३३ बषिर्य सम्राट् दाहालसँग बिहे हुने खबर अघिल्लो साता सार्वजनिक हुँदा नायिका मनीषा कोइराला दक्षिण भारतीय राज्य केरलामा तमिल फिल्मको सुटिङमा व्यस्त थिइन् । गत मंगलबार मुम्बई हँदै काठमाडौं आएकी ३९ मनीषा नायिका यति बेला बिहेको तयारीमा छिन् । तीन दिनपछि पुनः मुम्बई जाने तरखरमा रहेकी मनीषा अब एकैचोटि असारमा काठमाडौं फर्किने छिन् । बिहेको टुंगो लागेकै हो, होइन ? पिरियड थाहा छ । विक पनि थाहा छ । तर डेट फिक्स भएको छैन । असारको पहिलो हप्ताचै कन्र्फम नै हो । हामी दुवैका पापाममीले पुरोहितजीको सल्लाहमा चाँडै डेट फाइनल गर्नुहुन्छ होला । बिहे कस्तो हुन्छ ? पूरै नेपाली शैलीमा, (हाँस्दै) काठमाडौंमै गर्छु । नेपाली पहिरनमा गहना पनि लगाउँछु । इंगेजमेन्ट भयो ? असारमै हुन्छ । सम्राट्जीसँग पहिलो भेट कहिले भएको थियो ? चार महिनाअघि । त्यसअघि अलिअलि चिनजान थियो । बिहे ढिलो हुँदै छ जस्तो लाग्दैन ? म लगनमा विश्वास गर्छु । यो सबै लगनले जुराउँदो रहेछ । यो हामी दुवैका लागि सही समय हो जस्तो लाग्छ । सम्राट्जीको बिहे प्रस्तावलाई किन सदर गर्नुभो ? हामी दुवै सही व्यक्तिको खोजीमा थियौं । उनले प्रस्ताव राखेपछि मैले स्विकारें । मैले खोजेकै सबै कुरा सम्राटमा पाएँ । के खोज्नुभएको थियो ? सम्राट् काम गर्न मन पराउने जेन्टलम्यान हुन् । खास गरी मन मिलेपछि सौन्दर्यको मतलब हुन्न । फाइनल्ली, उनी मलाई साहै्र रामो लाग्छन् । (हाँस्दै) धेरै ह्यान्डसम पनि छन् । विदेशमा पढे पनि नेपालमै केही गरौं भन्ने उनको भावना धेरै मन पर्यो । मैले उनमा सोचेको कुरा पाएँ । मेरा बुवाममीलाई पनि अरूलाई माया गर्ने, आदर गर्ने उनको बानी धेरै मन पर्यो । बिहेबारेको गोप्यता मिडियामार्फत एकाएक कसरी बाहिर आयो ? खै कसरी बाहिर आयो थाहै भएन । म धेरै साथीहरूलाई मुम्बईमा सरप्राइज दिन चाहन्थें । तर एकाएक मिडियामा खबर आएपछी मेरा हितैषीहरू रिसाएका छन् । उनीहरूले मलाई फोनमा 'तिम्रो बिहेको बारे हामीले प्रेसबाट थाहा पाउनुपर्ने ? के गर्न खोजेको ? भन्दै हप्काए । हिजोआज कस्तो रेसपोन्स छ ? सही कुरा आयो, ठीकै हो । हैरानी त भैहाल्छ । तर, मेरा थुप्रै पि्रयजन, पत्रकार र साथीहरू रिसाएका छन् । यता घर (नेपाल) मा प्रेसको फोनले गार्जेनहरू हैरान भएछन् । बिहेपछि के गर्नुहुन्छ ? मेरो पहिलो प्राथमिकता फिल्म, त्यसपछि परिवार । सिनेमाको काम छाड्दीन । हनिमुन कता मनाउने योजना छ ? थाहा छैन । तर, हामीलाई एकपटक सिन्धुली घुम्ने रहर छ । फेरि बिहेको कुरा छिनोफानो भएपछि उनको र मेरो पुख्र्यौली सिन्धुलीको झाँगाझोली रहेको थाहा पाएँ । तर त्यो संयोग मात्रै हो । बच्चा पाउने की नपाउने ? (हाँस्दै) डेफिनेट्ली । हामी दुबैले बच्चा चाहेका छौं । कति जना ? (लजाउँदै अनि हाँस्दै) कति हुन्छन्, मसँग आइडिया छैन । हेरौं हामी बच्चा पाउन पनि सक्छौं अथवा अनाथ बच्चा पनि राख्न सक्छौं । वा दुबै पनि हुनसक्छ । जस्तोसुकै होस् बच्चा चाहेका छौं । आमाहरूले पनि ग्रान्ड चिल्ड्रेन खोजेका छन् । फिल्मी दुनियाँमा छिरेयता बिहे र प्रेम प्रस्ताव कति आए ? थुप्रै । काउन्ट गर्न सकिँदैन । तर, सम्राट्सँग बिहेको छिनोफानोले मेरी आमाको इच्छा पूरा भएको छ । किनकि उहाँ जहिले पनि नेपाली ज्वाइँको चाहना राख्नुहुन्थ्यो । त्यो इच्छा भगवानले पूरा गरिदिएझैं लाग्यो । बुवालाई भने ज्वाइँ यस्तोउस्तो भन्ने विषयमा चासो भएन । बलिउड नायक नाना पाटेकर र नेपालका लागि अस्ट्रेलियन राजदूत क्रिस्पिन कोनरोयसँग तपाईंको सम्बन्धको खुब चर्चा भएको थियो । खास कुरो के हो ? त्यस्तो केही होइन । जीवनमा धेरै मानिससँग धेरै खाले सम्वन्ध हुनु स्वाभाविक नै हो । म बफादार र खुल्ला मान्छे हुं । उनीहरूसँग मेरो गुड एन्ड रेस्पेक्टेड डिस्टयान्स छ । तर अहिले उनीहरू मेरो सम्पर्कमा नै छैनन् । उनीहरूसँग सम्मानित दूरी राख्न चाहन्छु । प्रेम के हो ? दुबैले एकअर्कालाई आदर र विश्वास गर्नुपर्छ । प्रेममा यी महत्वपुर्ण हुन् । म्युचुअल रेस्पेक्ट भएन भने लभमा राम्रो हुँदैन । पहिलो प्रेम सम्झना छ ? अँ, त्यतातिर नजाउँ । बेहुला कान्छा भए भन्दै धेरैले टिप्पणी गरेका छन् नि ? दुनियाँमा थुप्रै खाले बिहे भएका छन् । दुई मान्छे एकअर्कामा खुसी हुन्छन् भने उमेर बाधक हुन सक्दैन । विचारधारा, प्रतिबद्धता, समझदारी मिलेपछि उमेर छेकबार हुन सक्दैन । सम्राट् र मबीच पनि यस्तै कुरा मिलेपछी बिहेको टुंगो लागेको हो । हामी दुईले एकअर्कालाई राम्ररी बुझसिक्यौं । अब सम्राट् मेरो संसार हुन् । उनीबिनाको संसार म कल्पना पनि गर्न सक्दिनँ । तपाईंहरूबीच कसले बढी माया गर्छ ? यसबारे हामी दुवैबीच पनि बेलाबेला ठाकठुक पर्छ । उनी भन्छन्, 'म धेरै गर्छु ।' म भन्छु, 'म धेरै माया गर्छु ।' तर हामी दुबै बराबरी माया गर्छौं । झगडा हुन थालिसक्यो कि क्या हो ? हाम्रो झगडा हुंदैन । हामीले एकअर्कालाई राम्ररी बुझेका छौं । हामीबीच आधारभूत बुझाइ भइसकेको छ । उनले मलाई चिनिसके अनि मैले उनलाई । भविष्यमा के गर्ने ? म सृजनात्मक छु । सम्राटको जस्तो मलाई व्यापारमा रहर छैन । फिल्म, थिएटर र बालबालिकाको क्षेत्रमा काम गर्ने रहर छ । मन पर्ने नायक/नायिका कोको हुन् ? भारतमा रानी मुखर्जी र अमिर खानलाई राम्रा कलाकारका रूपमा लिन्छु । नेपालको हकमा भने यसै सक्दिनँ । धेरै सिनेमा हेरेकी छैन । राजेश हमालजी एकेडेमिसिएन हुन् । पछिल्ला हिरोइनसँग चिनजान छैन । करिश्मा र जल शाहजी पनि राम्रै लाग्छन् । नेपाली फिल्मी क्षेत्रमा केही गर्ने रहर छ कि ? नेपाली फिल्म उद्योगमा के गर्न सकिन्छ भनेर सबै कलाकारसँग अन्तरक्रिया गर्ने सोचमा छु । फिल्म खेल्नेभन्दा पनि निर्देशन गर्ने रहर छ । राजनीति चाहिँ ? म राजनीतिज्ञ होइन । तर मलाई जहिले पनि राजनीतिसँग जोडिन्छ । त्यस्तै परिस्थिति आए राजनीतिमा सर्न पनि सक्छु, तर अहिले चासो छैन । व्यक्तिगत रूपमा मेरा बारे विचार गर्ने अधिकार सबैलाई छ । राजनीतिज्ञ भएर मैले विचार राखेको होइन । धेरैले मेरो स्टयान्ड थाहा पाएका छन् । म झूटो बोल्दिनँ, मेरो बुवालाई म अवश्य सहयोग गर्छु । संवैधानिक राजतन्त्रमा विश्वास गर्छु । यो पनि प्रजातन्त्र जस्तै हो । पूर्व राजा खलकसँग पछिल्ला दिन कस्तो सम्बन्ध छ ? अहिले कसैसँग पनि भेट भएको छैन । नेपालमा तपाईंलाई सबैभन्दा मन परेका व्यक्ति को हुन् ? राजा वीरेन्द्र, बिपी, सुशीला आमा, अनि सम्राट् (लामो हाँसो) । तपाईंको बिहेको खबरले थुप्रै फ्यानको दिल तोडियो होला, होइन ? के गर्ने ? उहाँहरूलाई म मेरा लागि खुसी भैदिनुहोस् र मेरो प्रगतिका लागि कामना गरिदिनुहोस् भन्छु । प्रस्तुतीः सुरज कुँवर
gauleyketo · Apr 20, 2010 8:02 PM · 6,918 views
बिचारी बु. क. (बूढी कन्या) धेरै संग धोका खाई क्यारे, अंतिम मा नेपाली संग बिहे गर्ने भाई . राम्रै भो . नेपाली बुढोले राम्रो गर्छन जस्तो छ . हेरू . उनको जय होस !!!
PeaceSoul · Apr 21, 2010 7:00 AM
पहिलो प्राथमिकता फिल्म त्यसपछी परिवार| यस्तो भन्नेलाई बिहे गर्ने केटालाई के भन्ने खोइ?
newlynew · Apr 21, 2010 7:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion