यौनसमस्याका साक्षी बस्दा 28/04/2010 09:18:00 Naya Patrika Font size: लक्ष्मी चौधरी टेलिभिजन कार्यक्रम सहजकर्ता रात परेपछि (नेपाल वान) नेपाल वान टेलिभिजनमा राति १०:३० बजे प्रत्यक्ष प्रसारण हुने यौनसम्बन्धी कार्यक्रम रात परेपछि चलाएर घर फर्किँदै गर्दा मन भारी भएको हुन्छ । सधैँ मध्यरातमा घर पुग्छु । कार्यक्रममा सोधिएका यौनसम्बन्धी अनेकौँ जिज्ञासा सुनेर म सधैँ एउटै निष्कर्षमा पुग्छु- अधिकांश नेपाली कुनै न कुनै यौनसमस्याले पीडित छन् । दर्शकका यौनसम्बन्धी समस्या मेरो माध्यमबाट समाधान हुँदा एकप्रकारको सन्तुष्टि मिल्छ । यौनसमस्या मान्छेको प्रमुख समस्या हो । सबैसँग खुलस्त भन्न नमिल्ने अप्ठयारो समस्या । श्रीमान्-श्रीमती वा आफ्ना यौनसाथीसँग मात्रै भन्न मिल्ने समस्या मेरो कार्यक्रममा निर्धक्क सुनाउँछन् । कार्यक्रममा फोन गर्नेले डाक्टरबाट समाधान सुनाउँदा निकै लामो बाटोदेखि बोकिल्याएको भारी सधैँका लागि बिसाउन पाएजस्तो ठान्दा रहेछन् । यौनको सम्झना मात्रैले पनि मलाई कुनै रोमान्टिक फिल्मको दृश्य मेरो अघि सल्बलाएजस्तो लाग्छ । मैले रात परेपछि चलाउन थालेको सात महिना भयो । पहिलो दिन म लाज र डरले निकै राती भएकी थिएँ । मुटु जोडजोडले धड्किएको थियो । कार्यक्रममा विवाहितले बढी फोन गर्छन् । तीसदेखि चालीस वर्ष उमेर समूहले बढी फोन गर्छन् । नेपालमै पहिलोपटक टेलिभिजनमा प्रयोगमा ल्याइएको यस कार्यक्रमले धेरैको यौनसमस्या हल गर्न सहयोग गरेको छ र उनीहरूलाई तनावबाट मुक्ति दिएको छ । यस कार्यक्रममा धेरै महिलाले फोन गर्छन् र आफ्नो यौनसमस्या बताउँछन् । डराउने समस्या उनीहरूमा हुँदोरहेछ । हाम्रो कार्यक्रमको उद्देश्य श्रीमान्-श्रीमतीकोे यौनसमस्यालाई समाधान गर्न पहल गर्नु हो । मैले थाहा पाएअनुसार महिलामा यौनचाहना कम हुँदोरहेछ । हाम्रो कार्यक्रममा यौनशास्त्री डाक्टर सुबोधकुमार पोखरेलले दर्शकको यौनजिज्ञासा र समस्यालाई समाधान गर्नुहुन्छ । कार्यक्रममा यौन र महिलाका बाँझोपनसम्बन्धी समस्या धेरै आउँछन् । पुरुषहरू शीघ्र स्खलनबारे बढी सोध्छन् र यसले आफ्नो यौनजीवन खराब भएको निष्कर्ष निकाल्छन् । महिलाहरू भने पुरुषहरूमा लिंग-उत्तेजना नभएकाले आफूहरू सन्तुष्टिबाट बाहिर बस्नुपर्ने अवस्था सृजना भएको सुनाउँछन् । त्यस्तै, उनीहरू बाँझोपन, पाठेघरमा संक्रमण, सेतो पानी बग्ने समस्या, ब्रेस्ट सानो भएको र श्रीमान्ले यसैकारण सन्तुष्टि नपाएको जस्ता समस्या सुनाउँछन् । ००० एकदिन एउटी महिला फोनमै रोएकी थिइन् । श्रीमान्ले महिनाको एकपटक मात्रै यौन सम्पर्क गर्ने गरेको र बच्चा किन भएन भनेर झगडा गर्ने गरेको सुनाइन् । श्रीमतीलाई उनीसँग सुत्न सधै डर लाग्थ्यो रे । एकदिन एउटी अविवाहित २३ वर्षीया केटीले ५५ वर्षको मान्छेसँग दैनिक आफ्नो सम्पर्क भएको र यसले आफ्नो भावी वैवाहिक जीवनमा असर पार्ला कि नपार्ला भन्ने जिज्ञासा राखेकी थिइन् । खासमा, विवाहअघिको सम्पर्क मलाई उचित लाग्दैन । अहिले त १४/१५ वर्षको उमेरैदेखि यौनसम्बन्ध बनाउने चलन हुर्कँदै छ । त्यसले समाजलाई ठीक दिशातिर लैजा
dewa · Apr 30, 2010 12:46 AM · 12,287 views
We have suppressed it because of close society. I raised a question can we have consensual sex with other's spouse, almost no comments. We are still shy to discuss about it even in Sajha. It will take time and it is a good start.
बैरागिकाइलो · Apr 30, 2010 8:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion