho masti.. lol..

ANS · Apr 30, 2010 4:17 PM

ओलिले यो मौकालाई बिध्यसंगा साथ बिताउना गजबको बहाना पानी . मोबदिको आन्दोलन सफल भयो भने दुबई इंडिया तीर भागना पानी सजिलो, GOOD LUCK  KP  and  bighya  जी, Have  अ fun

badure · Apr 30, 2010 10:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all