यो त साह्रै भो है|||

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसरी कारबाही गर्न थाल्यो भने देश कोल्ले चलाऊने नि ??? http://www.ekantipur.com/np/20... ================================================ अकुत सम्पती जोड्ने खरिदारलाई बिगोसहित जेल घनश्याम खड्का                     काठमाडौं, वैशाख ९ - भन्सारका खरिदारलाई अनुचित तवरमा अकुत सम्पत्ति जोडेको अभियोगमा विशेष अदालतले बुधबार पौने करोड बिगोसहित १ वर्ष कैद सजाय तोकेको छ । तातोपानी भन्सारका खरिदार भरतप्रसाद घिमिरेलाई विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दण्ड जरिवाना गरेको हो । अख्तियारद्वारा २०५९ साउन मसान्तको मध्य रातमा छापा मारिएका राजश्वका २२ कर्मचारीमध्ये घिमिरे पनि एक हुन् । उनको घरबाट नेरु १८ लाख, भारु ८४ हजार र र केही डलर गरी २० लाख नगद, ३ सय ४१ ग्रामको सुनको विस्कुटसमेत गरी १ करोड ४ लाख ९१ हजार बराबरको सम्पत्ती बरामद भएको थियो । त्यसमध्ये २८ लाख ४४ हजार रुपैयाँ को मात्रै स्रोत खुलेको भन्दै अख्तियारले उनीविरुद्ध २०५९ मंसिर २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 'छानबिनका क्रममा घिमिरेको ७६ लाख ४६ हजार रुपैयाूको स्रोत खुलेन' अदालतका अध्यक्ष कार्कीले कान्तिपुरसूग भने,'भ्रष्टाचार निवारण ऐन २०१७ र २०५९ अनुसार उनलाई त्यति नै सम्पती बराबरको रुपैयाू जरिवाना र एक वर्ष कैद फैसला भएको छ ।' २०३४ मा रामेछापको एक गाविसमा सचिव पदबाट सरकारी सेवामा प्रवेश गरेका घिमिरे २०४० सालदेखि छापा मारिने दिनसम्म भन्सारमा काम गर्दै आएका थिए । अकुत सम्पत्ति फेला परेको भन्दै छापाकाण्ड उनलाई सरकारले निलम्बन गरेको थियो । छानबिनका क्रममा घिमिरेले पस्मिना व्यापारमा पनि २६ लाख रुपैयाँ लगानी गरेको अख्तियारले पत्ता लगाएको थियो । त्यसबाहेक उनकी पत्नी देवि घिमिरेको नाममा बुद्धनगरमा दुई कित्तामा बनेको एक पक्की घर पनि छ । यो सबै सम्पती सरकारले जफत गरेको छ । 'अहिलेको मूल्य अनुसार उनको सम्पती करोडौंको हुन आउूछ' कार्की भन्छन्,'सोझो हिसाबले चल्ने एउटा खरिदारले यति पैसा जिन्दगीभर कमाउन सक्दैन ।' छापा मारिएका केही कर्मचारीको मुद्दा सर्वाेच्चमा गएको, केहीलाई सजाए भइसकेको र केहीबारे छानबिन चलिरहेको कार्कीले बताए ।  

newlynew · Apr 21, 2010 2:47 PM · 2,258 views

1 Reply

बिचरा ४० साल देखिको करोडौ जमाएको सबै स्वहाँ , माथिल्लो कर्मचारीले कती कमाएको होला   सबै तिरका घुस्या हरु , राजनीतिक घुस्या हरु लाई पनि सजाय गर्या भए क्या आनन्द हुन्या थिया , मालपोतका घुस्या हरु लाई पनि तेसै गरी दिया भये क्या हुन्थ्यो ? 

बैरागिकाइलो · Apr 21, 2010 3:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all