~ चौतारी १८५ ~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~ *  चौतारी १८५ *~   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 185 editions.

बिस्टे · Apr 22, 2010 1:20 PM · 269,671 views

353 Replies · Showing 341 - 353
Page 18 of 18

तारेमाम गाम्लेहरु ! शुक्रबारे जदौ । सान दाई को जिनिस पनि बन्द को मार मा परे जस्तो छ । असत्तिहरुले साझा आउने बाटो नि बन्द गरी दिए छ।

rahulvai · May 7, 2010 8:46 AM

तारेमाम ठुल्दाइ ! एक बिहानै चौतारी? जेट ल्याग ले छोडेको छैन जस्तो छ !  

ritthe · May 7, 2010 8:49 AM

ॐ नम: भगवते बासुदेवाय (ल यो मन्त्र ११ चोटि भनम सप्पैले ! आजको दिन एकदम प्रोडक्टिव हुन्छ रे )

ritthe · May 7, 2010 8:51 AM

तारेमाम रिट्ठे, ९.४६ एका ब्यानै हुन्छ र रिट्ठे ? देश को चिन्ताले निद्रा खुल्ने मात्रै होइन के के खुल्छ के के ? मखुला ??

rahulvai · May 7, 2010 8:52 AM

९:४६ त चौतारी आएर पोस्ट गरेको टाईम हो नि ठुल्दाइ ! त्यो भन्दा अगाडि नेपाल को ताजा खबर थाहा पाउन दुई चार वटा अन्लाईन न्युज साइट वा ब्लग त हेर्नु नै भयो होला ! कम्प्युटर खोल्नु अगाडि बाथरूम त जानु नै भयो होला एक पटक ! चिया नखाइ बाथरूम जान मन लाग्दैन भनेर चिया एक कप त खानु नै भयो होला ! चिया एक्लै पर्छ भनेर साथमा भर्खर नेपालबाट ल्याको मुरली बजाउनु नै भयो होला एउटा ! चिया आँफै बन्दैन उठेर बनाउनु पर्छ भन्ने सबैलाई थाहा छ, त्यो चिया बनाउन पनि केही समय त लाग्यो नै होला ! भनेपछी कती बजे उठ्नु भो त ठुल्दाइ ए साथी हो आँफै जोड घटाऊ गरौ ! सहि उत्तर दिने लाई आज शुक्रबार बुलुकी को लागि सितन स्वरुप ठुलो खसी को सुकुटी त्यो पनि ठुल्दाइले नेपाल बाट ल्याको ताजा ताजै बेलुकी अपिस बाट घर पुग्दा पाउने गरी कुरियर गरिदिने छ ! धन्यवाद ! Last edited: 07-May-10 09:35 AM

ritthe · May 7, 2010 9:25 AM

Budhaa party matrai rahechha , Saan dai le chautaari ko dhokaa ni bandh gardyaa jasto chha . Thuldaai Taare !! Ritthe saan k chha khabar . la yo maobadi lai jhirippa parne kohi chhaina bhanyaa ?? pareko ma behorchhu la

baire · May 7, 2010 9:31 AM

HAPPY NEW YEAR! Thuldaai, welcome back! Good morning hai sabailaai!

crazy_love · May 7, 2010 9:39 AM

बैरे आज किन औरेजी टोपी लार आको नचिनेर झन्डै ढुङ्गा उठाइसकेको थिए मैले त ! अचेल सपनामा नि ढुङ्गा, मुढा, लाठी बाहेक केही देख्दिन ! गर्नु गर्‍यो नि माओवादीले ! ल बैरे गहकिलो कुरा भन्छु सुन ! देश बनाउनु छ भने अथवा केही नभये पनि यि दुष्ट नेताहरुलाई पाठ सिकाउनु छ भने त्यो उता जितेको धागोमा लेख्ने सबैले औरिका मोह त्यागौ र भरै नै टिकेसको बन्दोबस्त गरेर नेपाल जाँऔ र अभियान चलाऊ ! नेपाली जनतालाई भेडा नबनौ र नेताहरुलाई जनतालाई शोषण गर्न बन्द गर हैन भने सद्दाम हुसेनको जस्तो हालत बनाइदिन्छौ भनेर पाठ सिकाउन १ महिनाको भ्याउसिन लेर जाम ! के भन्छौ? Last edited: 07-May-10 09:42 AM

ritthe · May 7, 2010 9:41 AM

तारे मारेँ है सप्पै लाई ठुल्दाइ निन्द्रा खुलीसक्यो भन्या एती चाडै? रिट्ठे लाई ब्यान ब्यान कत्ती गफ आको भन्या,जेरी खार आको हो कि क्या हो? बैर्स ब्रो व्हाटस अप।

बिस्टे · May 7, 2010 9:41 AM

ओहो किरेजी नि आईसैछिन। के छ् हो केर्जी नानी।  रिट्ठ्स ब्रो को गहकिलो कुरा लाई गफ भन्या हैन त्यो माख्लो पोस्टा लाई चाइ भन्या है फेरी गुर्र्ररर होलाउ नि।

बिस्टे · May 7, 2010 9:48 AM

तारेमाम बैरे, क्रेजी, बिस्टे । फेरी कहिलेइ फर्किन्न भनेर आको बेला, घर पठाउने कुरो गर्छ यो रिट्ठे सान। घर जाने कर नगर । घर को भर छैन । निद्रा खुल्ने नै भए बिस्टे काजी , अरु सप्पै बन्द छ , खुल्ने चीज त्यही एउटा छ नेपाल मा । देशको ह्याङ ओभर । बैरे पाट, लौ न कोइ छोटा राजन , बडा राजन खोजुम, चन्दा दिन तयार छ, सुपारी किन्न लाई । क्रेजी, कता बेपता नि , भर्खर ह्यापी न्यू एअर ??

rahulvai · May 7, 2010 9:49 AM

ओह बिस्टे सोम अस्ती मंगल (बार)देखी त आज मात्रै देखिदैछ नि ! जेरी को कुरा गरेपछी तात्ततात्तो जेरी स्वारि र छोले खान मन लागिहाल्यो नि ! के छ ब्रो खबर हरु? यसपाली नि झर्ने हो कि तल तिर? क्रेजी साउनी लाई मेरो नि HNY एक कप मिठो च्या र त्यो माथि भनेको जेरी स्वारि र छोले खाउन साउनि ! ऐले को ऐले पैसा दिन्छु उधारो होइन के

ritthe · May 7, 2010 9:51 AM

mulaa Ritthe Nepal gayera ni ke garne ?? arko naaraa lagaaune ? Nepal Sarkaar ko talegas nai chhaina .. Sab lai satarka garne , media ko support line , don't come to the streets we will use forceful measures bhanne !!! Ani Nepal Army lai la Bhutde paryaa ma behorchhu bhanne ... 1000-2000 mare population ni ghatchha manchhe le ye hoina yesto garnu naparne ni ho rahechha bhan thanchhan .. Aba naraa morchaa nikaalera ni hunchha ? Netaa haru masta le nepali jantaa lai piyo banai chalaudai chhan . Haami Bhedaa haru bahira gayera natak gari raha chhau ... Yesto Waiyaat

baire · May 7, 2010 9:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all