माओवादीले टिभीसहित ठूला मिडिया चलाउने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

lau hai http://www.nagariknews.com/pol...  निर्धारित समयमा संविधान नबने विद्रोह गर्ने नीति लिएको एकीकृत माओवादीले प्रचार युद्ध छेड्नलाई छिटै टेलिभिजन र ब्रोडसिट दैनिक पत्रिका ल्याउने भएको छ।  नेतैपिच्छे पत्रिका निस्कन थालेपछि उसले रेडियो मिर्मिरे र अंग्रेजी पाक्षिक 'रेड स्टार'सहित जनादेश, संश्लेषण र जनदिशा दैनिकलाई मात्र आफ्नो केन्द्रीय प्रकाशनको रुपमा मान्यता दिएको छ। मात्रात्मकरुपमा माओवादीद्वारा संचालित संचारमाध्यम धेरै भए पनि प्रभावकारी हुन नसकेको ठहर गर्दै उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख बाबुराम भट्टराईले यस्तो कार्ययोजना प्रस्तुत गरेका हुन्। भट्टराईले आइतबार राजधानीमा राज्य समिति इन्चार्ज, राजधानीबाहिरबाट प्रचार ब्युरो इन्चार्ज र सेक्रेटरी र प्रचार विभागमा रहेका दुई दर्जन भन्दा बढी पत्रकारलाई प्रशिक्षण दिदैै उनले 'पार्टीको प्रचार नीति, योजना र कार्यक्रमसम्बन्धि प्रस्ताव' नामक ६ पेज लामो प्रस्ताव प्रस्तुत गरेका हुन्। टेलिभिजनको तयारीका लागि प्रमुख भट्टराईको संयोजकत्वमा सम्पादकीय र दिनानाथ शर्माको संयोजकत्वमा व्यस्थापन टीमले टेेलिभिजनको लागि गृहकार्य सुरु गरिसकेको छ।

lamjung · Apr 19, 2010 12:58 AM · 5,258 views

2 Replies

Is it "normal" ? army kills 3 "armed" female "poachers" cabinet should "apologize" with India regarding MRP so called 'janabidroha' you do whatever you like...is this what is called nepali "loktantra".... जनविद्रोहका लागि माओवादीद्वारा कैलालीमा ३ हजारलाई सैन्य तालिम http://www.nagariknews.com/pol...

lamjung · Apr 19, 2010 3:56 PM

Even more: May be the definition of "extreme" should now change! सुरक्षा निकायमा लैजाने भन्दै माओवादीले दिन थाले सैन्य तालिम http://www.nagariknews.com/pol...

lamjung · Apr 19, 2010 3:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all