सेनाका जर्नेल र एमाले युवाबीच गोप्य वार्ता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सेनाका जर्नेल र एमाले युवाबीच गोप्य वार्ता 23/04/2010 04:39:00विनोद न्यौपाने Font size:   नयाँ पत्रिका काठमाडौं, ९ वैशाख एमालेको युवा संघ नेपाल र नेपाली सेनाका केही जर्नेलबीच गोप्य वार्ता भएको छ । बिहीबार दिउँसो ललितपुरको गि्रनवीच होटलमा भएको वार्तामा सेनाका सात जर्नेल सहभागी थिए । युवा संघको तर्फबाट अध्यक्ष महेश बस्नेतलगायतका नेता सहभागी थिए, तर वार्तामा सहभागी जर्नेलको नाम भने खुल्न सकेको छैन । नेपाली सेना गम्भीर छ - महेश बस्नेत अध्यक्ष युवा संघ सेनाका जर्नेलहरूसँग गोप्य वार्ता भएको हो ?  सेनासँग सरोकार राख्ने विज्ञहरूसँग भेटघाट भएको हो । तर, कोसँग र कहाँ भेट भयो भन्न मिल्दैन ।  भेटमा के कुरा भयो ?  हामीले अहिलेको अवस्थाका बारेमा उहाँहरूसँग कुरा गर्‍यौँ । माओवादीले विद्रोह गर्छु भनेको, खुकरी र लाठी तालिम दिइरहेको अवस्थामा हाम्रो धारणा राख्ने र उहाँहरूको धारणा बुझ्ने काम भयो ।  उनीहरूले के भने त ?  अहिलेको अवस्थामा उहाँहरू पनि चिन्तित भएको पाइयो । नेपाली सेना जहिले पनि राष्ट्रको पक्षमा रहेको र यसको भूमिका गम्भीर रहेको उहाँहरूले बताउनुभयो । प्रहरीको भूमिका प्रभावकारी हुनुपर्नेमा नभएको भन्दै प्रहरीलाई प्रभावकारी बनाउनुपर्ने उहाँहरूले बताउनुभयो ।  सेना परिचालनको विषयमा छलफल भएको हो ?  हामीले ठयाक्कै यही विषयमा केन्दि्रत भएर कुरा त गरेनौँ । तर, हाम्रो मान्यता अहिलेको अवस्थामा सेना ब्यारेकभित्र बस्न हुँदैन भन्ने हो । अहिले माओवादीका कारण देश गृहयुद्धतर्फ गइरहेको छ । वैदेशिक हस्तक्षेप बढिरहेको छ । यस्तो अवस्थामा राज्यले सेनालाई ब्यारेकमा जबर्जस्ती राख्नुहुँदैन भन्ने मान्यता हामीले राखेका छौँ । हामीले उहाँहरूसँग हाम्रो धारणा स्पष्ट रूपमा राख्यौँ । तर, राजनीतिक विषयमा सेना परिचालन गर्नुपर्छ भन्ने हाम्रो धारणा भने होइन । देशलाई पुनः युद्धमा जान नदिन सेना परिचालन गर्नुपर्छ हामीले भनेका छौँ ।  सेनाका मानिसहरूसँग कुराकानी गर्नुपर्ने अवस्था किन आयो ?  हामीले सेनासँग मात्रै होइन, प्रधानमन्त्री र रक्षामन्त्रीसँग पनि कुरा गरेका छौँ । अब प्रहरीसँग पनि कुरा गर्छौं । देशलाई युद्धमा जान नदिन हामीले प्रयास गरेका हौँ । राज्यको तलब खाएर माओवादीको पक्षमा उभिने माओवादी सेनालाई तत्काल व्यवस्थापन गर्नुपर्छ । उनीहरूलाई पुनः युद्धमा र्फकने काम गर्न दिनुहुँदैन । यही विषयमा हामीले छलफललाई तीव्रता दिएका हौँ । सेनाका मानिसहरूसँग कुराकानी गर्नुपर्ने अवस्था किन आयो ?  हामीले सेनासँग मात्रै होइन, प्रधानमन्त्री र रक्षामन्त्रीसँग पनि कुरा गरेका छौँ । अब प्रहरीसँग पनि कुरा गर्छौं । देशलाई युद्धमा जान नदिन हामीले प्रयास गरेका हौँ । राज्यको तलब खाएर माओवादीको पक्षमा उभिने माओवादी सेनालाई तत्काल व्यवस्थापन गर्नुपर्छ । उनीहरूलाई पुनः युद्धमा र्फकने काम गर्न दिनुहुँदैन । यही विषयमा हामीले छलफललाई तीव्रता दिएका हौँ ।झन्डै एक घन्टा भएको वार्तामा युवा संघका पदाधिकारीले सेनालाई ब्यारेकमा खुम्चिएर नबस्न आग्रह गरेका थिए । 'सेना ब्यारेकभित्र खुम्चिएर बस्नुहुँदैन, माओवादीले गर्ने भनेको विद्रोहलाई नियन्त्रण गर्न सेना बाहिर निस्कनुपर्छ भन्ने हाम्रो धारणा राख्यौँ ।' बस्नेतले वार्तामा आफूले राखेको प्रस्ताव बताए । तर, उनले सीधै सैनिक अधिकारीलाई होइन, 'सेनासँग सरोकार राख्ने विज्ञहरूसँग' राखेको बताए । तर, ती विज्ञ को हुन् भन्ने उनले खुलाउन चाहेनन् । झन्डै एक घन्टा भएको वार्तामा युवा संघका पदाधिकारीले सेनालाई ब्यारेकमा खुम्चिएर नबस्न आग्रह गरेका थिए ।वार्तामा सहभागी जर्नेलहरूले राज्यले सेनाको भूमिका सीमित पारेकामा असन्तुष्टि जनाउँदै आफूहरू ब्यारेकभित्रै बस्ने मनस्थितिमा नरहेको बताएका थिए । 'हामी आवश्यक परे देशको रक्षाका लागि जुनसुकै वेला ब्यारेकबाहिर आउन सक्छौँ,' सेनाका जर्नेलको भनाइ उद्धृत गर्दै वार्तामा सहभागी युवा संघका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने ।  माओवादीले देशका विभिन्न स्थानमा सुरु गरेको सैन्य प्रशिक्षणले देश गृहयुद्धमा जान लागेको भन्दै युवा संघका पदाधिकारीले सेना सडकमा आउनुपर्ने विचार राखेका थिए । वार्तामा युवा संघका ८ जनाभन्दा बढी पदाधिकारी सहभागी थिए । दिउँसो साँढे दुई बजे सुरु भएको वार्ता एक घन्टासम्म चलेको थियो ।  वार्ताको क्रममा युवा संघका पदाधिकारीले माओवादी विद्रोहमा उत्रिए त्यसको प्रतिकारका लागि युवा संघ तयार रहेको भन्दै आवश्यक सहयोगका लागि सेनालाई आग्रह गरेका थिए । जवाफमा सेनाका जर्नेलहरूको भनाइ थियो, 'राजनीतिक दलको भातृ संगठनसँगै मिलेर सेनाले अर्को दलको प्रतिकार गर्न नमिल्ला, तर त्यो भन्दा अघि नै सरकारलाई दबाब दिएर ब्यारेकबाट बाहिर निस्कने वातावरण मिलाउनुपर्छ ।' युवा संघका एक केन्द्रीय नेताका अनुसार वार्तामा सहभागी जर्नेलहरूले माओवादीले देशव्यापी रूपमा सुरु गरेको सैन्य प्रशिक्षणबाट सेना असन्तुष्ट भएको जनाऊ दिएका थिए । ब्यारेकका सेनालाई 'हाई अलर्ट' मा राखिएको समेत ती जर्नेलहरूले बताएका थिए । 'प्रधानसेनापति छत्रमान सिंह गुरुङले नै बुधबार सेनाका सबै निकायमा सर्कुलर पठाइसक्नुभएको छ,' जर्नेलहरूले युवासंघका नेताहरूलाई जानकारी दिएको स्रोतले जनायो ।  वार्तामा सहभागी जर्नेलहरूले सकेसम्म प्रहरीलाई सशक्त बनाएर शान्तिसुरक्षा कायम गर्नुपर्ने र नसक्ने अवस्थामा सेनालाई तत्काल ब्यारेकबाट बाहिर पठाउनुपर्ने धारणा राखेका थिए । तर, पछिल्लो समयमा प्रहरीको भूमिकासमेत प्रभावकारी हुन नसकेको र शान्तिसुरक्षा कायम गर्न असफल भइरहेको उनीहरूको निष्कर्ष थियो । त्यही कारण माओवादी विद्रोहको चर्चा चलेपछि सेनालाई अलर्टमा राखिएको उनीहरूको भनाइ थियो ।  युवा संघका अध्यक्ष बस्नेतले आफूहरूका कुरामा उनीहरू (सैन्यविद्?) पनि देशको अवस्थाप्रति चिन्तित रहेको बताए । 'देशको अवस्थाप्रति नेपाली सेना पनि चिन्तित रहेको पाइयो,' बस्नेतले भने, 'नेपाली सेना जहिल्यै पनि राष्ट्रको पक्षमा रहेको र यसको भूमिका गम्भीर रहेको उहाँहरूले बताउनुभयो ।'  युवा संघले प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्रीका साथै सुरक्षा निकायसँग भेटेर देशको अवस्थाका बारेमा छलफल गर्ने क्रममा 'सेनासँग सरोकार राख्ने विज्ञहरूसँग' छलफल गरिएको बस्नेतले बताए ।  सेनालाई सतर्क रहन सरकारको निर्देशन नयाँ पत्रिका काठमार्डौ, ९ वैशाख माओवादीले गर्न लागेको आन्दोलनलाई लक्षित गरी सरकारले सेनालाई सतर्क रहन निर्देशन दिएको छ । माओवादी आन्दोलन नियन्त्रणबाहिर गएमा परिस्थितिको सामनाको लागि तयार हुन निर्देशन दिइएको हो ।  सरकारले सैन्य नेतृत्वलाई माओवादीले जबरजस्ती सत्ता कब्जा गर्न खोजे हस्तक्षेपकारी भूमिका निभाउन पनि अनौपचारिक रूपमा निर्देशन दिएको स्रोतले बतायो । सेनाले सरकारलाई माओवादीले आन्दोलनमा मुठभेड गर्न खोजेको र परिस्थितिको फाइदा उठाउँदै सत्ता कब्जा गर्ने रणनीति बनाएको बि्रफिङ गरेको स्रोतको दाबी छ । सैनिक अधिकारीहरूले सरकारको निर्देशन पालना गर्न सेना तयार रहेको जवाफ दिएको बुभिएको छ । सेनाले विधिसम्मत ढंगले सरकारले दिएको निर्देशन मान्ने प्रतिबद्धता जनाएको पनि स्रोतले बतायो ।  माओवादीले यही वैशाख १८ गतेदखि आन्दोलन गर्ने तयारी गरेको छ । आन्दोलनलाई सामना गर्ने विषयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा तीनवटै सुरक्षा प्रमुखहरू सहभागी थिए । उपप्रधानमन्त्री विजय गच्छदारले बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको आन्दोलन हिंसात्मक भए जनताको सुरक्षा गर्न सरकार सक्षम भएको बताए । यसैबीच मजदुर दिवसका अवसरमा १८ वैशाखमा माओवादीले गर्न लागेको जनप्रदर्शनलाई लक्षित गरी सरकारले सबै सुरक्षानिकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । माओवादीको प्रदर्शन हिंसात्मक हुनसक्ने भन्दै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सबै सुरक्षानिकायलाई सतर्क रहन निर्देशन दिएको हो ।  मन्त्रिपरिषद्को बैठकले सबै प्रकारको सुरक्षा रणनीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शंकर पोखरेलले बताए । बैठकले माओवादीले देशभर सञ्चालन गरेको 'आत्मरक्षा प्रशिक्षण' शान्तिसम्झौताविपरीत भएको भन्दै तत्काल रोक्न आग्रह गर्ने निर्णय गरेको प्रवक्ता पोख्रेलले बताए 

chanty399 · Apr 23, 2010 8:07 PM · 13,879 views

2 Replies

Nepal army should take over nepal or else we will be slaves of  Maoist .

redlotus · Apr 23, 2010 8:15 PM

कतै गुरुङ ले सुरुङ त खन्ने हैन?

raju161 · Apr 23, 2010 8:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all