सैन्य भर्नाविरुद्ध मुद्दा हाल्ने वकिल कुटिए 22/04/2010 04:33:00विनोद न्यौपाने Font size: शान्ति-सम्झौताविरुद्ध सेनाले भर्ना खोलेको भन्दै सर्वोच्चमा रिट हाल्ने कानुन व्यवसायी श्रीकृष्ण सुवेदी मंगलबार राति साढे १० बजे सुरक्षाकर्मीबाटै पुल्चोकमा कुटिए, राति २ बजे मात्रै उनको होस आयो नयाँ पत्रिका काठमाडौं, ८ वैशाख नेपाली सेनाले खोलेको सैन्य भर्नाविरुद्ध अदालतमा रिट दायर गर्ने अधिवक्ता श्रीकृष्ण सुवेदीमाथि प्रहरीलेसांघातिक आक्रमण गरेको छ । सुरक्षाका लागि खटिएका प्रहरीले मंगलबार राति पुल्चोकमा उनलाई चिनेरै आक्रमण गरेका हुन् । राति साढे १० बजे आफन्तकहाँ खाना खाएर धोबीघाटस्थित आफ्नो निवासतर्फ फर्किरहेका सुवेदीलाई पुल्चोकको नबिल बैंकअगाडि चेकजाँचका लागि बसेका प्रहरीले रोकेका थिए । आफूले बार काउन्सिलको लाइसेन्स देखाएपछि नाम पढेर कुटपिट गरेको पीडित सुवेदीले बताए । 'मोटरसाइकल रोकेर बार काउन्सिलको लाइसेन्स देखाउँदै थिएँ,' सुवेदीले भने, 'लाइसेन्समा मेरो नाम पढेपछि एउटा प्रहरीले मेरो नाम पढ्यो र पछाडि रहेको अर्कोले 'वकिल श्रीकृष्ण सुवेदी भन्ने यही हो ?' भनेर सोध्यो । मलाई पछ्याएर मोटरसाइकलमा आएको व्यक्तिले 'हो, यही हो' भनेपछि सबै मिलेर कुट्न थाले ।' सुवेदीका अनुसार सुरुमा मोटरसाइकलमा लात्तीले हानेर उनलाई लडाएपछि त्यहाँ रहेका केही सुरक्षाकर्मीले आक्रमण गरेका थिए । उनीभन्दा पछाडि मोटरसाइकलमा आएको व्यक्तिले समेत कुटपिटमा सघाएको सुवेदीले बताए । 'म श्रीकृष्ण सुवेदी नै हो भनेर चिनाउने व्यक्तिले पनि हान्यो,' सुवेदीले भने । आफूमाथि आक्रमण भइरहँदा केही मिटर पर गाडीसहित बसेका सुरक्षाकर्मी मूकदर्शक भएर हेरिरहेको उनले बताए । बल्लतल्ल आफैं उठेर गाडीसँगै भएका ती प्रहरीसँग कुरा गरेपछि पुल्चोकमा रहेको प्रहरी प्रभागमा पुर्याएर त्यसपछि मात्र अस्पताल लगिएको सुवेदीले बताए । उनलाई उपचारका लागि प्रभागबाट प्रहरीकै गाडीमा राखेर अल्का अस्पताल जाउलाखेल लगिएको थियो । प्रहरीले अस्पतालमा मोटरसाइकल दुर्घटनामा परेर ल्याएको बताएका थिए । अस्पतालले दिएको कागजमा पनि मोटरसाइकल दुर्घटनामा घाइते भएको उल्लेख छ । सुवेदीले भने, 'आक्रमण लुकाउन दुर्घटनाको बहाना बनाए ।' उनी बुधबार बिहान उपचारपछि घर फर्केका छन् । आक्रमणबाट उनको मोटरसाइकलमा समेत क्षति पुगेको छ । आफूमाथि विगतमा समेत सैन्य भर्नाविरुद्ध रिट हालेकाले विभिन्न प्रकारका धम्की आएको उनको भनाइ छ । 'व्यक्तिगत रिसइवी भएको भए अरू बेला पनि आक्रमण हुनुपर्ने हो,' सुवेदीले भने, 'रिट हालेकै भोलिपल्ट मोटरसाइकलमा पिछा नै गरेर आक्रमण भएको छ ।' सुवेदीको नेतृत्वमा उनी कार्यरत इन्हुरेड इन्टरनेसनल र अर्को एक संस्थाले सैन्य भर्नाविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्ष नेपाली सेनाले खोलेको सैन्य भर्नाविरुद्धको रिटमा समेत सुवेदीले नेतृत्व गरेका थिए । गत वर्ष दायर गरेको रिटमा भर्ना-प्रक्रिया स्थगित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । इन्हुरेडका अध्यक्ष डा. गोपालकृष्ण सुवेदीले अदालतमा रिट हालेकैले सुवेदीमाथि आक्रमण भएको हुन सक्ने बताए । 'शान्ति-प्रक्रियाविरुद्ध भएका गतिविधि रोक्न अघिल्लो वर्ष पनि हामीले प्रयास गरेका थियौँ,' विगतमा आएका धम्कीको स्मरण गर्दै उनले नयाँ पत्रिकासँग भने, 'अहिलेको आक्रमण हामीलाई तर्साउन गरिएको हो ।' नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमण श्रेष्ठले पनि सैन्य भर्नाविरुद्ध दायर भएको रिटकै कारण सुवेदीमाथि आक्रमण भएको हुन सक्ने बताए । 'उहाँमाथि आक्रमण गर्नुको अरू कुनै कारण छैन,' श्रेष्ठले भने, 'रिटकै कारण सुनियोजित ढंगले आक्रमण भएको देखिन्छ ।' सुवेदी भारतको नयाँदिल्लीमा मंगलबारदेखि सुरु भएको 'जनसार्क'मा सहभागी हुन बुधबार दिल्ली जाँदै थिए । आफूमाथि आक्रमण भएपछि दिल्ली जाने कार्यक्रम रद्द भएको उनले बताए । 'आज भर्नाविरुद्धको रिटमा बहस गरेर ४ बजे दिल्ली जाने कार्यक्रम थियो,' बुधबार दिउँसो उनले भने । सुवेदीमाथि आक्रमण गर्ने प्रहरीको पहिचान हुन सकेको छैन । उनको मोटरसाइकललाई पिछा गर्नेको समेत पहिचान भएको छैन । उक्त स्थानमा चेकिङका लागि महानगरीय प्रहरी प्रभागबाट प्रहरी खटाइन्छ । प्रहरीले भने सुवेदीमाथि आक्रमण नभएको र अर्को मोटरसाइकलसँग ठोक्किएर उनी घाइते भएको दाबी गरेको छ । 'उहाँमाथि आक्रमण भएको हुँदै होइन,' प्रहरी परिसर ललितपुरका डिएसपी टीकाबहादुर केसीले भने, 'आफैं मोटरसाइकल ठोक्काएर घाइते हुने, अनि सुरक्षाकर्मीले कुटे भनेर भन्नु गलत हो ।' मोटरसाइकल ठोक्किएपछि घाइते भएका सुवेदीलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको उनको दाबी छ । 'ठक्कर दिने अर्को मोटरसाइकल खोजेर हामी सत्यतथ्य पत्ता लगाउँछौँ,' उनले भने । 'वकिल श्रीकृष्ण सुवेदी यही हो भन्दै कुटे’ सोमबार सैन्य भर्नाविरुद्ध सर्वोच्चमा रिट हालेपछि मंगलबार साँझ एकजना अधिवक्ता मित्रको त्रिपुरेश्वरस्थित ल र्फममा लामो छलफल भएको थियो । घरमा कोही नभएकाले त्रिपुरेश्वरमै रहेका एकजना दाजुकहाँ खाना खाएर घर जान लागेको थिएँ । दाजुले 'आज यतै बस्नू' भन्नुभएको थियो । तर, भोलि (बुधबार) दिल्ली जानका लागि सामान प्याक गर्नु छ, म जान्छु भन्दै त्यहाँबाट धोबीघाटस्थित घर जान हिँडेको थिएँ । त्यस्तै साढे १० बजे हुनुपर्छ, पुल्चोकको नबिल बैंकअगाडि चेकिङमा बसेका प्रहरीले मलाई मोटरसाइकल रोक्न लगाए । उनीहरूले लाइसेन्स मागे । पर्समा बार काउन्सिलको लाइसेन्स अगाडि थियो । त्यो देखाएर ड्राइभिङ लाइसेन्स निकाल्न खोज्दै थिएँ । बार काउन्सिलको परिचयपत्र हेर्ने व्यक्तिले मेरो नाम लियो । ऊभन्दा पछाडि रहेको व्यक्तिले 'वकिल श्रीकृष्ण सुवेदी भन्ने यही हो ?' भनेर अरूलाई सोध्यो । मभन्दा पछाडि मोटरसाइकलमा मेरो पिछा गर्दै आएको एक व्यक्तिले 'हो यही हो' भन्यो । यसपछि म चढेको मोटरसाइकलको अगाडि एउटा प्रहरीले लात्ताले हान्यो । मोटरसाइकलसहित म लडेँ । म उठेर केही बोल्न खोज्दै थिएँ । उनीहरूले मेरो मुखमा भटाभट हान्न थाले । मोटरसाइकलमा मेरो पिछा गर्ने व्यक्तिसमेत मेरो मोटरसाइकलमा धक्का दिने ? भन्दै ममाथि जाइलाग्यो । उनीहरूले लगातार केहीबेर कुटेपछि म एकैछिन् बोल्नै सकिनँ । केहीबेरपछि नजिकै रहेको प्रहरीको गाडीसँगै बसेका असईसहितको प्रहरीको टिमलाई 'म मानवअधिकारवादी र कानुन व्यवसायी हुँ, ममाथि किन त्यत्तिकै आक्रमण भएको छ ?' भनेर सोध्दा उनीहरूले कुनै प्रतिक्रिया दिएनन् । मेरो पिछा गरेको व्यक्ति मोटरसाइकल लिएर त्यहीँ आयो र मेरो मोटरसाइकलमा क्षति पुग्यो भन्दै पुनः विवाद गर्यो । त्यसवेलासम्म मेरो नाक, मुख र कानलगायतका ठाउँबाट निकै रगत बगिसकेकाले मेरो मोटरसाइकल लिएर उपचार गर्न जान्छु भनेँ । उनीहरूले मोटरसाइकलमा जान मिल्दैन भन्दै गाडीमा हालेर प्रहरी प्रभाग पुल्चोकमा लगे । मलाई त्यहाँ लगेपछि उनीहरूले भित्र अफिसमा रहेका इन्स्पेक्टरलाई 'एक्सिडेन्टमा परेछ' भनेछन् । उसको निर्देशनमा उनीहरूले मलाई अल्का अस्पताल पुर्याए । अस्पताल पुगेपछि केही घन्टा म बेहोस भएछु । बिहानपख होस आयो । अस्पतालमा समेत उनीहरूले मोटरसाइकल दुर्घटनामा परेको भनेछन् । मेरो चिउँडोमा सबैभन्दा बढी चोट लागेको छ । ७ वटाभन्दा बढी टाँका लगाइएको छ घाउमा । हात तथा गोडामा समेत चोट लागेको छ । डाक्टरले घरमा गएर आराम गर्दा हुन्छ भनेपछि म बुधबार बिहान घरमा आएँ र अन्य कानुन व्यवसायी र मानवअधिकारकर्मीलाई खबर गरेँ । ममाथि आक्रमण भएको अघिल्लो दिनमात्रै मैले नेपाली सेनाले सुरु गरेको भर्नाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थिएँ । त्यसपछि नै मेरा धेरै शुभचिन्तकले 'सेनासँग यसरी नभिडेको भए हुन्थ्यो' भन्दै सल्लाह दिएका थिए । तर, बृहत् शान्तिसम्झौताविपरीत भएको र सार्वजनिक सरोकारको विषय भएकाले नै हामी मानवअधिकारवादी कानुन व्यवसायी मिलेर सर्वोच्चमा रिट हालेका हौँ । गतवर्ष हामीले सर्वोच्चमा रिट हालेपछि फोनबाट केहीपटक हामीलाई 'नराम्रो हुन्छ' भन्दै धम्की आएको थियो । नेपाली सेनाको हेडक्वाटरबाट समेत हामीलाई फोन गरिएको थियो । त्यसपछि हामीमाथि आएको धम्की सार्वजनिक भएपछि यस्तो आउन छाडेको थियो ।
chanty399 · Apr 22, 2010 12:00 AM · 14,603 views
This is another example why Nepal Army and Police are a group of thugs, rapist, and corrupt valid criminals who always try to cover-up their fellow's crime. Just like, Suntali Dhami rape case, Bardiya National Park Rape and murder case, etc. etc. list goes on. Now, we have to see, Pakhandi Bhim Rawal, and KP's bed-partner Bidhya will be exaggerating the story as if it was an accident.
Khumbule · Apr 22, 2010 8:49 AM
Well I think it’s just Maoists making stories. If I had been the army then I would have beaten to kill and not just show love bites. What a joke, LOL, ha ha ha, he he he
MN_Nepali · Apr 22, 2010 9:09 AM
Let's not be wingnuts for any groups, parties or governments. We should have courage to say what is wrong is wrong regardless of who the perpetrators are. There is nothing right with beating the heck out of someone like this. We have more to be concerned especially when such acts are commited by those supposed to protect us.
newlynew · Apr 22, 2010 9:29 AM
aa ta Bandhuke ki Danthay ko nokar ho? Kati ko commission pauchas mooora lol
strike-king · Apr 22, 2010 11:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion