नम्रता रेष्टुराँ व्यवसायमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नम्रता रेष्टुराँ व्यवसायमा Posted on April 22, 2010 by Yonepal ‘म एक आत्माविश्वासी, परिश्रमी र नयाँ कुरा सिक्न रुचाउने नारी हुँ’, आफ्ना बारेमा प्रस्ट पार्दै हिरोइन नम्रताले भनिन्। नेपाली ग्लामर फिल्डकी ‘ब्युटी क्विन’ नम्रता लाजिम्पाटस्थित आफ्नो एट्टिक रेष्टुराँ बारे बताइहँदा बुधबार निकै आत्मविश्वासी समेत देखिइन्। मोडल, रेडियो प्रस्तोतादेखि नायिकासम्मको परिचयपछि अब नम्रताको नयाँ परिचय स्थापित हुँदैछ रेष्टुराँ व्यवसायीको रुपमा। ‘यो मेरा लागि नयाँ अनुभव थियो’, एक वर्षअघि साथी रेमनसँगै मिलेर रेष्टुराँ चलाउने निर्णय सम्झँदै उनले भनिन्- ‘नयाँ सोच र आफ्नै किसिमको ह्याङ आउट जक्सनको आवश्यकता लागि यो खोलिएको हो।’ नम्रताले रेष्टुराँ व्यवसायमा हात हालेको एक वर्ष भइसकेको छ। तैपनि उनी आफूलाई परिवक्व ठान्दिनन्। ‘म यो फिल्डका लागि म नयाँ नै हुँ। सिक्दैछु।’ रेष्टुराँ उनको रुचिकै विषय चाहिँ हैन। उनी यसलाई एउटा प्रयोगात्मक योजनाको परिणाम ठान्छिन्। त्यसैले उनी रेष्टुराँलाई पूर्ण आर्थिक मुनाफाको विषयभन्दा बढी जनसम्पर्क विस्तारको विषय बढी ठान्छिन्। लाजिम्पाटको तेजभवनभित्र पट्टिको गल्लीमा राणाकालीन पुरानो घरभित्रको एट्टिक शान्त छ। ‘मधुर संगीत, आकर्षक इन्टेरियर डजाइन र मिठो परिकार यहाँको विशेषता हो’, उनले भनिन्- ‘त्यसैले यहाँका ग्राहक संगीत र शान्त वातावरण अनि मिठो खाना खोज्नेहरु हुन्। ‘ मनोरञ्जनका लागि बुधबार र शुक्रबार नम्रताको एट्टिकले सांगीतिक कार्यक्रम पनि गर्छ। नयाँ वर्ष, होली लगायतका पर्वहरुमा उनीसँगै भेटिन्छन् सेलिब्रेटिहरु विशेष कार्यक्रम सहित। आकर्षक इन्टेरियर सहितको रेष्टुराँको विशेष लक्ष्यत वर्ग नभएको उनको बुझाइ छ। ‘सबै खालका मान्छे आउनुहुन्छ’, दुई हातका औंलाका नङ जुधाउँदै नम्रताले भनिन् ‘विशेष गरी मिडियाका मान्छे बढी आएको पाएकी छु।’ फिल्म, मोडलिङ र इभेन्टहरुमा व्यस्त भइरहनु पर्ने हुनाले नम्रता रेष्टुराँमा भने त्यति धेरै समय दिन पाउँदिनन्। ‘त्यस्तो बेलामा साथीहरु मिस हुन्छन्, यहाँ मेरो आत्मा भएजस्तो लाग्छ’, उनले सुनाइन्। मेरी एउटा साथी छ पछि नम्रताले भर्खरै अर्को फिल्ममा हिरोइनको भूमिका पाएकी छन्। प्रभुसम्शेर राणाले निर्माण गर्न लागेको ‘पर्पल डेज्’को मुख्य भूमिकामा उनी अनुबन्धित भएकी छन्। नेपाली हिरोहरुले समेत एउटा फिल्मको पाँच लाख पाउँदैनन् तर नम्रताले पर्पल डेजका पाँच लाख पारश्रमिक लिएको नकारिनन्। ‘मेरो खुबीका लागि जति पाउन लायक छु त्यति लिन्छु। कुरा त्यही हो’, नम्रताले कुटनीतिक जवाफ दिइन्। आफू कला क्षेत्रकै लागि फिट भएको ठान्ने नम्रता यो क्षेत्रबाट पछि हट्ने सोचमा छैनन्। ‘म यो क्षेत्रमै सक्रिय हुनेछु। मेरा शुभचिन्तकलाई म निरास पार्नेवाला छैन।’ अशोक थापा/नागरिक

grgDai · Apr 23, 2010 2:31 PM · 3,341 views

2 Replies

I admire this woman's courage in a backward society like ours.

newlynew · Apr 23, 2010 2:34 PM

After Restuarant.. Escort.. and so on... ha ha

Ved555 · Apr 24, 2010 12:11 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all