Yo andolon chhahi santi premi party ko ho hai, YCL ko hoina

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चाबहिलमा विद्यार्थी-प्रहरी भिडन्त (फोटो फिचरसहित) मंगलवार, 27 अप्रेल 2010 11:15 नागरिक काठमाडौँ, वैशाख १३ (नागरिक) नेपाल विद्यार्थी संघले चाबहिलमा गरेको आन्दोलनमा भएको ढुंगा हानाहानमा विद्यार्थी, प्रहरी र पत्रकारसमेत घाइते भएका छन्। प्रहरीले हानेको ढुंगाबाट पत्रकारहरु घाइते भएका हुन् । नागरिकका फोटोपत्रकार विजय राई, राजधानीका फोटोपत्रकार अशोक महर्जन र थप एक पत्रकार घाइते भएको नागरिकन्युजकर्मी केशब थोकरले जनाएका छन्। घाइतेको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले १५ सेलजति अश्रुग्यास प्रहार गरिसकेको छ। घाइतेको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले १५ सेलजति अश्रुग्यास प्रहार गरिसकेको छ। प्रहरीका अनुसार विद्यार्थीहरुले खानेपानी संस्थानको बा.१ ब ४९९७ नम्वरको मोटरसाइकल र विहान १० बजे सोही स्थानमा नम्वर खुल्न नसकेको मोटरसाइकलमा आगजनी गरेका छन्। प्रहरीले घटनास्थलबाट १ जनालाई पक्राउ गरेको बताएको छ। तनावग्रस्त चाबहिल-गौशाला क्षेत्र अहिले सामान्य बनेको छ। तस्बिर : केशव थोकर तस्बिर केशव : थोकर विद्यार्थीलाई ढुंगा हान्दै प्रहरी। तस्बिर : केशव थोकर कुटेपछि गिरफ्तार। तस्बिर : केशव थोकर प्रहार प्रहरीको। तस्बिर : केशव थोकर रत्‍नपार्कमा सोमबार जलाइएको संस्थानको गाडी। तस्बिरः भास्वर ओझा अनेरास्ववियु त्रिचन्द्र इकाई सभापति समिक बडालमाथि खुकुरी हानेको आरोपमा पक्राउ परेका त्रिचन्द्र स्ववियु उपसभापति विष्णु पौडेलेको रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघ विरोध प्रदर्शनमा उत्रिएको हो। नेविसंघका विद्यार्थीहरूले सोमबार उपत्यकाका विभिन्न स्थानमा एक घन्टा चक्काजाम गर्नुका साथै आधा दर्जन सवारी साधनमा तोडफोड र आगजनी गरेका थिए। उनीहरुले आजसम्म पक्राउ परेका विद्यार्थीको रिहाइ नगरे भोलि बुधबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन्। रत्‍नपार्कमा सोमबार जलाइएको संस्थानको गाडी। तस्बिरः भास्वर ओझा रत्‍नपार्कमा जलाइएको गाडीको आगो निभाउँदै। तस्बिरः दीपक तोलांगे रत्‍नपार्कमा सोमबार फोटो पत्रकारहरुमाथि आक्रमण गर्दै प्रहरी। तस्बिरः दीपक तोलांगे त्रिचन्द्र कलेजअगाडि टायर जलाउँदै। तस्बिरः भास्वर ओझा सोमबार त्रिचन्द्र कलेजअगाडि प्रहरी लाठी प्रहार गर्दै। तस्बिरः भास्वर ओझा Last edited: 28-Apr-10 05:18 PM

timer · Apr 28, 2010 5:17 PM · 8,920 views

4 Replies

Yo bhanda Nautanki katai hunchha, Congress ra UML government ma, uniharu ko nai tauko phoda pod ani uniharu ko police le nai machha kutne, Binas kale biparit ta buddhi.

timer · Apr 28, 2010 5:28 PM

Last edited: 28-Apr-10 05:53 PM

raju161 · Apr 28, 2010 5:35 PM

ye babai nepali lai kam deu,  ma pani pura bigrine bhaye america ma yiniharu ko natak online herda herda, afno kam samet bhadne bhaye afaile, nepali na pare, aruko kura nakati basna naskne bhaiyo.

timer · Apr 28, 2010 5:43 PM

ठीक भान्येउ ब्रो, सुरुवात हजुर बाटइ गर्नु पर्ला कि

raju161 · Apr 28, 2010 5:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all